ह्याम्मरले हानेर श्रीमतीको हत्या

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १२, २०७४
|
|
१६ पटक हेरिएको
Shares
ह्याम्मरले हानेर श्रीमतीको हत्या

सारांश

  • दमौली, १२ साउन ।
  • तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित मालेबगरमा एक व्यक्तिले बुधबार ह्याम्मरले हानेर श्रीमतीको हत्या गरेका छन् ।
  • उनन्तीस वर्षीय कुमार राईले ह्याम्मरले हानेर ३५ वर्षीया श्रीमती बुद्धिमाया राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरेन्द्र गुरुङले बताउनुभयो ।

दमौली, १२ साउन । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित मालेबगरमा एक व्यक्तिले बुधबार ह्याम्मरले हानेर श्रीमतीको हत्या गरेका छन् ।

उनन्तीस वर्षीय कुमार राईले ह्याम्मरले हानेर ३५ वर्षीया श्रीमती बुद्धिमाया राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरेन्द्र गुरुङले बताउनुभयो । मोरङ मधुमल्ला गाउँपालिका–३ घर भई हाल विष्णुबहादुर विकको घरमा डेरा गरी बस्दै आएका राईले श्रीमतीलाई ह्याम्मरले हानेर हत्या गरेको जानकारी उहाँले दिनुभयो ।

आवेशमा आएर उनले ह्याम्मरले हान्दा बुद्धिमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गर्ने कुमारलाई इलाका प्रहरी कार्यालय, बेलचौताराले तत्कालै नियन्त्रण लिएको छ । मृतकको शव परीक्षणका लागि दमौली अस्पतालतर्फ पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(https://andeglobal.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना भाइरसका कारण विश्वभरमा १ लाख ५४ हजार १ सय ४५ जनाको मृत्यु
कोरोना भाइरसका कारण विश्वभरमा १ लाख ५४ हजार १ सय ४५ जनाको मृत्यु
१७ नक्कली चिकित्सक र सञ्चालक पक्राउ
चितवन जानुअघि शालिकरामले एक पत्रकारलाई फोन गरेर भनेका थिए– ‘पुर्वप्रेमीकाले तनावमा पारिन्’
चितवन जानुअघि शालिकरामले एक पत्रकारलाई फोन गरेर भनेका थिए– ‘पुर्वप्रेमीकाले तनावमा पारिन्’
यसकारण शेखर र सशांकबीच बोलचाल बन्द !
यसकारण शेखर र सशांकबीच बोलचाल बन्द !
मजदुरलाई श्रम शोषण गर्दै पशुराज्यमन्त्री श्रेष्ठ
मजदुरलाई श्रम शोषण गर्दै पशुराज्यमन्त्री श्रेष्ठ
स्थानीय तह निर्वाचनमा प्रमुख तीनै दलकै जितको खाता खुल्यो !
स्थानीय तह निर्वाचनमा प्रमुख तीनै दलकै जितको खाता खुल्यो !
कर्णालीका मुख्यमन्त्रीद्वारा सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखसमक्ष पेश
कर्णालीका मुख्यमन्त्रीद्वारा सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखसमक्ष पेश
प्रधानमन्त्री देउवाको ठाडो निर्देशनः १५ दिनमा काठमाडौंका सडकमा खाल्डाखुल्डी देख्न नपरोस्
प्रधानमन्त्री देउवाको ठाडो निर्देशनः १५ दिनमा काठमाडौंका सडकमा खाल्डाखुल्डी देख्न नपरोस्
नवनिर्वाचित सभापतिबाट शपथ
नवनिर्वाचित सभापतिबाट शपथ
सभामुख घिमिरे एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग
सभामुख घिमिरे एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग

तपाईंले छुटाउनुभयो कि?