सन्दिप एक्लैले ७ विकेट लिएपछि मलेसिया निरिह, नेपाल ५ विकेटले विजयी

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ९, २०७४
|
|
२० पटक हेरिएको
Shares
सन्दिप एक्लैले ७ विकेट लिएपछि मलेसिया निरिह, नेपाल ५ विकेटले विजयी

सारांश

  • आइसीसी यू-१९ विश्वकपको एसियाली छनौट अन्तर्गत नेपाली टोलीले अर्को जित दर्ता गराएको छ ।
  • सिंगापुरमा सम्पन्न खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्दै अर्को जित दर्ता गराएको हो ।
  • मलेसियाले दिएको ९० रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

आइसीसी यू-१९ विश्वकपको एसियाली छनौट अन्तर्गत नेपाली टोलीले अर्को जित दर्ता गराएको छ ।

सिंगापुरमा सम्पन्न खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्दै अर्को जित दर्ता गराएको हो । मलेसियाले दिएको ९० रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि राहित कुमार पौडेलले सर्बाधिक अविजित ३४ रन बनाए । ओपनर सन्दिप सुनार १५ र अनिल शाह १२ रनमा आउट भए भने तेस्रो नम्बरमा आएका प्रनित थापामगरले पनि ८ रनमात्र बनाउन सके । नेपालले १० ओभरमा ३६ रन बनाउँदा महत्वपूर्ण तीन विकेट गुमाइसकेको थियो ।

त्यसपछि आएका अदिल शान र प्रकाश केसीले खाता नै खोल्न सकेनन् । ११.३ ओभरमा ५ विकेट गुमाउँदा ४० रन जोडेको नेपालको पारी दिपेन्द्र सिंह ऐरी र राहित कुमार पौडेलले धानेका थिए । यो जोडीले छैटौं विकेटका लागि अविजित ५२ रनको साझेदारी गरे । ऐरीले १९ र पौडेलले ३४ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले ३५.१ ओभरमा सबै विकेट गुमाउँदै ८९ रनको योगफल बनाएको थियो । मलेसियालाई सस्तैमा समेट्ने क्रममा खेलका म्यान अफ द म्याचसमेत बनेका नेपाली कप्तान सन्दीप लामिछाने एक्लैले ७ विकेट लिए । १० ओभर बलिङ गरेका उनले १ मेडन राख्दै १३ रन खर्चिए । उनका अलावा शाहव आलमले २ तथा रिजन ढकालले १ विकेट लिए ।

न्युजिल्याण्डमा हुने आइसीसी यू १९ विश्वकपका लागि एसियाली छनौटमा चार टिमले एक अर्काबिरुद्ध दुई खेल खेल्नेछन् ।अफगानिस्तानसँगको अन्तिम खेल बाँकी रहँदा नेपाल ८ अंकसहित दोस्रो स्थानमा छ । अफगानिस्तान प्रतियोगिताको एकमात्र अविजित टोली हो र उसको १० अंक छ । नेपालले छैटौं तथा अन्तिम खेल अफगानिस्तानसँग खेल्नेछ । टिभी अन्नपूर्ण बाट ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?