सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई शुरु भयो यस्तो कार्वाही

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १४, २०७४
|
|
२२ पटक हेरिएको
Shares
सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई शुरु भयो यस्तो कार्वाही

सारांश

  • सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहमा सरुवा भए पनि सम्बन्धित कार्यालयमा नजाने कर्मचारीमाथि कारबाही सुरु गरेको छ ।
  • पहिलो चरणमा खटाइएका, तर काममा नगएकाहरूको हाजिर खातामा रातो लगाउन सुरु भएको हो ।
  • साथै, ती कर्मचारीको हाजिर पनि बन्द गरिएको छ ।

सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहमा सरुवा भए पनि सम्बन्धित कार्यालयमा नजाने कर्मचारीमाथि कारबाही सुरु गरेको छ । पहिलो चरणमा खटाइएका, तर काममा नगएकाहरूको हाजिर खातामा रातो लगाउन सुरु भएको हो । साथै, ती कर्मचारीको हाजिर पनि बन्द गरिएको छ ।

हाजिरीमा रातो लगाइएका कर्मचारीमा सहसचिवदेखि कार्यालय सहयोगीसम्म परेका छन् । मन्त्रालयका अनुसार खटाएको कार्यालयमा नपुग्ने कर्मचारीको सूचीमध्ये बढी संख्यामा अधिकृत र नायब सुब्बा छन् । अहिले हाजिरीमा रातो लाग्नेमा पनि उनीहरू नै बढी छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

मन्त्रालयले तोकिएको कार्यालयमा जान अटेर गर्ने ती कर्मचारीको बिदा पनि स्वीकृत गरेको छैन । अहिले कार्यरत कार्यालयबाट अब उनीहरूले तलब सुविधा नपाउने तथा खटाएको कार्यालबाट मात्रै तलब पाउने व्यवस्था गरिएको छ । मन्त्रालयले यो व्यवस्थापछि कर्मचारीहरू खटाएको कार्यालयमा जाने विश्वास गरेको छ ।

यसअघि मन्त्रालयले सरुवा भएको ठाउँमा जान पटक–पटक निर्देशन दिँदा पनि धेरै कर्मचारीले पालना गरेका थिएनन् । पहिलो चरणमा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सरुवा भएका, तर नगएका कर्मचारीको हाजिरीमा रातो लगाएको भए पनि बुधबारबाट अन्य मन्त्रालयलाई पनि सरुवा भएका कर्मचारीको हाजिरीमा रातो लगाउन भनिएको छ ।

प्रदेश २ र ७ मा अधिकृत तहका बाहेक सबै कर्मचारी पुगेको मन्त्रालयले जनाएको छ । केही प्राविधिक कर्मचारी पठाउन बाँकी रहेको र अरूमा तत्कालको दरबन्दी पूरा भइसकेको पनि जानकारी दियो ।

कर्मचारीलाई नयाँ प्रस्ताव
प्रधानमन्त्री कार्यालयले प्रदेश र स्थानीय तहमा कर्मचारी पठाउन नयाँ प्रस्ताव तयार गरेको छ । संघीय निजामती ऐन संशोधन गर्ने क्रममा नयाँ प्रस्ताव तयार गर्न लागिएको हो । प्रस्तावअनुसार संघमा एक तह बढुवाका लागि कुनै पनि कर्मचारीलाई प्रदेश वा स्थानीय कम्तीमा एक वर्ष काम गरेकै हुनुपर्ने न्यूनतम आधार मान्ने व्यवस्था राख्न लागिएको छ । स्थानीय तहमा कर्मचारी अभावको समस्या समाधानका लागि प्रधानमन्त्री कार्यालयले यस्तो प्रयास गर्न लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज ३ सय ६२ संक्रमित थप, ६९९ जना डिस्चार्ज
आज ३ सय ६२ संक्रमित थप, ६९९ जना डिस्चार्ज
ओली र प्रचण्डको निर्देशन पर्खदैं पार्टी एकता कार्यदल, के के हुँदैछ ?
ओली र प्रचण्डको निर्देशन पर्खदैं पार्टी एकता कार्यदल, के के हुँदैछ ?
ओलीले धमलालाई उल्टै सोधे, “जनता जान्न चाहन्छन्, तपाईं किन ढिलो आउनु भो ?”
ओलीले धमलालाई उल्टै सोधे, “जनता जान्न चाहन्छन्, तपाईं किन ढिलो आउनु भो ?”
म प्रजातन्त्रलाई ‘प्रजातन्तर’ र लोकतन्त्रलाई ‘लोकतन्तर’ भनेर उच्चारण गर्छु:  मन्त्री गोकर्ण विष्ट
म प्रजातन्त्रलाई ‘प्रजातन्तर’ र लोकतन्त्रलाई ‘लोकतन्तर’ भनेर उच्चारण गर्छु: मन्त्री गोकर्ण विष्ट
नेपाल प्रहरी र सशस्त्र प्रहरीका कानुनलाई समयानुकल परिमार्जनका लागि प्रधानमन्त्रीको निर्देशन
नेपाल प्रहरी र सशस्त्र प्रहरीका कानुनलाई समयानुकल परिमार्जनका लागि प्रधानमन्त्रीको निर्देशन
मुख्यमन्त्रीले गरे आफ्नी छोरीको भर्ना सरकारी विद्यालयमा
मुख्यमन्त्रीले गरे आफ्नी छोरीको भर्ना सरकारी विद्यालयमा
यी हुन मन्त्रिपरिषद बैठकको निर्णयहरु
यी हुन मन्त्रिपरिषद बैठकको निर्णयहरु
म नेपाल लाई अमेरिका बनाएर देखाउँछुः आरजु देउवा राणा
म नेपाल लाई अमेरिका बनाएर देखाउँछुः आरजु देउवा राणा
सफलताको कथा : भारतीय सेनाका निवृत्त आले कृषि पेशाबाट ६ लाख कमाउँदै
सफलताको कथा : भारतीय सेनाका निवृत्त आले कृषि पेशाबाट ६ लाख कमाउँदै
सिटिइभीटीमा राष्ट्रिय कर्मचारी संगठनको धर्ना
सिटिइभीटीमा राष्ट्रिय कर्मचारी संगठनको धर्ना

तपाईंले छुटाउनुभयो कि?