सरकार अतिवादतर्फ लम्किँदैछ : डा कोइराला
सारांश
- चितवन, २७ चैत ।
- नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले सरकार अतिवादतिर लम्किँदै गरेको आरोप लगाउनुभएको छ ।
- नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “थाहा पाउँदा नपाउँदो हिसाबले सबै अधिकार प्रधानमन्त्रीको हातमा गइसक्यो ।
चितवन, २७ चैत । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले सरकार अतिवादतिर लम्किँदै गरेको आरोप लगाउनुभएको छ ।
नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “थाहा पाउँदा नपाउँदो हिसाबले सबै अधिकार प्रधानमन्त्रीको हातमा गइसक्यो ।”
प्रजातन्त्रमा शक्ति पृथक्कीकरण अति महत्वपूर्ण भएको तर यसलाई समाप्त गर्न न्यायपालिकालाई पनि आफ्नो कब्जामा प्रधानमन्त्रीले लिइसकेको आरोप डा कोइरालाले लगाउनुभयो ।
फरक प्रसंगमा उहाँले काँग्रेले पराजय भोग्नाको एउटा कारण नाकाबन्दीका विषयमा बोल्न नसक्नु भएको बताउनुभयो । डा कोइरालाले आउँदो पार्टी अधिवेशनमा पार्टी नेतृत्वमा आफ्नो उम्मेदवारीको विषय नेता कार्यकर्ताको सुझावमा भर पर्ने बताउनुभयो ।
प्रतिक्रिया
कुल कमेन्ट:
3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Rajib Dahal
Bikas herna nachane haru ko dharana testai ho
Ram Rai
कांग्रेस संग यस्ताे भनाई र गराईभन्दा अरु अपेक्षा गर्न पनि हुदैन।
Mukhya Gurung
Sarkar le alothalo pareko stithi lai byabasthit garni prakriya ma lamkindei cha.