सावधान ! फेसबुके साथीको भर हुँदैन : यसरी ठगिन्छन् फेसबुकबाट

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ६, २०७३
|
|
१३८ पटक हेरिएको
Shares
सावधान ! फेसबुके साथीको भर हुँदैन : यसरी ठगिन्छन् फेसबुकबाट

सारांश

  • महानगरीय अपराध महाशाखाले १२ फागुनमा वैदेशिक रोजगार व्यवसायी प्रेम कटुवाललाई पक्राउ गर्‍यो ।
  • कटुवाल पक्राउको कारण धेरैका निम्ति जति अचम्मको विषय थियो, त्यति नै उनलाई लागेको अभियोग ।
  • आजको कान्तिपुरमा खबर छ।

महानगरीय अपराध महाशाखाले १२ फागुनमा वैदेशिक रोजगार व्यवसायी प्रेम कटुवाललाई पक्राउ गर्‍यो । कटुवाल पक्राउको कारण धेरैका निम्ति जति अचम्मको विषय थियो, त्यति नै उनलाई लागेको अभियोग । आजको कान्तिपुरमा खबर छ।

सामाजिक संजाल फेसबुकमार्फत अनेकन आश्वासन दिएर पैसा असुल्ने अन्तर्राष्ट्रिय गिरोहमा कटुवाल संलग्न रहेको महाशाखाको आरोप थियो । कटुवाल पक्राउपछि सामाजिक संजाल र अन्य प्रविधिको प्रयोग गरेर लाखौं रुपैयाँ असुल गर्ने प्रवृत्ति सतहमा आएको छ ।

तर यस्तै प्रकृतिको मुद्दामाथि निरन्तर अनुसन्धान गरिरहेको अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरोका निम्ति यी दुवै नयाँ र नौला कुरा होइनन् । केन्द्रीय अनुसन्धान ब्युरोले साउन यता आठ महिनामा मात्रै भर्चुअल ठगीमा संलग्न पाँच फरक घटनाको अनुसन्धान गरिरहेको छ । ब्युरोका अनुसार ती ठगीमा मात्रै पीडितहरुले ६४ लाख रुपैयाँ गुमाएको देखिन्छ । महानगरीय अपराध महाशाखामा पनि यही अवधिमा यस्तै प्रकृतिका सात ठगीका घटना दर्ता भएका छन्, जसमा पीडितले ७० लाख रुपैयाँ गुमाएका छन् ।

महाशाखाकी प्रवक्ता एसपी मीरा चौधरी भन्छिन्, ‘सामाजिक संजालको प्रयोगमार्फत हुने ठगीका घटना सरुवा रोगझैं गाउँ–गाउँसम्म फैलिदैं छ । अस्ट्रेलियन नागरिक हेन उल्ग्यान र भ्यालेन्टाइन उल्ग्यानले फेसबुकमा पठाएको फ्रेन्डरिक्वेस्ट काठमाडौंकी एक गृहिणीले स्वीकार गरिन् । त्यही फेसबुके मित्रता विस्तारै संवादमार्फत निकटतामा परिणत भयो ।

अस्ट्रेलियन दम्पतीले एक दिन कुरैकुरामा ती युवतीलाई भने, ‘तिमीलाई दुई आइफोन, ८५ हजार पाउन्ड र ल्यापटप उपहार पठाएका छौं ।’ यस्तो खबर आएको केही दिनमै ती युवतीलाई भारतीय नम्बरबाट फोन आयो । भारतीय युवतीले भनिन्, ‘तिमीलाई पठाएको उपहार भारत आइपुग्यो, त्यसलाई भन्सार छुटाउन ७५ हजार चाहियो ।’

युवतीले उपहारको लोभमा दायाँ–बायाँ केही नसोची रकम पठाइदिइन् । ती युवतीले उपहारको लोभमा चार पटक गरेर ७ लाख ४२ हजार रुपैयाँ भारतीय युवतीले भनेका फरक फरक बैंक खातामा हालिरहिन् । तर न उनको उपहार आयो त अस्ट्रेलियन दम्पती नै जवाफदेही बने । महाशाखाले यो र यस्तै ठगीको घटनाको तारमा कटुवालको संलग्नता देखाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समानुपातिकमा कांग्रेसभन्दा एमाले ७ हजारले बढी, विवेकशील सातौं स्थानमा
समानुपातिकमा कांग्रेसभन्दा एमाले ७ हजारले बढी, विवेकशील सातौं स्थानमा
नीति र सिद्धान्त उल्लंघन गर्दै किन्यो सेनाले जहाज
नीति र सिद्धान्त उल्लंघन गर्दै किन्यो सेनाले जहाज
भएन दशरथ रङ्गशालाको पुनःनिर्माण,‘साग’ प्रतियोगिता प्रभावित हुने पक्का
भएन दशरथ रङ्गशालाको पुनःनिर्माण,‘साग’ प्रतियोगिता प्रभावित हुने पक्का
प्रधानमन्त्री ओलीलाई बाबुरामको प्रश्न : भारतीय राजदूतलाई किन स्पष्टीकरण नसोधेको ?
प्रधानमन्त्री ओलीलाई बाबुरामको प्रश्न : भारतीय राजदूतलाई किन स्पष्टीकरण नसोधेको ?
अर्बौको सम्पत्ति तर छैन सदुपयोग
अर्बौको सम्पत्ति तर छैन सदुपयोग
टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुग्यो
टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुग्यो
पुस १७ गते शुक्रवारको राशिफल यस्तो छ
पुस १७ गते शुक्रवारको राशिफल यस्तो छ
पाँच राज्यमा पराजित भएपछि बिजेपीले निकाल्यो यस्तो निष्कर्ष
पाँच राज्यमा पराजित भएपछि बिजेपीले निकाल्यो यस्तो निष्कर्ष
विप्लव कार्यकर्ताले कुटे नेता
विप्लव कार्यकर्ताले कुटे नेता
मानव अङ्गदानलाई प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष नेपाल

तपाईंले छुटाउनुभयो कि?