समयमै अस्पताल लान नसक्दा मिनीट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो (अपडेट)

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २९, २०७५
|
|
२४ पटक हेरिएको
Shares
समयमै अस्पताल लान नसक्दा मिनीट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो (अपडेट)

सारांश

  • काठमाडौं ।
  • नुवाकोटमा भएको मिनीट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ ।
  • १५ जना घाइते भएका छन् ।

काठमाडौं । नुवाकोटमा भएको मिनीट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ । १५ जना घाइते भएका छन् । घाइतेहरुलाई काठमाडौं ल्याएर उपचार भैरहेको छ ।

समयमै उद्दार हुन नसक्दा र अस्पताल पुराउन नसक्दा धेरैको मृत्यु भएको छ । मिनीट्रक नुवाकोट दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीमा भएको घेवाको लागि सिँटाङमा गएर फर्किएको थियो । बा ३ ख ३९१३ नम्बरको मिनीट्रक हिजो शुक्रबार साँझ दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते भएकालाई उपचारका लागि अस्पताल पठाउन सवारी साधनको अभावले ढिलाइ भएको थियो । साँझ भएको घटनामा घाइतेको उद्धार राति ८ बजेसम्म गरिएपनि सवारी साधनको अभावले अस्पताल पठाउन राति १० बजेसम्म कुर्नुपरेको स्थानीयले बताएका छन् ।

घ्याङडाँडामा दुर्घटना हुँदा घटनास्थलमा १८ जना र उपचारका लागि अस्पताल लैजाने क्रममा एक र उपचारका क्रममा थप एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरीले जनाएको छ । दुर्घटनामा तीन महिला र १७ जना पुरुषको मृत्यु भएको हो ।

मिनीट्रकमा ४० भन्दा बढी यात्रु रहेको र दुर्घटनापश्चात् कोही हामफालेका र कोही मिनीट्रकको पछाडि भएकाले शुरुमा खसेर सामान्य घाइते भएका थिए ।

मृतकमध्ये घटनास्थलमा ज्यान गुमाएका घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरवेशीका रितेश पण्डितको पहिचान भइसकेको छ । यसैगरी उपचारका लागि अस्पताल लैजाने क्रममा रामतीमा केनम तामाङको र उपचारका क्रममा शिक्षण अस्पताल काठमाडौंमा शुकराम तामाङको मृत्यु भएको बताइएको छ ।

घाइतेलाई राति अबेर मिनीट्रकमा राखेर पठाइएको र बीच बाटोमा आइपुगेपछि मात्र एम्बुलेन्समार्फत काठमाडौँ लगिएको हो । घाइतेमध्ये आठ जनाको शिक्षण अस्पताल र सात जनाको बिपी स्मृति अस्पतालमा उपचार भइरहेको छ ।

(https://www.riverbendresort.us)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?