हस्ताक्षर किर्ते गरिएको भन्दै माओवादी केन्द्रका ३५ सांसदद्धारा नेतृत्वमाथि विद्रोहको चेतावनी, प्रचण्ड ट्वाँ !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ४, २०७३
|
|
१२८ पटक हेरिएको
Shares
हस्ताक्षर किर्ते गरिएको भन्दै माओवादी केन्द्रका ३५ सांसदद्धारा नेतृत्वमाथि विद्रोहको चेतावनी, प्रचण्ड ट्वाँ !

सारांश

  • काठमाडौं, ४ कार्तिक ।
  • अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध आफ्नै पार्टीले पेश गरेको महाअभियोग प्रस्तावको विपक्षमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका ३५ जना सांसदहरुले आफूहरुको हस्ताक्षर किर्ते गरिएको भन्दै पार्टी नेतृत्वमाथि विद्रोह गर्ने चेतावनी दिएका छन ।
  • बुधबार साँझ अख्तियार प्रमुख कार्कीविरुद्ध महाअभियोग लगाउने प्रस्ताव समितिमा दर्ता गराएको एक दिनपनि नबित्दै माओवादीकै सांसदहरुले यसमा आफूहरुलाई कुनै जानकारी नै नभएको र हस्ताक्षर दुरुपयोग गरिएको आरोप लगाएका छन् ।

काठमाडौं, ४ कार्तिक । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध आफ्नै पार्टीले पेश गरेको महाअभियोग प्रस्तावको विपक्षमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका ३५ जना सांसदहरुले आफूहरुको हस्ताक्षर किर्ते गरिएको भन्दै पार्टी नेतृत्वमाथि विद्रोह गर्ने चेतावनी दिएका छन ।

बुधबार साँझ अख्तियार प्रमुख कार्कीविरुद्ध महाअभियोग लगाउने प्रस्ताव समितिमा दर्ता गराएको एक दिनपनि नबित्दै माओवादीकै सांसदहरुले यसमा आफूहरुलाई कुनै जानकारी नै नभएको र हस्ताक्षर दुरुपयोग गरिएको आरोप लगाएका छन् ।

माओवादी केन्द्रको संसदीय दलको आज बसेको बैठकमा ३५ जना सांसदहरुले आफूहरुको हस्ताक्षर दुरुपयोग भएको भन्दै हस्ताक्षर किर्ते गर्नेलाई तत्काल कारवाही गर्नुपर्ने माग गरेका छन् । कारवाही नगरीए विद्रोह गर्ने उनीहरुको चेतावनी थियो ।

बैठकमा उनीहरुले आफ्नो हस्ताक्षरको दुरुपयोग गर्ने व्यक्तिको नाम समेत किटान गरिसकेका छन् । स्रोतका अनुसार असन्तुष्ट सांसदहरुले आफ्नो हस्ताक्षर किर्ते अहिलेका बहालावाला उर्जामन्त्री जनार्दन शर्माले गरेको आरोप लगाएका छन् ।

महाअभियोग प्रस्तावको पक्षमा हस्ताक्षर गरेका ५० सांसद मध्ये ३५ जना सांसदले आफ्नो हस्ताक्षर किर्ते भएको भनेर कडा आपत्ति जनाएपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने बैठकमा अक्क न बक्क भएका थिए ।

श्रोत : रिपोर्टर्स  क्लब

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करेन्ट लाग्दा सहचालकको मृत्यु
करेन्ट लाग्दा सहचालकको मृत्यु
एकीकृत समाजवादीद्वारा उम्मेदवारको नाम टुङ्गो
एकीकृत समाजवादीद्वारा उम्मेदवारको नाम टुङ्गो
कोरोनाभाइरसको लक्षणलाई लिएर ब्रिटिश प्रधानमन्त्री अस्पताल भर्ना
कोरोनाभाइरसको लक्षणलाई लिएर ब्रिटिश प्रधानमन्त्री अस्पताल भर्ना
संघ र प्रदेश सरकार मिलेरै योजना कार्यान्वयन गरिने : मन्त्री बिना मगर
संघ र प्रदेश सरकार मिलेरै योजना कार्यान्वयन गरिने : मन्त्री बिना मगर
ठगी प्रकरणमा पृथ्वीबहादुरसहित छ जना कारागार चलान
ठगी प्रकरणमा पृथ्वीबहादुरसहित छ जना कारागार चलान
एप्पलले ल्यायो भूउपग्रहसँग सम्पर्क र कार दुर्घटना पत्ता लगाउने क्षमता सहितको आईफोन र घडी सार्वजनिक
एप्पलले ल्यायो भूउपग्रहसँग सम्पर्क र कार दुर्घटना पत्ता लगाउने क्षमता सहितको आईफोन र घडी सार्वजनिक
इटालीको चिनो: जहाँ यसरी बन्छ विश्वकप ट्रफी
इटालीको चिनो: जहाँ यसरी बन्छ विश्वकप ट्रफी
कांग्रेस वा गोविन्द केसीले भनेजस्तो कानुन बन्दैन : पौडेल
कांग्रेस वा गोविन्द केसीले भनेजस्तो कानुन बन्दैन : पौडेल
टान निर्वाचन : लम्साल समूहद्वारा आज १२ः ३० बजे पत्रकार सम्मेलनको आयोजना
टान निर्वाचन : लम्साल समूहद्वारा आज १२ः ३० बजे पत्रकार सम्मेलनको आयोजना
सक्रिय राजनीतिमा फर्किए भण्डारी र पुन
सक्रिय राजनीतिमा फर्किए भण्डारी र पुन