२०१८ का ६ चर्चित विवाह (फोटोफिचर)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०७५
|
|
२४ पटक हेरिएको
Shares
२०१८ का ६ चर्चित विवाह (फोटोफिचर)

सारांश

  • एजेन्सी।
  • अंग्रेजी वर्ष २०१८ अब सकिन लागेको छ।
  • यो वर्ष बलिउडदेखि टिभी स्टार्ससम्मको विवाह निकै चर्चामा रह्यो।

एजेन्सी। अंग्रेजी वर्ष २०१८ अब सकिन लागेको छ। यो वर्ष बलिउडदेखि टिभी स्टार्ससम्मको विवाह निकै चर्चामा रह्यो। कुनै कलाकारले आफ्नो विवाहकालागि उदयपुर शहर चुने भने कसैले जोधपुर। कसैले देश बाहिर गएर विवाह गरे। आज हामी यी विवाहको विषयमा तपाइँलाई जानकारी दिन गइरहेका छौं।

सोनम कपुर–आनन्द अहुजा

८ मे २०१८ मा सोनक कपुरले आफ्ना ब्वाइफ्रेण्ड आनन्द अहुजासँग विवाह गरिन्। यो विवाह पंजाबी रीति–रिवाजमा विवाह भयो। यो विवाहमा कपुर परिवार बाहेक बलिउडबाट अमिताभ बच्चन, अभिषेक बच्चन, श्वेता बच्चन, ज्याकलीन फर्नांडिज, स्वरा भास्कर, रानी मुखर्जी र करण जोहर जस्ता कलाकार उपस्थित थिए।

 

दीपिका पादुकोण–रणवीरसिंह

बलिउड अभिनेता दीपिका पादुकोण र रणवीर सिंहले १४ नोभेम्बरमा विवाह गरे। यो विवाह इटलीको कोमोमा भएको हो। विवाहका कारण लेक कोमोलाई एक हप्तासम्म बाहिरी मानिसलाई प्रतिबन्ध लगाइएको थियो।

 

प्रियंका चोपडा–निक जोनस

प्रियंका चोपडा र निक जोनसले १–२ डिसेम्बरमा जोधपुरमा विवाह गरे। त्यसपछि ४ डिसेम्बरमा दिल्लीमा रिसेप्शन दिए। जहाँ प्रधानमन्त्री नरेन्द्र मोदी पनि बधाइ दिन पुगेका थिए।

इशा अम्बानी–आनन्द पीरामल

मुकेश अम्बानीकी छोरी ईशा अम्बानी र आनन्द पीरामलबीच १२ डिसेम्बरमा विवाह भयो। ईशा–आनन्दले एन्टीलियामा विवाह गरेका हुन्। यसअघि राजस्थानको उदयपुरमा विवाहको कार्यक्रम सुरु भएको थियो।

 

कपिल शर्मा–गिन्नी चतरथ

कमेडियन कपिल शर्मा र उनकी गर्लफ्रेण्ड गिन्नीबीच १२डिसेम्बरमा विवाह भयो। यो विवाहमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।

नेहा धुपिया–अंगद बेदी

नेहा धुपियाले १० मे २०१८ मा आफ्नो साथी अंगद बेदीसँग गोप्त तरिको विवाह गरिन्। यो विवाह सिख रीति रिवाज अनुसार दिल्लीमा भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?