ट्रायलमा फेल भएका २०४ जनालाई लाइसेन्स !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २३, २०७५
|
|
२४ पटक हेरिएको
Shares
ट्रायलमा फेल भएका २०४ जनालाई लाइसेन्स !

सारांश

  • काठमाण्डाै,२३ असोज ।
  • अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्रायलमा फेल भएका २०४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाका प्रमुख तेजनारायण यादवसहित १० जनाविरूद्ध मुद्दा दायर गरेको छ ।
  • सोही कार्यालयका शाखा अधिकृतहरू ईश्वरराज रेग्मी, भूपराज दाहाल, शिवप्रसाद सुवेदी, विष्णुप्रसाद सुवेदी र मेकानिकल इन्जिनियर श्याम केसी, ठूलोभर्‍याङ कार्यालयका शाखा अधिकृत शालिग्राम पौडेल, यातायात व्यवस्था विभागका कम्प्युटर अपरेटर लक्ष्मण तिवारी, ठूलोभर्‍याङ कार्यालयका कम्प्युटर अपरेटर विज्ञान खड्की र एकान्तकुना ललितपुर कार्यालयका नायव सुब्बा लेखनाथ भूषालविरूद्ध विशेष अदालतमा मुद्दा हालेको हो ।

काठमाण्डाै,२३ असोज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्रायलमा फेल भएका २०४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाका प्रमुख तेजनारायण यादवसहित १० जनाविरूद्ध मुद्दा दायर गरेको छ । सोही कार्यालयका शाखा अधिकृतहरू ईश्वरराज रेग्मी, भूपराज दाहाल, शिवप्रसाद सुवेदी, विष्णुप्रसाद सुवेदी र मेकानिकल इन्जिनियर श्याम केसी, ठूलोभर्‍याङ कार्यालयका शाखा अधिकृत शालिग्राम पौडेल, यातायात व्यवस्था विभागका कम्प्युटर अपरेटर लक्ष्मण तिवारी, ठूलोभर्‍याङ कार्यालयका कम्प्युटर अपरेटर विज्ञान खड्की र एकान्तकुना ललितपुर कार्यालयका नायव सुब्बा लेखनाथ भूषालविरूद्ध विशेष अदालतमा मुद्दा हालेको हो ।

आयोगले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १३ को कसुरमा हदैसम्मको जरिवाना र कैद सजाय माग गरेको छ । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र , बागमतीका कर्मचारीले आर्थिक लाभ घूस (रिसवत) लिएर परीक्षामा फेल भएका एवं ट्रायल परीक्षा नदिएकै अवस्थामा समेत सवारी चालक अनुमतिपत्र जारी गर्छन् भन्ने उजुरीको गर्दा यी कर्मचारीले ट्राइल फेल भएकाले लाइसेन्स दिएको खुलेको आयोगले जनाएको छ ।

‘अनुसन्धानको सिलसिलामा यी कार्यालयबाट गत माघ १ देखि फागुन २५ गतेसम्म कार, जिप, डेलीभरी भ्यानको प्रयोगात्मक परीक्षामा परीक्षाको नतिजा फेरबदल एवं थपघट गरी गराइ २०४ वटा सवारी चालक अनुमतिपत्रहरु जारी गरिसकेको पाइयो,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?