कर्णाली प्रदेशका केही स्थानमा आज राति भारी वर्षा हुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ९, २०८१
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
  • मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। मौसमको उक्त प्रभावका कारण देशभर साधारणतया बदली रही अहिले बागमती प्रदेश, गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुइ स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?