२०३० सम्ममा देशलाई सुर्तिजन्य पदार्थ मुक्त देश बनाउने – स्वास्थ्य मन्त्री गगन थापा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २६, २०७४
|
|
१२२१ पटक हेरिएको
Shares
२०३० सम्ममा देशलाई सुर्तिजन्य पदार्थ मुक्त देश बनाउने  – स्वास्थ्य मन्त्री गगन थापा

सारांश

  • स्वास्थ्य मन्त्रीको महत्त्वाकांक्षी घोषणा, भन्छन्, ‘१३ वर्षमा देशलाई सुर्तिमुक्त बनाउँछु’ वैशाख २५, २०७४- स्वास्थ्य मन्त्री गगन थापाले सन् २०३० भित्र नेपाललाई सुर्तीजन्य पदार्थ मुक्त देश बनाउने अर्को महत्त्वाकांक्षी घोषणा गरेका छन् ।
  • सोमबारबाट राजधानीमा सुरु भएको सार्क स्तरीय सुर्तिजन्य पदार्थी नियन्त्रण नेतृत्वलातिमको उदघाटन गर्दै मन्त्री थापाले सो कुरा बताएका हुन् ।
  • उनले आगामी १३ वर्षभित्र नेपाललाई सुर्तिजन्य पदार्थ मुक्त बनाउने लक्ष्य सरकारले लिएको बताए ।
स्वास्थ्य मन्त्रीको महत्त्वाकांक्षी घोषणा, भन्छन्, ‘१३ वर्षमा देशलाई सुर्तिमुक्त बनाउँछु’

वैशाख २५, २०७४- स्वास्थ्य मन्त्री गगन थापाले सन् २०३० भित्र नेपाललाई सुर्तीजन्य पदार्थ मुक्त देश बनाउने अर्को महत्त्वाकांक्षी घोषणा गरेका छन् ।

सोमबारबाट राजधानीमा सुरु भएको सार्क स्तरीय सुर्तिजन्य पदार्थी नियन्त्रण नेतृत्वलातिमको उदघाटन गर्दै मन्त्री थापाले सो कुरा बताएका हुन् । उनले आगामी १३ वर्षभित्र नेपाललाई सुर्तिजन्य पदार्थ मुक्त बनाउने लक्ष्य सरकारले लिएको बताए । त्यसका लागि आगामी वर्ष भित्र सुर्तिजन्य पदार्थीको खोल तथा र्‍यापरलाई प्लेन प्याकेजमा लैजाने बताए । ‘२०३० सम्ममा देशलाई सुर्तिजन्य पदार्थी मुक्त देश बनाउने हो,’ उनले भने ‘जसको लागि २०१८ भित्र सुर्तिजन्य पदार्थीको खोललाई प्लेन प्याकेजिङ्गमा लैजान्छौ ।’

नेपाल सरकारले हाल ९० प्रतिशत चेतावनीयुक्त चित्र र सन्देश अनिवार्य गर्नुपर्ने नियम लगाएको छ । विदेशी र केही नेपाली सुर्ति उद्योगले सरकारको नियमलाई पालना गरेतापनि देशमा ७५ प्रतिशत वजार ओगटेको सुर्य नेपाल लगायतका उद्योगहरुले भने टेरेका छैनन् ।

मन्त्री थापाले कानुनी र नीतिगत रुपमा सुर्तिजन्य पदार्थी नियन्त्रणमा उल्लेख्य काम भएको समेत दाबी गरे । उनले सार्वजानीक स्थलमा सेवन गर्न नपाइनेदेखि लिएर खोल तथा र्‍यापमा ९० प्रतिशत चित्र अंकीत गर्नुपर्ने नियमले अन्तराष्ट्रिय समुदायमा गरीएको प्रतिवद्धता पुरा गर्न सरकार दृढ रहेको उनको भनाइ थियो ।

द युनियनका एसिया प्याफिफिकका डाइरेक्टर तारासिंह बमले नेपालले सुर्तिजन्य पदार्थ नियन्त्रणको लागि गरेको काम बाट अन्य देशले पनि सिक्नुपर्ने बताए । नेपालले सुर्तिजन्य पदार्थी नियन्त्रणमा गरेको कानुनी प्रगतीकै कारण दुई वर्ष अघि ब्लुम्बर्ड जस्तो प्रतिष्ठत अवार्ड पाएको उल्लेख गरे ।

नेपालले गरेको प्रगतिकै प्रतिफल दक्षीण एसियाली कार्यक्रम काठमाडौमा भएको समेत उनको भनाई छ । ‘नेपालले गरेको कानुनी प्रगती उल्लेखनीय छ, यसवाट अन्य देशले पनि सिक्नु पर्छ,’ बमले भने ‘यही नमुना देखाउनलाई नै यस वर्षको कार्यक्रम नेपालमा राखिएको हो ।’

एक वर्ष भित्र नेपाललाई सुर्तिजन्य पदार्थमा प्लेन प्याकेजिङ्गमा लान सके अन्तर्राष्ट्रिय रुपमा अर्को उदाहरणीय काम हुने उनको भनाइ छ । हाल अस्टेलीया प्लेन प्याकेजिङ्गमा रहेको छ ।

स्वास्थ्य मन्त्रालय, अमेरीकाको जोनहप्कीन्स पब्लीक युनिर्भसिटी, द युनियन र एक्सन नेपालको आयोजनामा भएको सो तालिम एक हप्ता सम्म चल्ने छ । कार्यक्रममा क्षेत्रा सभासद, कर्मचारी, पत्रकार, सामाजिक अभियान्ता र स्वास्थ्य क्षेत्रका विज्ञ गरी ७१ जनाको सहभागीता रहेको आयोजक एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले बताए ।

के हो प्लेन प्याकेजिङ्ग ?
प्लेन प्याकेजिङ्गमा गएपछि सुर्तिजन्य पदार्थीको खोलको सवै भागमा चेतावनी युक्त चित्र र सन्देश मात्र राख्न पाइन्छ । त्यसमा उत्पादन गर्ने कम्पनीले सानो अक्षरमा नाम राख्न पाउछ तर लोगो भने प्रयोग गर्न पाउदैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?