श्रीमतीको पीडाः परिवार नियोजनका साधन प्रयोग गर्दा पाप लाग्छ !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ४, २०७५
|
|
२८ पटक हेरिएको
Shares
श्रीमतीको पीडाः परिवार नियोजनका साधन प्रयोग गर्दा पाप लाग्छ !

सारांश

  • रोल्पा, ४ वैशाख ।
  • कुनै कुनै विवाहितले अझै पनि श्रीमानसँग लुकेर परिवार नियोजनका साधन प्रयोग गर्दै आएका छन् ।
  • पितृसत्तात्मक सोच, चिन्तन तथा धार्मिक, सांस्कृतिक मान्यताका कारण लुकेर परिवार नियोजनका साधन प्रयोग गर्दै आएका महिलाका अनुसार कतिपय परिवारमा अझै पनि परिवार नियोजनका साधन प्रयोग गर्दा पाप लाग्छ भन्ने मान्यता छ ।

रोल्पा, ४ वैशाख । कुनै कुनै विवाहितले अझै पनि श्रीमानसँग लुकेर परिवार नियोजनका साधन प्रयोग गर्दै आएका छन् ।पितृसत्तात्मक सोच, चिन्तन तथा धार्मिक, सांस्कृतिक मान्यताका कारण लुकेर परिवार नियोजनका साधन प्रयोग गर्दै आएका महिलाका अनुसार कतिपय परिवारमा अझै पनि परिवार नियोजनका साधन प्रयोग गर्दा पाप लाग्छ भन्ने मान्यता छ । कतिपय परिवारमा छोरा जन्माउने लालसामा श्रीमानले साधन प्रयोग गर्न मानिरहेको अवस्था छैन । जसले गर्दा महिला लुकेर भए पनि आफू सुरक्षित बन्न चाहन्छन् ।

रोल्पा नगरपालिका– १ सल्लीबोटमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका बमकुमारी घर्तीअनुसार उहाँको कार्य क्षेत्रमा एक दलित महिलाका श्रीमान्ले परिवार नियोजनका साधन प्रयोग गर्न पटक्कै मानेनन् जसका कारण त्यो परिवारमा छभन्दा बढी सन्तान जन्मिए । स्वास्थ्य स्वयंसेविकाको सल्लाहबमोजिम केही महिनाअघि उनले श्रीमानलार्इ जानकारी नदिई इम्प्लान्ट राखिन् । सो कुरा थाहा पाएपछि उनका श्रीमान् रिसले आगो बने रे श्रीमतीको इम्प्लान्ट राखेको हात काटिदिनेसम्मको धम्की दिए । घर्तीका अनुसार आफूलाई सन्तानको रहर पुगिसके पनि उमेर चढ्दै जाँदासम्म सन्तान जन्माइरहनुपर्ने बाध्यता भएपछि उनले लुकेर परिवार नियोजनको साधन प्रयोग गरेकी थिइन् ।

परिवार नियोजनका साधन प्रयोग गरे पाप लाग्ने विश्वासका कारण साधन प्रयोग गर्न नमानेको स्वास्थ्य स्वयंसेविकाको भनाइ छ । उनका अनुसार राखिसकेको इम्प्लान्ट तत्काल निकाल्न नमिल्ने, अवधि पुगेपछि निकाल्न सकिने भनेर सम्झाइबुझाइ गरेपछि मात्र उनका श्रीमान् शान्त भएका थिए । पटक पटक स्वयंसेविका उनको घरमा जाँदै सो विषयमा छलफल चलाउँदै गर्न थालेपछि सो जोडीमा परिवार नियोजनको साधन प्रयोगका बारेमा आपसी समझदारी बढ्न थालेको घर्तीको भनाइ छ ।

यस्तै एक सरकारी कार्यालयका कर्मचारीको छोरा जन्माउने चाहनामा तीन छोरी जन्मिसकेका छन् जसका कारण यो जोडीमा पनि परिवार नियोजनका साधन अपनाउने विषयमा विवाद चलिरहेको छ । श्रीमान् छोरा जन्माउनकै लागि परिवार नियोजनका साधन अपनाउन चाहँदैनन तर श्रीमती भने दुई छोरीमै सन्तानको रहर पुगेको बताउँछिन् । सोका कारण श्रीमतीले लुकेर परिवार नियोजनको साधन प्रयोग गर्दै आएकी छन् । श्रीमतीले परिवार नियोजनको साधन प्रयोग गर्दै आएको विषयमा उनका श्रीमान्लाई थाहा छैन ।

जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी कुलबहादुर डाँगीअनुसार रोल्पामा परिवार नियोजनका साधन प्रयोग गर्नेमा पुरुषभन्दा महिला बढी छन् । कतिले आपसी समझदारीबाट गरेको भए पनि केहीले लुकेर प्रयोग गर्दैआएको पाइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भागबण्डाको आधारमा प्रदेश प्रमुख तोकियो : कांग्रेस ४, मधेशवादी दल २ र राप्रपा १
भागबण्डाको आधारमा प्रदेश प्रमुख तोकियो : कांग्रेस ४, मधेशवादी दल २ र राप्रपा १
प्रधानमन्त्रीको कदमको नेकपामा भर्त्सना, अनुशासनको कारबाही गर्ने निर्णय
प्रधानमन्त्रीको कदमको नेकपामा भर्त्सना, अनुशासनको कारबाही गर्ने निर्णय
नयाँ वर्षको सुरुवात रक्तदान कार्यक्रम गर्दै ब्लडपल
नयाँ वर्षको सुरुवात रक्तदान कार्यक्रम गर्दै ब्लडपल
भोट माग्दै दलहरु घरदैलोमा, पुराना कुरा उठाउँदै सर्वसाधारण
भोट माग्दै दलहरु घरदैलोमा, पुराना कुरा उठाउँदै सर्वसाधारण
दुई अधिकृत घुस लिँदैगर्दा पक्राउ
‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश
‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश
१० रुपियाँमा स्कुलमै पाकेको गाउँकै खाजा खान्छन् सर र विद्यार्थी
१० रुपियाँमा स्कुलमै पाकेको गाउँकै खाजा खान्छन् सर र विद्यार्थी
पानीको स्रोत संरक्षणमा एकजुट भएर जुटौं : खानेपानी मन्त्री मगर
पानीको स्रोत संरक्षणमा एकजुट भएर जुटौं : खानेपानी मन्त्री मगर
मुग्लिन आर्क ब्रिज जेठदेखि सञ्चालनमा आउने
मुग्लिन आर्क ब्रिज जेठदेखि सञ्चालनमा आउने
प्रधानमन्त्री दाहालले भने : पुनःनिर्माणको काम बाँकी भए सरकारको पूर्ण साथ रहन्छ
प्रधानमन्त्री दाहालले भने : पुनःनिर्माणको काम बाँकी भए सरकारको पूर्ण साथ रहन्छ

तपाईंले छुटाउनुभयो कि?