लागू औषधसहित प्रहरी जासुस नै पक्राउ परे पछी…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ४, २०७३
|
|
१२४ पटक हेरिएको
Shares
लागू औषधसहित प्रहरी जासुस नै पक्राउ परे पछी…

सारांश

  • कार्तिक ४, २०७३- लागू औषध बेच्दाबेच्दै राष्ट्रिय अनुसन्धान विभागका जासुस पक्राउ परेका छन् ।
  • विभागमा प्रहरी सहायक निरिक्षक तहमा कार्यर सुरज विष्टलाई महानगरीय प्रहरी बृत्त कालीमाटीले स्युचाटारमा बिहीबार पक्राउ गरेको हो ।
  • वृत्तका प्रमुख डिएसपी नवराज अधिकारीका अनुसार विष्ट लागुऔषधको कारोवारमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले उनीमाथी निगरानी राखेको थियो ।

कार्तिक ४, २०७३- लागू औषध बेच्दाबेच्दै राष्ट्रिय अनुसन्धान विभागका जासुस पक्राउ परेका छन् । विभागमा प्रहरी सहायक निरिक्षक तहमा कार्यर सुरज विष्टलाई महानगरीय प्रहरी बृत्त कालीमाटीले स्युचाटारमा बिहीबार पक्राउ गरेको हो ।

वृत्तका प्रमुख डिएसपी नवराज अधिकारीका अनुसार विष्ट लागुऔषधको कारोवारमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले उनीमाथी निगरानी राखेको थियो । खुल्ला सिमाहुंदै भारतबाट नेपाल भित्रिने डाइजेपाम, फेरागन र मर्फिनको व्यापारमा उनी संलग्न रहेको सूचना प्रहरीले पाएको थियो ।

प्रहरीले उनलाई बिहीबार पच्छ्याउंदै जांदा स्युचाटारको प्रध्युम्नपथमा पुगेपछी उनले डाइजेपाम, मर्फिन र फेरागनको ६ वटा बन्डल निकालेर विक्रि गर्न थालेपछी कालीमाटी बृत्तको प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेपछी मात्र उनी विभागको जासुस रहेको खुलेको थियो ।

उनले आफु विभागको असई पदमा कार्यरत रहेको कर्मचारी रहेको बताएका थिए । डिएसपी अधिकारीका अनुसार उनले लागुऔषध कारोवारीसम्म पुग्न आफु नै कारोवारी बनेको दावी गरे पनि प्रारम्भीक अनुसन्धानमा उनको दावी झुठो देखिएपछी उनलाई लागुऔषध कारोवारीको अभियोगमा हिरासतमा राखिएको छ ।

यसैगरी, महानगरीय प्रहरी बृत्त थानकोटले १० बोतल कोरेक्ससहित कविन्द्र शाक्यलाई पक्राउ गरेको छ । चितवनबाट काठमाडौं आइरहेको बा.१२ च ४४५७ नम्बरको कारको जांचका क्रममा त्यसमा रहेका शाक्यको साथबाट १० बोतल कोरेक्स फेला परेको बृत्तका प्रमुख कृष्ण पंगेनीले जानकारी दिए

श्रोत ::

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?