हिमपातले परीक्षार्थी थरथर काप्दै, परीक्षा दिँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २७, २०७६
|
|
५५ पटक हेरिएको
Shares
हिमपातले परीक्षार्थी थरथर काप्दै, परीक्षा दिँदै

सारांश

  • हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ ।
  • डोल्पाका उपल्लो र मध्य भागमा बिहीबारदेखि भएको हिमपातले वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थी समस्यामा परेका छन् ।
  • हिमपात र बादलका कारण घाम नलाग्दा थुरथुर काप्दै विद्यार्थीहरु परीक्षामा सहभागी भएको लक्ष्मी माध्यमिक विद्यालय ठुलिभेरी नगरपालिकाका शिक्षक हरिश जोसीले बताउनुभयो ।

हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ ।

डोल्पाका उपल्लो र मध्य भागमा बिहीबारदेखि भएको हिमपातले वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थी समस्यामा परेका छन् ।

हिमपात र बादलका कारण घाम नलाग्दा थुरथुर काप्दै विद्यार्थीहरु परीक्षामा सहभागी भएको लक्ष्मी माध्यमिक विद्यालय ठुलिभेरी नगरपालिकाका शिक्षक हरिश जोसीले बताउनुभयो । विद्यार्थी परीक्षामा लेख्न नसकेर हैरान भएको उहाँले बताउनुभयो । साना साना बालबालिका चिसोका कारण लेख्दा, लेख्दै रुने, कराउने गर्न थालेको उहाँको भनाइ छ । विद्यालयको प्राङ्गनमा आगो बालेर परीक्षा दिने काम भइरहेको शिक्षकले बताएका छन् ।

त्यस्तै हिमपातका कारण पशुचौपाया, बालबच्चा, वृद्धवृद्धालाई बढी प्रभाव पार्ने गरेको छ । चिसोले गर्दा घरबाहिर निस्केर काम गर्न कठिन भएको त्रिपुरासुन्दरी नगरपालिका–२ रसिका स्थानीयवासी जुनराज रोकायले बताउनुभयो ।

हिमपात नरोकिए परीक्षा नै प्रभावित हुने खतरा भएको सरस्वती मावि जगदुल्लाका शिक्षक मानबहादुर रोकायले जानकारी दिनुभयो । डोल्पामा दुई शैक्षिक शत्र शुरु हुने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार र चन्दलाई आईजीपीमा नियुक्त गर्ने सरकारको तयारी
अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार र चन्दलाई आईजीपीमा नियुक्त गर्ने सरकारको तयारी
विराटनगर भन्सारको राजस्व लक्ष्यभन्दा बढी उठ्यो
विराटनगर भन्सारको राजस्व लक्ष्यभन्दा बढी उठ्यो
नमुना विद्यालय अगाडि नै फोहरको थुप्रो
नमुना विद्यालय अगाडि नै फोहरको थुप्रो
रंगेहात पक्राउ परेकी महिलाको प्रहरी हिरासतमा मृत्यु
राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनका कुन दलले कति सिट पाए ?
राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनका कुन दलले कति सिट पाए ?
कार्यकारी अध्यक्ष बनेपछि प्रचण्ड किन माधव नेपाल फकाउने प्रयासमा ?
कार्यकारी अध्यक्ष बनेपछि प्रचण्ड किन माधव नेपाल फकाउने प्रयासमा ?
सार्वजनिक बिदा कटौती हुँदै – शनिबारबाहेक वर्षमा यी हुन् बिदा हुने दिन
४७ मतान्तरले भरतपुर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका मनोज रानाभाट विजयी
४७ मतान्तरले भरतपुर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका मनोज रानाभाट विजयी
कालापानीसहितको नक्शा पढाउन शिक्षामन्त्रीको आग्रह
कालापानीसहितको नक्शा पढाउन शिक्षामन्त्रीको आग्रह
‘नियन्त्रण होइन व्यवस्थित गर्न सञ्चार ऐन’
‘नियन्त्रण होइन व्यवस्थित गर्न सञ्चार ऐन’