सञ्चार माध्यममा २५ वटा आचारसंहिता उलङ्घनका घटना !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २६, २०७४
|
|
३९३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, २६ वैशाख ।
  • प्रेस काउन्सिल नेपालले स्थानीय निर्वाचनका सन्दर्भमा गरेको सञ्चार अनुगमनमा एक सातामा दुई दर्जन आचारसंहिता उलङ्घनका घटना पहिल्याएको छ ।
  • निर्वाचन आयोगको सहकार्यमा यही वैशाख १९ गतेबाट व्यवस्थितरुपमा काउन्सिलले सुरु गरेको सञ्चार अनुगमनमा विभिन्न छापा, रेडियो, टेलिभिजन र मुख्य अनलाइनमा गरी २५ वटा आचारसंहिता उल्लङ्घनका समाचार पाइएको हो ।

काठमाडौँ, २६ वैशाख । प्रेस काउन्सिल नेपालले स्थानीय निर्वाचनका सन्दर्भमा गरेको सञ्चार अनुगमनमा एक सातामा दुई दर्जन आचारसंहिता उलङ्घनका घटना पहिल्याएको छ ।

निर्वाचन आयोगको सहकार्यमा यही वैशाख १९ गतेबाट व्यवस्थितरुपमा काउन्सिलले सुरु गरेको सञ्चार अनुगमनमा विभिन्न छापा, रेडियो, टेलिभिजन र मुख्य अनलाइनमा गरी २५ वटा आचारसंहिता उल्लङ्घनका समाचार पाइएको हो ।

काउन्सिलले आफ्ना नियमित नौ कर्मचारी र नयाँ १२ जना गरी कुल २१ जनशक्ति परिचालन गरी सो अनुगमन गरेको हो । राजधानी काठमाडौँबाट प्रकाशित हुने मुख्य पत्रपत्रिकाका साथै पहिलो चरणमा निर्वाचन हुने प्रदेशका सञ्चार माध्यमलाई पनि अनुगमनमा राखिएको छ ।

काउन्सिलका निमित्त अध्यक्ष किशोर श्रेष्ठले व्यावसायिक र सन्तुलित समाचार भए÷नभएको र आयोगले जारी गरेको आचारसंहिता उलङ्घन भए÷नभएको सम्बन्धमा काउन्सिलले गुणात्मक र सङ्ख्यात्मक दृष्टिमा नमूना सर्वेक्षण विधिबाट अनुगमन गरिरहेको बताउनुभयो ।

काउन्सिलका मुख्य प्रशासकीय अधिकृत झविन्द्र भुसालका अनुसार ती घटनाबारे आयोगलाई प्रतिवेदन पठाइएको र त्यसलाई चाँडै सार्वजनिक पनि गरिनेछ । भुसालले कोडिङसहित सफ्टवेयर प्रणालीबाट तयार हुने प्रतिवेदनबारे आयोगलाई दैनिक जानकारी दिइने बताउनुभयो ।
सञ्चार अनुगमनका लागि आयोगले काउन्सिललाई रु ३० लाख दिने सम्झौता गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?