महोत्तरीकि २१ वर्षिय युवती आफ्नै पार्लरमा बलात्कारको शिकार
सारांश
- महोत्तरी जिल्ला औरी गाउपालिका वडा नं २ फुलवारीया निवासी व्यूटिसियन निराशा श्रेष्ठ (नाम परिवर्तन) सामुहिक बलात्कारमा परेकी छिन् ।
- आफ्नै पार्लरमा सेवा दिदै बसेकी उनलाई ३ जना युवाहरुले पार्लरबाट बाहिर लगेर सामुहिक रुपमा वलात्कार गरेका हुन् ।
- बलात्कार पछि प्रहरी हिरासतमा पुगेका बलात्कारीहरुलाई प्रहरीले हिरासतबाट मुक्त गरिदिएको र अपराधि फरार भएको घटनाले अहिले नेपालभरिका सौन्दर्यकर्मीहरु आक्रोशित बनेका छन् ।
महोत्तरी जिल्ला औरी गाउपालिका वडा नं २ फुलवारीया निवासी व्यूटिसियन निराशा श्रेष्ठ (नाम परिवर्तन) सामुहिक बलात्कारमा परेकी छिन् । आफ्नै पार्लरमा सेवा दिदै बसेकी उनलाई ३ जना युवाहरुले पार्लरबाट बाहिर लगेर सामुहिक रुपमा वलात्कार गरेका हुन् । बलात्कार पछि प्रहरी हिरासतमा पुगेका बलात्कारीहरुलाई प्रहरीले हिरासतबाट मुक्त गरिदिएको र अपराधि फरार भएको घटनाले अहिले नेपालभरिका सौन्दर्यकर्मीहरु आक्रोशित बनेका छन् । श्रेष्ठ अहिले अस्पतालमा छिन् भने उनको अवस्था गम्भिर रहेको छ । काम गरि बाच्ने अधिकार सुनिश्चित गर भन्दै भोलि माइतीघर मण्डलामा व्यूटिसियनहरुले विहान ८ बजे जम्मा भएर र्यालि निकाल्ने भएका छन् । उक्त र्यालीमा समपूर्ण सचेत नागरिकहरु, व्यूटिसियन, पत्रकारहरुले उपस्थित भएर साथ दिन सौन्दर्य कला व्यावसायि संघकी अध्यक्ष कमला श्रेष्ठले आवहान गरेकी छिन् ।
प्रतिक्रिया