दुई अधिकृत घुस लिँदैगर्दा पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २३, २०७४
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • सिन्धुली, २३ जेठ ।
  • घुस लिँदै गर्दा आज दुई गाउँपालिकाका कार्यकारी अधिकृत पक्राउ परेका छन् ।
  • सोलार जडानका लागि अवैध पैसा लिँदै गर्दा अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

सिन्धुली, २३ जेठ । घुस लिँदै गर्दा आज दुई गाउँपालिकाका कार्यकारी अधिकृत पक्राउ परेका छन् ।
सोलार जडानका लागि अवैध पैसा लिँदै गर्दा अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोलन्जोर र फिकल गाउँपालिकाका कार्यकारी अधिकृतलाई इलोक्ट्रोनिक्स पसलबाट घुस लिएको अभियोगमा आयोग सम्पर्क कार्यालय बर्दिवासको टोलीले पक्राउ गरेको हो ।

गोलन्जोरका कार्यकारी अधिकृत भोलाकुमार आलेलाई रु एक लाख ५१ हजार र फिकलका कार्यकारी अधिकृत सतीश भट्टराईलाई रु ९० हजार घुस लिएको आरोप लगाइएको छ ।
कमलामाई नगरपालिका– ६ स्टलबजारस्थित धु्रव इलोक्ट्रोनिक्ससँग रु पाँच लाखको सोलार खरिदमा उनीहरुले पसलेसँग घुस लिँदै गर्दा पक्राउ गरिएको आयोग सम्पर्क कार्यालय बर्दिवासका प्रहरी उपरीक्षक मुकेश सिंहले बताउनुभयो ।

विद्युत् लाइन नपुगेका गाउँपालिकामा सोलार जडान गर्दा आफूले भनेअनुरुप पैसा नदिए सोलारको भुक्तानी रोकिदिने भन्दै धु्रव इलोक्ट्रोनिक्सका प्रोपाइटर धु्रव श्रेष्ठलाई धम्क्याइएको सिंहले बताउनुभयो ।

यसअघि नै उनीहरुले सोलारको भुक्तानी गर्नुपर्ने भए पनि पैसा नदिएकै कारण रोक्दै आएका थिए । सिन्धुलीमा यसअघि गत चैत १८ गते कमलामाई सिन्धुलीका नापी सर्वेक्षक सन्तोष श्रेष्ठलाई बाटो छुट्याइदिएबापत रु २२ हजार पाँच सय घुस लिएको आरोपमा आयोग सम्पर्क कार्यालय बर्दिवासले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?