ललितपुरमा बालबालिकाका लागि विशेष खोप अभियान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १४, २०८०
|
|
३३ पटक हेरिएको
Shares
ललितपुरमा बालबालिकाका लागि विशेष खोप अभियान

सारांश

  • पाटन ।
  • ललितपुरमा बालबालिकाका लागि विशेष खोप अभियान सुरु हुने भएको छ ।
  • जिल्ला स्वास्थ्य कार्यालयको पहलमा आज बसेको जिल्ला पूर्ण खोप समन्वय समितिको बैठकको निर्णयानुसार नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकाका लागि दुई दिन विशेष खोप कार्यक्रम गर्ने निर्णय भएको स्वास्थ कार्यालयका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले जानकारी दिए ।

पाटन । ललितपुरमा बालबालिकाका लागि विशेष खोप अभियान सुरु हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको पहलमा आज बसेको जिल्ला पूर्ण खोप समन्वय समितिको बैठकको निर्णयानुसार नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकाका लागि दुई दिन विशेष खोप कार्यक्रम गर्ने निर्णय भएको स्वास्थ कार्यालयका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले जानकारी दिए ।

“बुधबार स्वास्थ्य कार्यालयमा बसेको जिल्ला पूर्ण खोप समन्वय समितिको बैठकले यही वैशाख १५ र ३१ गते खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ”, प्रमुख डा सापकोटाले भने, “नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई जिल्लाका सबै सरकारी स्वास्थ्य संस्था र छ वटै पालिकाका ७१ वडाका खोप केन्द्रबाट खोप लगाउने व्यवस्था मिलाइएको छ ।”

यसअघि विभिन्न कारणले खोप लगाउन छुटेका सबै बालबालिकालाई दुई दिनको विशेष अभियानमा समेट्न जिल्लाका सबै संयन्त्र परिचालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए । “खोप लगाउनबाट बालबालिका छुटे विभिन्न रोग फेरि फर्कन सक्छ, त्यही भएर प्रचार–प्रसार गर्ने, वडालाई चनाखो बनाउने गर्नुपर्छ”, प्रजिअ आचार्यले भने ।

विशेष खोप कार्यक्रमका लागि पाटन अस्पतालले दुई दिन नै विशेष बुथ राख्ने स्वास्थ्य कार्यालयका अधिकृत पार्थमणि न्यौपानेले जानकारी दिए । “बैठकले पूर्ण खोप कार्यक्रममा कोही छुट्न नदिन पोष्टर, व्यानर सवारी साधनमा राखेर प्रचार गर्ने व्यवस्था मिलाइएको छ, पालिकाका वार्ड स्वयंसेविकालाई प्रभावकारी ढङ्गले परिचालन गरेर पूर्ण खोप अभियान सम्पन्न गर्ने निर्णयअनुसार हामी अगाडि बढेका छौँ”, अधिकृत न्यौपानेले भने, “विगतमा खोप लगाउन छुटेका सबै वालबालिकालाई खोप लगाउन सबैको सहयोगको अपेक्षा राखेका छौँ, नयाँ ढङ्गले व्यवस्थित रूपमा कार्यक्रम गर्छौँ ।”

ललितपुर २०७४ वैशाख १४ गते पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । जिल्लामा पूर्ण खोप कार्यक्रमका लागि प्रत्येक वर्षको चैतभित्र स्वास्थ्यकर्मीले घरधुरी सर्वेक्षण गरेको न्यौपानेले जनाए । खोप अभियान सफलतापूर्वक सम्पन्न गर्न जनप्रतिनिधि, सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सेना, प्रहरी, बुद्धिजीवी लगायत सबै तहका व्यक्तिको साथ लिने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?