सडकमा भारतको विरोध गर्न बन्द गर्नुहोस्: महत

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ३०, २०७४
|
|
२४ पटक हेरिएको
Shares
सडकमा भारतको विरोध गर्न बन्द गर्नुहोस्: महत

सारांश

  • नेपाली कांग्रेसका नेता डा.
  • प्रकाश शरण महतले नेपाल-भारतको सम्बन्धको बारेमा सडकमा राजनीति गर्नुको कुनै अर्थ नहुने बताएका छन् ।
  • भारतको ७० स्वतन्त्रता दिवसको शुभकामना दिदै रिपोर्टर्स क्लब नेपालको सोमबार भएको साक्षात्कारमा बोल्दै उनले भने,‘ नेपाल र भारतबीचको सम्बन्ध नौलौ होईन, परापूर्वकालदेखिको सम्बन्धमा कुनै पनि बाधा सिर्जना हुनुहुँदैन, निर्वाध रूपमा व्यापार, आवत जावत गर्न पाउनुपर्छ, भूपरिवेष्ठित मुलकले उपभोग गर्नपाउने अधिकारको सुनिश्चिता हुनुपर्छ, बाहिर सडकमा गएर भारतविरूद्ध नारा नगाएर समस्या समाधान हुन्न के गर्नुपर्ने हो टेबलमा बसेर गर्नुपर्छ।

नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले नेपाल-भारतको सम्बन्धको बारेमा सडकमा राजनीति गर्नुको कुनै अर्थ नहुने बताएका छन् ।

भारतको ७० स्वतन्त्रता दिवसको शुभकामना दिदै रिपोर्टर्स क्लब नेपालको सोमबार भएको साक्षात्कारमा बोल्दै उनले भने,‘ नेपाल र भारतबीचको सम्बन्ध नौलौ होईन, परापूर्वकालदेखिको सम्बन्धमा कुनै पनि बाधा सिर्जना हुनुहुँदैन, निर्वाध रूपमा व्यापार, आवत जावत गर्न पाउनुपर्छ, भूपरिवेष्ठित मुलकले उपभोग गर्नपाउने अधिकारको सुनिश्चिता हुनुपर्छ, बाहिर सडकमा गएर भारतविरूद्ध नारा नगाएर समस्या समाधान हुन्न के गर्नुपर्ने हो टेबलमा बसेर गर्नुपर्छ। बाहिर भारतको विरोध गरेजस्तो गर्ने भित्र गएर सम्झौता गर्ने राजनीतिक दलका नेताहरूको प्रवृत्ति छ त्यो अन्त्य हुनुपर्छ । सबै कुरा वार्ताको टेबलमा राख्नुपर्छ सडकमा बहस गरेर समस्याको समाधान हुन्न ।’

रिपोटर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा  नेता महतले भने,‘आज मधेस तराई डुबेको छ, यो अहिलेको समस्या होईन, नेपालबाट भारततर्फ बग्ने नदीहरुमा बनेका बाँधको बारेमा दुवै देश गम्भीर हुनुपर्छ, गण्डक, लक्ष्मणपुर, तिलाठी, महाकालीजस्ता बाँधहरुले ठूलो जनधनको क्षति भएको छ यसका बारेमा दुई देशको माथिल्लो निकायमा कुटनीतिक तवरले छलफल भएर समस्याको समाधान खोज्नुपर्छ र हामीले भारततिरको अवस्थाबारेमा पनि ध्यान दिनुपर्छ।’

नेता महतले प्रधानमन्त्रीको आशन्न भारत भ्रमणमा ठोस नयाँ कुनै पनि एजेन्डा नरहेको भन्दै उनले भने,‘विगतका भ्रणमा भएका समझदारी र सम्झौता कार्यान्वयनका लागि ठोस पहल गर्छौ। यसलाई कार्यान्वयन गर्न हामी लाग्छौ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?