कांग्रेस उम्मेदवारको गाडीमा बम पड्कियो
सारांश
- सिमरा- जितपुर–सिमरा उपमहानगरपालिका–१ स्थित जिल्ला वन कार्यालयपछाडि राधाकृष्ण ठकुरीको घरअगाडि पार्किङ गरिराखेको जिपमा अज्ञात समूहले बम विस्फोट गराएको छ।
- निर्वाचन क्षेत्र नं ४ का कांग्रेसतर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार ओमकृष्ण कार्कीको चुनावी गाडी आज बिहान ५ः३० बजे बा१४च ६३३० नंको जिपमा विस्फोट गराइएको प्रहरीले जनाएको छ।
- इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले गाडीमा क्षति भएपनि मानवीय क्षति नभएको जानकारी दिए।
सिमरा- जितपुर–सिमरा उपमहानगरपालिका–१ स्थित जिल्ला वन कार्यालयपछाडि राधाकृष्ण ठकुरीको घरअगाडि पार्किङ गरिराखेको जिपमा अज्ञात समूहले बम विस्फोट गराएको छ।
निर्वाचन क्षेत्र नं ४ का कांग्रेसतर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार ओमकृष्ण कार्कीको चुनावी गाडी आज बिहान ५ः३० बजे बा१४च ६३३० नंको जिपमा विस्फोट गराइएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले गाडीमा क्षति भएपनि मानवीय क्षति नभएको जानकारी दिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया