रियल मड्रिडले सार्वजनिक गर्यो बेच्ने १३ खेलाडीको सूची

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ९, २०७६
|
|
४१ पटक हेरिएको
Shares
रियल मड्रिडले सार्वजनिक गर्यो बेच्ने १३ खेलाडीको सूची

सारांश

  • काठमाडौं।
  • ड्यानी सेबालोसले २०१५ मा स्पेनका लागि अण्डर १९ युरोपियन च्याम्पियनशिप जितेसँगै आफू युरोपका ठूला क्लवमा हुने जनाउ दिइसकेका थिए ।
  • २ वर्षपछि उनले अण्डर २१ को लागि पनि त्यस्तै प्रदर्शन गरे यद्यपि फाइनलमा भने स्पेन पराजित भयो ।

काठमाडौं। ड्यानी सेबालोसले २०१५ मा स्पेनका लागि अण्डर १९ युरोपियन च्याम्पियनशिप जितेसँगै आफू युरोपका ठूला क्लवमा हुने जनाउ दिइसकेका थिए । २ वर्षपछि उनले अण्डर २१ को लागि पनि त्यस्तै प्रदर्शन गरे यद्यपि फाइनलमा भने स्पेन पराजित भयो । अहिले २०१९ मा पनि उनले आफ्नो दोस्रो अण्डर २१ च्याम्पियनशिपमा पनि त्यही गरिरहेका छन् ।

सेबालोसले इटलीमा उत्कृष्ट प्रदर्शन गरिरहँदा उनलाई रियल मड्रिडले क्लवबाट हटाउन गरिरहेको तयारीमाथि ठूलो प्रश्न उठेको छ । तर, जिनेदिन जिदान भने आफ्नो योजनामा सेबालोस नभएको कुरामा प्रस्ट छन् । सेबालोसको लागि पनि अर्को युरोपियन च्याम्पियनशिप खेल्नको लागि केही मिनोटमै निर्णय लिए पुग्ने अवस्था छ ।

रियल मड्रिडका लागि उनको अहिलेको लगनशीलता र क्षमताका साथमा उनलाई बाहिर पठाउनु निकै जोखिमपूर्ण हुनेछ । उता सेबालोसलाई अनुबन्ध गर्न एसी मिलानले इच्छा देखाइसकेको छ । अर्कोतर्फ सेभिल्ला पनि सेबालोसलाई ल्याउन इच्छुक छ ।

गोलकिपर केलर नाभास पनि गोलकिपर आवश्यक भएको क्लवको खोजीमा छन् । रियलले डिफेन्स लाइनबाट पनि थियो हर्नाण्डेज, नाचो र जिसस भालेजोलाई बेच्दैछ । लुकास भाजक्वेज र इस्को पनि रियलको बिक्री सूचीमा सामेल भइसकेका छन् । यद्यपि उनीहरु नगए पनि जिदान सन्तुष्ट नै रहनेछन् तर उनीहरुको लागि कुनै अफर आएमा अगाडि बढ्ने कुरामा क्लव प्रस्ट छ । रियल यो समर ३०० मिलियन युरोभन्दा बढी मूल्य आउने गरी खेलाडी बेच्ने तयारीमा छ ।

यीबाहेक जेम्स रोड्रिगुएज र ग्यारेथ बेल पनि बिक्री हुने पक्का छ । यी दुई खेलाडीको मूल्य सबैभन्दा धेरै पर्ने रियलको अपेक्षा छ । तर, प्रिमियर लिगको ट्रान्सफर विण्डो अगष्ट ८ मा बन्द हुँदैछ त्यसैले रियलले जतिसक्दो चाँडो उनीहरुलाई बेच्ने प्रक्रिया अगाडि बढाउनुपर्छ । रोड्रिगुएज नापोली जाने तयारी गरिरहेका छन् र उनको ट्रान्सफर प्रक्रिया सुरु भइसकेको छ । बेल भने अहिलेसम्म कहाँ जाने भन्ने निश्चित छैन ।

यस्तो छ रियलका बिक्रीका लागि राखिएका खेलाडीहरुको मूल्य सूची –

१. केलर नाभास – १० मिलियन युरो

२. लुकास भाजक्वेज – २५ मिलियन युरो

३. नाचो – ३० मिलियन युरो

४. जिसस भालेजो – १२ मिलियन युरो

५. थियो हर्नाण्डेज – २५ मिलियन युरो

६. माटेओ कोभासिक – ४० मिलियन युरो

७. मार्कोस लोरेन्टे – ४० मिलियन युरो (एथ्लेटिको मड्रिड गइसके)

८. इस्को – ८० मिलियन युरो

९. ड्यानी सेबालोस – ३५ मिलियन युरो

१०. ग्यारेथ बेल – ८० मिलियन युरो

११. राउल डे टोमस – २५ मिलियन युरो

१२. मारियानो डियाज – ३० मिलियन युरो

१३. जेम्स रोड्रिगुएज – ४२ मिलियन युरो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?