शनिबार पूर्वराजा ज्ञानेन्द्रलाई बिन्ध्यबासिनीमा भेट्न पाइने

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ४, २०७५
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • पोखरा ।
  • पूर्वराजा ज्ञानेन्द्र शाहको पोखरा भ्रमणको अवसरमा यही आउँदो शनिबार पोखराको बिन्ध्यबासिनी मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको छ ।
  • सोमबार काठमाडौंबाट पोखरा आएका शाहले २ साता लामो बसाइँमा पोखराका धार्मिक स्थलहरुको भ्रमण गर्ने छन् ।

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहको पोखरा भ्रमणको अवसरमा यही आउँदो शनिबार पोखराको बिन्ध्यबासिनी मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको छ । सोमबार काठमाडौंबाट पोखरा आएका शाहले २ साता लामो बसाइँमा पोखराका धार्मिक स्थलहरुको भ्रमण गर्ने छन् ।

पौष ७ गते शनिबार ११ बजे पोखराको बिन्ध्यबासिनी मन्दिरमा पूर्व राजा शाहले दर्शन गर्ने कार्यक्रम रहेको शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले जानकारी दिएका छन् । पछिल्लो समय राजनैतिक पार्टीहरु प्रति जनताको बिश्वास गुमेको र राजा बिना नेपालको अस्तित्व संभव नहुने भन्दै सबै राजनैतिक दलका नेता कार्यकर्ताले राजतन्त्रको बिकल्प नरहेको भन्ने बुझिसकेकाले, अब देश र जनताको रक्षाको लागी राजा अगाडि आउनुपर्ने बस्नेतको भनाइ छ ।

देशमा अराजकता मौलाउँदै गइरहेको यो समयमा पुर्व राजाको मन्दिर भ्रमणले नेपाली मन मनमा शान्ती छाउने बिश्वास बस्नेतले ब्यक्त गरे । शनिबारको बिन्ध्यबासिनी दर्शनको कार्यक्रममा पनि राष्ट्र र राष्ट्रियताको पक्षधर नेपाली जनताले राजाको स्वागत गर्नेछन भन्ने बिश्वास पनि बस्नेतले ब्यक्त गरे ।

जनता र राजाकोबीचको दुरी अन्त्य गर्नका लागि मन्दिर परिसरमा पूर्व राजाले जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेको शिव सेना नेपाल कास्कीका अध्यक्ष बन्टी क्षेत्रीले बताए । यसपालीे पुर्वराजाको पोखरा भ्रमण दुई साता लामो रहेको छ । यो भ्रमणमा पूर्व राजाले जनतासँग भेटघाट र मन्दिर दर्शनमा ब्यस्त रहने श्रोतको भनाई रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमर्जेन्सीमा बिरामी कराइरहन्छन् तर डाक्टर आउँदैनन् !
भारतीय बजारबाट तस्करी गरी ल्याएको समान धमाधम नियन्त्रणमा लिदै:शसत्र प्रहरी
भारतीय बजारबाट तस्करी गरी ल्याएको समान धमाधम नियन्त्रणमा लिदै:शसत्र प्रहरी
बच्चा बोकेकी महिलामाथि वर्षियो इन्सपेक्टरको लाठी, भिडियो सामाजिक सञ्जालमा भाइरल
बच्चा बोकेकी महिलामाथि वर्षियो इन्सपेक्टरको लाठी, भिडियो सामाजिक सञ्जालमा भाइरल
नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय राखिने
नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय राखिने
‘प्रदेश ३ को राजधानी काठमाडौँ उपत्यकामा कुनै हालतमा हुन दिन्न’
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण
लुम्बिनी प्रदेशमा विशेष अधिवेशन सुरु, मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेस हुने
लुम्बिनी प्रदेशमा विशेष अधिवेशन सुरु, मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेस हुने
ओलीले भने ! चीनका राष्ट्रपति आउने भनेर प्रचण्डले ढाँटे..
ओलीले भने ! चीनका राष्ट्रपति आउने भनेर प्रचण्डले ढाँटे..
आइपिएल: कोलकाताले चेन्नईलाई हरायो
आइपिएल: कोलकाताले चेन्नईलाई हरायो
बाढी पीडितका लागि संकलित राहत गृहमन्त्रीलाई हस्तान्तरण
बाढी पीडितका लागि संकलित राहत गृहमन्त्रीलाई हस्तान्तरण

तपाईंले छुटाउनुभयो कि?