सेयर बजार सुस्त, नेप्से चम्किन नसक्नुमा यी हुन् कारण

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
१९ पटक हेरिएको
Shares
सेयर बजार सुस्त, नेप्से चम्किन नसक्नुमा यी हुन् कारण

सारांश

  • काठमाडौं : सेयर बजारमा झिनो गिरावट आएको छ ।
  • बजार बन्द हुने बेलामा सूचक २.
  • ६३ अंकले तल झरेर १५६५.
काठमाडौं : सेयर बजारमा झिनो गिरावट आएको छ । बजार बन्द हुने बेलामा सूचक २.६३ अंकले तल झरेर १५६५.०९ विन्दुमा आइपुगेको हो । समग्रमा नेप्से ०.१७ प्रतिशतले तल ओर्लिएको हो । अब विस्तारै बढ्ने अपेक्षा विपरीत आपूर्ति पक्ष हावी हुँदा बजार फेरि सुस्त हुन पुगेको हो । सेयर बजारका लागि अन्य सूचक सकारात्मक हुँदै गएका छन् । मुद्दति निक्षेपको ब्याजदर विस्तारै घटाउनेक्रम सुरु भएको छ । बुधबार दोस्रो चरणको निर्वाचन पनि हुँदैछ । यस्तो बेला बजारमा नयाँ माहोल आउने आमलगानीकर्ताको अपेक्षा हो । तर अत्याधिक मात्रामा थपिएको हकप्रद, बोनस र एफपीओले सेयर आपूर्ति ह्वात्तै बढेको छ । आपूर्ति बढे अनुसार नयाँ लगानीकर्ता थपिन सकेको छैन । बजार विकासका नयाँ संयन्त्र पनि तय भएको छैन । बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी बेस्सरी थपिंदा कम्पनीहरुको नाफा केही हदसम्म प्रभावित हुने आशंका कतिपय लगानीकर्तालाई छ । यसबाहेक बैंक र वित्तीय संस्थामा बोनस सेयर पाइने सम्भावना कम हुँदै जाँदा लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा लागेको अनुमान छ । चुक्ता पुँजी पुगिसकेपछि बैंकहरुले लाभांश कसरी र कुन अनुपातमा वितरण गर्छन् भन्ने पनि यतिबेला धेरैको चासो छ ।
सेयर बजारलाई यतिबेला कर्जाको ब्याजदरले पनि सताएको छ । ब्याजदर महँगो छ । चर्को ब्याजदर तिरेर पनि सेयर कर्जा सजिलै पाइने अवस्था छैन । सेयर मार्जिन कर्जाको सीमामा पनि कडाई गरेर ५० प्रतिशतमा सीमित गरिएको छ । यसले बजारलाई निकै हदसम्म प्रभावित बनाएको देखिन्छ । तर विस्तारै अब सेयरको सिजन सुरु हुँदैछ । असार सकिएसँगै सूचीकृत कम्पनीहरुको वार्षिक वित्तीय विवरण पनि आउन थाल्छ । त्यससँगै कम्पनीहरुले लाभांश प्रस्ताव गर्ने अनि त्यसलाई साधारण सभामार्फत पारित गराउनेक्रम सुरु हुन थाल्छ । यसले बजारलाई विस्तारै तताउने अपेक्षा गर्न सकिन्छ ।

मंगलबार कुल १५१ कम्पनीको ६१ करोड ९१ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । १० लाख २८ हजार ७५० कित्ता सेयर कारोबार भएका हुन् । विकास बैंक, बिमा र अन्य समूहका सूचक हरिया भएका छन् भने बाँकी समूहका सूचक तलतिर लागेका छन् । सबैभन्दा धेरै बिमा सूचक ५.४२ अंकले बढेको छ । यस्तै, जलविद्युत सूचकमा सबैभन्दा बढी ९.७६ प्रतिशतको ह्रास देखिएको छ । कारोबार रकमका आधारमा हिमालयन जनरल इन्सुरेन्सले अग्रता लिएको छ । हिमालयनको ५ करोड १४ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको हो । यसैगरी, कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः लुम्बिनी जनरल इन्सुरेन्स र स्टान्डर्ड चार्टर्ड बैंक परेका छन् ।

कारोबार रकमका आधारमा प्रमुख १० कम्पनी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?