हात, खुट्टा र मुखका रोग, रोग–विषयक विशेषताहरू,सर्ने माध्यम,रोकथाम..

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १, २०७४
|
|
१७ पटक हेरिएको
Shares
हात, खुट्टा र मुखका रोग, रोग–विषयक विशेषताहरू,सर्ने माध्यम,रोकथाम..

सारांश

  • संक्रमण कारक हात, खुट्टा र मुख सम्बन्धी रोग (HFMD)बालबालिकामा देखापर्ने एक साधारण रोग हो जुन कक्साकिइभाइरस (coxsackieviruses)र Enterovirus 71 (EV71) जस्ता इन्टेरोभाइरसहरूद्वारा हुन्छ ।
  • EV71संक्रमण विशेष किसिमको सरोकारको विषय हो किनकी यसले गम्भीर प्रकोप (जस्तै भाइरल मष्तिक ज्वरो, इन्सेफलाइटिस, प्यारालाइसिस जस्तो पोलियो रोग) र मृत्यु पनि निम्त्याउन सक्छ ।
  • हङकङमा HFMD को साधारतया उत्कर्ष मौसम प्रारम्भिक वर्षायामदेखि शरद ऋतुसम्म र, हलका मौसम जाडोयाम हो।

संक्रमण कारक
हात, खुट्टा र मुख सम्बन्धी रोग (HFMD)बालबालिकामा देखापर्ने एक साधारण रोग हो जुन कक्साकिइभाइरस
(coxsackieviruses)र Enterovirus 71 (EV71) जस्ता इन्टेरोभाइरसहरूद्वारा हुन्छ । EV71संक्रमण विशेष किसिमको सरोकारको विषय हो किनकी यसले गम्भीर प्रकोप (जस्तै भाइरल मष्तिक ज्वरो, इन्सेफलाइटिस, प्यारालाइसिस जस्तो पोलियो रोग) र मृत्यु पनि निम्त्याउन सक्छ । हङकङमा HFMD को साधारतया उत्कर्ष मौसम प्रारम्भिक वर्षायामदेखि शरद ऋतुसम्म र, हलका मौसम जाडोयाम हो।
रोग–विषयक विशेषताहरू
यो रोग खास गरि आफैंमा सीमित हुन्छ र 7 – 10 दिनमा निको हुन्छ । यो प्रायःज्वरो, खाना अरूचि, थकान, र कण्ठनलीमा घाउबाट शुरू हुन्छ । ज्वरो आएकोएक वा दुई दिनपछि, मुखमा दुख्ने घाउहरूको विकास हुन्छ । तिनीहरू सानो रातो दागबाट शुरू हुन्छन्जुन फोका बन्छ र त्यसपछि प्रायःअल्सर बन्छ । तिनीहरू सधै जिब्रो, गिंजा र गालाको भित्रपट्टी देखिन्छन्। छालामा
नचिलाउने र केही फोकाहरू सहित दागहरू पनि हुनसक्छ । दाग प्रायः हातहरूको हत्केलामा र खुट्टाको पैतालामा देखिन्छ;यो नितम्ब र जनेन्द्रीयमा पनि देखिन सक्छ । HFMD e भएका व्यक्तिहरूमा लक्षणहरू देखा नपर्नसक्छ, वा रातो दागहरू वा मुखको अल्सर मात्र हुनसक्छ । यो रोग धेरैजसो बिरामी भएको पहिलो हप्ताको अवधिमा संक्रामक हुन्छ र केही हप्ताहरूका लागि दिसामा भाइरसहरू पेला पार्न सकिन्छ ।
संक्रमणले HFMD  गराएको विशेष भाइरसका लागि रोग प्रतिरक्षा (विरूद्धमा सुरक्षा) विकास गर्नेछ । यद्यपि, इन्टेरोभाइरस समूहको फरक सदस्यको कारण दोस्रो पटक ज्ँःम् को संक्रमण देखापर्न सक्नेछ ।
सर्ने माध्यम
यो रोग मुख्यतया सिंगान वा थुक तथा खकार, र्या ल, भेसिकलबाट निस्कने तरल पदार्थ वा बिरामीको दिसाको सम्पर्कमा
आएमा, वा संक्रमित वस्तुहरू छोएमा फैलिन्छ ।
उष्मायान अवधि
करिब 3 – 7 दिन ।
व्यवस्थापन
HFMD का विशेष औषधी उपचार छैन । बिरामीहरूले पर्याप्त मात्रामा पानी पिउनुपर्छ र पर्याप्त आराम गर्नुपर्छ, र मुखको अल्सरमा ज्वरो र दुखाइ कम गर्न लक्षणात्मक उपचार प्राप्त गर्न सक्नेछन्।

 रोग फैलिन नदिन सबै भेसिकलहरू सुख्खा नहुँदासम्म बिरामी बालबालिकालाई विद्यालय वा सामूहिक भेटघाटबाट टाढा । यदि  Enterovirus 71द्वारा संक्रमण भएको हो भने,
रोग निको भएको (यसको अर्थ ज्वरो र रातो दागहरू घटेका, र भेसिकलहरू सुख्खा हुनुपर्छ) थप २ हप्तापछिको समयसम्म बिरामीलाई घरमा नै बस्न सुझाव दिइन्छ ।

