शीतलहर र चिसोका कारण धनुषाको जनजीवन प्रभावित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ५, २०७५
|
|
२२ पटक हेरिएको
Shares
शीतलहर र चिसोका कारण धनुषाको जनजीवन प्रभावित

सारांश

  • जनकपुर, ५ पुस ।
  • शीतलहर र चिसो हावाका कारण धनुषाको जनजीवन प्रभावित बनेको छ ।
  • चिसोका कारण जाडो बढेसंगै सदरमुकाम जनकपुरधाममा सर्वसाधारणको चहलपहलमा कमी आएको छ ।

जनकपुर, ५ पुस । शीतलहर र चिसो हावाका कारण धनुषाको जनजीवन प्रभावित बनेको छ । चिसोका कारण जाडो बढेसंगै सदरमुकाम जनकपुरधाममा सर्वसाधारणको चहलपहलमा कमी आएको छ ।

जाडोले विद्यार्थी, बृद्धबृद्धा र दैनिक मजदुरी गर्नेलाई बढी असर पुर्‍याएको छ । सर्वसाधारणकोे दैनिकी प्रभावित बनेको छ । सर्वसाधारणले चिसो छल्न ठाउँठाउँमा आगो तापेर दिन बिताइरहेका छन् ।

बाक्लो हुस्सुले राजमार्गलगायत सडकमा नजिक देख्न पनि कठीन हुँदा सवारी संचालनमै गाह्रो भएको छ । शीतलहर र बाक्लो हुस्सुकै कारण सवारी दुर्घटना बढ्न थालेको छ । चिसोका कारण जनकपुर अञ्चल अस्पतालमा बिरामीको चाप बढेको छ ।

यता, हिमाली जिल्ला मनाङमा अत्याधिक चिसोको कारण विद्यालयहरु बन्द भएका छन् । छिटो छिटो बार्षिक परिक्षा सकाएर विद्यालय बन्द गरिएका हुन् । माथिल्लो मनाङमा पर्ने मनाङ ङिस्याङ गाउँपालिका, नार्पाभूमिको नार र फूका विद्यालयहरु बन्द गरिएका हुन् ।

यस्तै तल्लो मनाङको नासों र चामे गाउँपालिका विद्यालयहरु पनि बन्द भएका छन् । चिसो बढेकाले शिक्षकहरु विद्यालय बन्द गरेर घर हिँडेका छन् भने विद्यार्थीहरु अभिभावकसँगै बेंसी झरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?