स्वास्थ्यचौकी भवन निर्माण

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
२१ पटक हेरिएको
Shares
स्वास्थ्यचौकी भवन निर्माण

सारांश

  • गलकोट, २ पुस, बागलुङ जिल्लाको तिमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा स्वास्थ्चौकीको नयाँ भवन निर्माण गरिएको छ ।
  • विकटका जनतालाई सर्वसुलभ तरिकाले स्वस्थ्यसेवा पु¥याउनका लागि सुविधासम्पन्न भवन निर्माण गरिएको शहरी विकास तथा भवन कार्यालयले जनाएको छ ।
  • शहरी विकास तथा भवन कार्यालय बागलुङको रु दुई करोड १३ लाख २६ हजारकोे लागतमा सो भवन निर्माण गरिएको हो ।

गलकोट, २ पुस, बागलुङ जिल्लाको तिमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा स्वास्थ्चौकीको नयाँ भवन निर्माण गरिएको छ । विकटका जनतालाई सर्वसुलभ तरिकाले स्वस्थ्यसेवा पु¥याउनका लागि सुविधासम्पन्न भवन निर्माण गरिएको शहरी विकास तथा भवन कार्यालयले जनाएको छ ।

शहरी विकास तथा भवन कार्यालय बागलुङको रु दुई करोड १३ लाख २६ हजारकोे लागतमा सो भवन निर्माण गरिएको हो । भवनको पूर्वाधार निर्माण सकेर शहरी विकास तथा भवन कार्यालयमार्फत स्वास्थ्यचौकी व्यवस्थापन समितिलाई कात्तिक १४ गते हस्तान्तरणको भइसकेकोे गीता÷अमित जेभी निर्माण सेवाका प्रतिनिधि थमबहादुर पुनले बताउनुभयो ।

हाल स्वास्थ्यचौकी नयाँ भवनमा स्थान्तरण हुने अन्तिम तयारीमा रहेको स्वास्थ्यचौकीले जनाएको छ । हाल सेवा दिइरहेको भवनमा तमानखोला गाउँपालिकाको कार्यालय भएको कारण बिरामीलाई दिइने सेवा केही असहज थियो बोङ्गादोभान स्वास्थ्यचौकीका स्वास्थ्य सहायक राजनकुमार थापाले भन्नुभयो, “बिरामीलाई भौतिक संरचनाको अभावमा सेवा दिनुपर्ने बाध्यता नयाँ भवनमा गएपछि समाधान हुनेछ ।”

तमानखोला गाउँपालिकामा पहिलोपटक प्रयोगशाला सेवा सञ्चालनमा ल्याएको स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरसमेत रहेको छ । १४ कोठाको भूकम्प प्रतिरोधी दुईतले भवनमा प्रशासनिक, स्वास्थ्यकर्मी आवास, बिरामी उपचारकक्ष, औषधि भण्डार, गर्भवती जाँचकक्ष, परिवार नियोजनकक्ष, क्षय तथा कुष्टरोगकक्षको छुट्टाछुट्टै व्यवस्था गरिएको शहरी विकास तथा भवन कार्यालयका इञ्जिनीयर तेजेन्द्रप्रसाद शर्माले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लामो दूरीका सवारीसाधन तीन दिनसम्म काठमाडौं  भित्रिन र बाहिरिन रोक
लामो दूरीका सवारीसाधन तीन दिनसम्म काठमाडौं भित्रिन र बाहिरिन रोक
ताजा जनादेशलाई देउवा नेतृत्वको सरकारले टेरेन : महरा
ताजा जनादेशलाई देउवा नेतृत्वको सरकारले टेरेन : महरा
भूवन-साम्राज्ञी विवाद : को कति सहि वा गलत ?
भूवन-साम्राज्ञी विवाद : को कति सहि वा गलत ?
सञ्चार माध्यममा २५ वटा आचारसंहिता उलङ्घनका घटना !
महरा प्रकरणः पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बयानका लागि बोलाउन आदेश
महरा प्रकरणः पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बयानका लागि बोलाउन आदेश
गुल्मी काँगे्रसको महिला हिंसा तथा जाँडरक्सी नियन्त्रण अभियान
गुल्मी काँगे्रसको महिला हिंसा तथा जाँडरक्सी नियन्त्रण अभियान
विजयभन्दा ठूलो जिम्मेवारी आएको छ, संयमित बनौँ: रास्वपा प्रवक्ता मनिष झा
विजयभन्दा ठूलो जिम्मेवारी आएको छ, संयमित बनौँ: रास्वपा प्रवक्ता मनिष झा
भिर कटान गर्न नसक्दा, मध्यपहाडी लोकमार्ग निर्माणमा समस्या
भिर कटान गर्न नसक्दा, मध्यपहाडी लोकमार्ग निर्माणमा समस्या
नेपाल छिर्न दुई जनामात्र सुरक्षाकर्मी रहेको पोष्टमा भारतीयको आक्रमण
नेपाल छिर्न दुई जनामात्र सुरक्षाकर्मी रहेको पोष्टमा भारतीयको आक्रमण
“सम्पादकलाई चिठी”
“सम्पादकलाई चिठी”

तपाईंले छुटाउनुभयो कि?