अभिभावकहरूले बच्चाको अवस्थालाई नजिकैबाट नियाल्नुपर्छ र यदि निरन्तर उच्च ज्वरो आएमा, सचेत अवस्थामा 
कमी आएमा वा सामान्य अवस्थामा गिरावट विकास भएमा तुरून्त चिकित्सक कहाँ लैजानुपर्छ ।
रोकथाम
यसको कुनै प्रभावकारी खोप छैन । राम्रो सरसफाई अभ्यासहरू रोकथामका मूलधार हुन्ः
राम्रो व्यक्तिगत सरसफाई गर्ने;
साबुन पानीले राम्रोसँग हात धुने विशेष गरि निम्न अवस्थामाः
नाक र मुख छुनु अघि ;
खाना खानु वा समात्नु अघि ;
छालामा छोएपछि ;
चर्पी प्रयोग गरिसकेपछि ;
श्वासप्रश्वास प्रक्रियाबाट हातहरू प्रदूषित हुँदा जस्तै खोकेपछि वा हाँच्छ्यू गरेपछि ;
डाइपर परिवर्तन गरेपछि वा माटोमा काम गरेपछि ;
खोक्दा वा हाँच्छ्यू गर्दा दुबै नाक र मुखलाई रूमाल वा टिसु पेपरले छोप्नुहोस्र टिसु पेपरलाई ढकन भएको फोहोर फाल्ने भाँडामा फाल्नुहोस्;
तौलिया र अन्य व्यक्तिहरू सामानहरू साझा नगर्नुहोस्;
फर्निचर, खेलौना र साधारणतया साझा गरिने सामानहरू जस्ता छोइएका सतहलाई 1:99 अनुपातमा पातलो बनाइएको घरेलु ब्लिच (5=25% ब्लिचको 1 भागलाई 99 भाग पानीमा मिसाउने) ले प्रायः सफा र संक्रमण रहित बनाउनुहोस्, 15-30 मिनेटसम्म राख्नुहोस्, र पानीले सफा गर्नुहोस्र सुख्खा राख्नुहोस्;
श्वासप्रश्वासबाट निस्कने फोहोर, वान्ता वा दिसापिसाब जस्ता स्वभाविक प्रदूषणलाई सफा गर्न फोहोर व्यवस्थापनयोग्य सोस्ने तौलिया प्रयोग गर्नुहोस्, र त्यसपछि 1:49 अनुपातमा पातलो बनाइएको घरेलु ब्लिच 5=25% ब्लिचको 1 भागलाई 49  भाग पानीमा मिसाउने) ले सतह र वरपरका क्षेत्रलाई संक्रमण रहित बनाउनुहोस्,
15-30 मिनेटसम्म राख्नुहोस्, र पानीले सफा गर्नुहोस्र सुख्खा राख्नुहोस्;
विद्यालय वा संस्थामा हात, खुट्टा र मुख सम्बन्धी रोगहरूको प्रकोप हुँदा सामूहिक क्रियाकलापहरू त्याग्नुहोस्। यस बाहेक, स्टाफ गतिविधिलाई कम गर्नुहोस्र सम्भव भएसम्म बालबालिकाको सोही समूहको स्याहार गर्न सोही समूहको स्टाफको व्यवस्था मिलाउनुहास्;र
संक्रमित व्यक्तिहरूसँग प्रत्यक्ष सम्पर्क (जस्तै चुम्बन गर्ने, अंकमाल गर्ने) नगर्नुहोस्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुठी विधेयक सम्बन्धी प्रस्ताव स्वीकृत
गुठी विधेयक सम्बन्धी प्रस्ताव स्वीकृत
सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा
सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा
चट्याङ लागेर २ बालकको मृत्यु, ५ जना घाइते
चट्याङ लागेर २ बालकको मृत्यु, ५ जना घाइते
सरकारले बनाएकाे निति तथा कार्यक्रम जनतालाई स्वर्ग लाने बाटो होईन : महेश बस्नेत(भिडियाेसहित)
सरकारले बनाएकाे निति तथा कार्यक्रम जनतालाई स्वर्ग लाने बाटो होईन : महेश बस्नेत(भिडियाेसहित)
धितोपत्र निष्काशनमा अस्वस्थ प्रतिस्पर्धा रोक्न नयाँ नियमावली
धितोपत्र निष्काशनमा अस्वस्थ प्रतिस्पर्धा रोक्न नयाँ नियमावली
कोरोना त्रासः १ हजार आइसोलेटेड बेड तयारी अवस्थामा राखिने
कोरोना त्रासः १ हजार आइसोलेटेड बेड तयारी अवस्थामा राखिने
यूएस-बंगाल जहाज दुर्घटनामा मुख्य दोषी को? आयो प्रतिवेदन
यूएस-बंगाल जहाज दुर्घटनामा मुख्य दोषी को? आयो प्रतिवेदन
नेपाली विद्यार्थीको रोजाईमा भारतको ओम स्टर्लिङ ग्लोबल विश्वविद्यालय, विशेष छात्रावृत्ति दिने चान्सलरको घोषणा
नेपाली विद्यार्थीको रोजाईमा भारतको ओम स्टर्लिङ ग्लोबल विश्वविद्यालय, विशेष छात्रावृत्ति दिने चान्सलरको घोषणा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव आइतबार काठमाडौं आइपुग्ने
इजरायलमा मृत्यु भएका चार नेपालीको शव आइतबार काठमाडौं आइपुग्ने
सोमपाल कामी यसरी छानिएर क्यानाडाको ग्लोबल टि-२० मा
सोमपाल कामी यसरी छानिएर क्यानाडाको ग्लोबल टि-२० मा

तपाईंले छुटाउनुभयो कि?