प्रअले विद्यालय भर्ना नगरेको आरोप

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १८, २०७६
|
|
६० पटक हेरिएको
Shares
प्रअले विद्यालय भर्ना नगरेको आरोप

सारांश

  • अपाङ्गता भएका एक बालकको विद्यालय भर्ना हुने चाहना प्रधानाध्यापकका कारण पूरा हुन नसकेको आरोप लगाइएको छ ।
  • काठमाडौँमै यसरी बालक स्कूल जानबाट वञ्चित भएका छन् ।
  • सरकारले सबैका लागि शिक्षा भन्ने नाराका साथ भर्ना अभियानसमेत चलाउँदै आएको छ ।

अपाङ्गता भएका एक बालकको विद्यालय भर्ना हुने चाहना प्रधानाध्यापकका कारण पूरा हुन नसकेको आरोप लगाइएको छ । काठमाडौँमै यसरी बालक स्कूल जानबाट वञ्चित भएका छन् ।

सरकारले सबैका लागि शिक्षा भन्ने नाराका साथ भर्ना अभियानसमेत चलाउँदै आएको छ । कोही पनि स्कूल जानबाट वञ्चित नहोस् भनेर सरकारले विद्यालय शिक्षामा ठूलो लगानी गरेको छ । सामान्य बालबालिकाभन्दा शारीरिक तथा मानसिकरुपमा प्रभावितका लागि त सरकारले विशेष व्यवस्था नै गरेको छ । तर पनि बालबालिका विभिन्न कारणले पढ्नबाट वञ्चित छन् ।

राजधानीको भीमसेनगोलाका बालक रिसन मानन्धर त्यही पीडितमध्येका एक हुन् । राजधानीको भीमसेनगोलास्थित बाल विकास केन्द्रका प्रधानाध्यापक कै कारण उनले पढ्न नपाएको आमा रेनुकाले दुखेसो गर्नुभएको छ । सरकारले बौद्धिक अपाङ्गता भएका बालबालिका तथा अपाङ्गता भएका बालबालिकाका लागि आफ्नो दायित्व तथा कर्तव्य बोध गरी केही विद्यालयको निर्माण गरेको छ । त्यसैमध्ये एक हो निर्मल बालविकास केन्द्र । केन्द्रको सम्पूर्ण दायित्व नेपाल सरकारले लिएको छ ।

शारीरिक तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाकोे जीवन निर्वाह गर्न सजिलो होस् भनेर उनीहरुलाई यहाँ राखिएको हो । रेनुकाका सात वर्षीय छोरा रिसनको यो चाहना भने टुटेको छ । रेनुका गृहणी हुन् भने बुबा सञ्जय प्राइभेट कम्पनीका गाडी चालक हुनुहुन्छ । उहाँहरु डेरामा बस्छन् । सानैदेखि शारीरिकसँगै बौद्धिक अपाङ्गताले रिसनको उपचारमा रेनुकाले धेरै खर्च गर्नुभयो । उहाँले आफैँ थेरापी सिकेर बच्चालाई थेरापी गराएपछि पनि सफल हुन सकेन ।

संयोगवस उक्त बालविकास केन्द्रमा विदेशी दाताले अनुभवका आधारमा थेरापिष्टका रुपमा रेनुकालाई करारमा नियुक्ती दियो । उहाँले आफूसँगै छोरालाई पनि त्यही बालविकास केन्द्रमा लग्नुभयो । छोरालाई भर्ना गर्न त्यहाँकी प्रधानाध्यापक ज्योति खनालसँग कुरा राख्नुभयो । शुरुमा भर्ना गरेको बताए पनि राज्यले दिने सेवासुविधा पाउने समयमा भने प्रधानाध्यापक खनालले रिसनलाई भर्ना नगरेको खुलेको छ ।

रेनुकाले सम्झँदै भन्नुभयो, “प्रधानाध्यापकले तपाईको छोरा बौद्धिक अपाङ्गता होइन, यो रिपोर्टलाई म मान्दिन, मैले भनेको डाक्टरसँग जँचाएर रिपोर्ट ल्याउनुपर्छ भन्नुभयो ।” त्यसपछि उहाँलाई छाँगाबाट खसेजस्तो भयो । तै पनि उहाँले भनेकै डाक्टरकामा देखाएर ल्याएपछि प्रअ खनालले पुनः अर्काे बाहना झिकेर बालक शारीरिक अपाङ्गता भएका छन् यो स्कूलमा बौद्धिक अपाङ्गताका लागि मात्रै हो भनेर जवाफ दिएको रेनुकाले दुखेसो गर्नुभयो ।

त्यसपछि स्कूलबाटै निकालेको रेनुकाले बताउनुभयो । बौद्धिक अपाङ्गतासँग सम्बन्धित सङ्संस्थाको चिठी लिएर आउँदासमेत निकालेको उहाँले बताउनुभयो । प्रअ खनालकै कारण राज्यले दिएको सेवा सुविधाबाट वञ्चित हुनुपरेको रेनुकाको आरोप छ ।

प्रअ खनालले रासससँग कुरा गर्दै रिसन बौद्धिक नभई शारीरिक अपाङ्गता भएका बालक भएको बताउनुभयो । उहाँले उक्त केन्द्रमा बौद्धिक अपाङ्गता भएका बालबालिकाको मात्र पढाइ हुने भएकाले भर्ना नगरेको जानकारी दिनुभयो । रिसन सुतिरहने र उठ्न नसक्ने अवस्थाका बालक भएकाले पनि भर्ना नगरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँ हिँड्नसक्ने बालबालिका तर बौद्धिक अपाङ्गता भएकालाई मात्र भर्ना गरिन्छ, रेनुकाले पुनः जागीरमा लगाउन भन्दै रिसले आरोप लगाएको हो, उहाँ करारमा हुनुहुन्थ्यो म्याद सकिएपछि जागीरबाट हटाइएको र त्यसपछि बालक भर्ना नगरेको बहानामा मलाई आरोप लगाइएको हो ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सङ्गीतकार सि.एल शर्माको ‘शितल शितल’मा प्रिन्स र मल्लिका
सङ्गीतकार सि.एल शर्माको ‘शितल शितल’मा प्रिन्स र मल्लिका
नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह
नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह
सरकारमा नजाँदै महतो देखि भण्डारीसम्म दिल्लीतिर सुटुक्क
सरकारमा नजाँदै महतो देखि भण्डारीसम्म दिल्लीतिर सुटुक्क
सिपमुलक तालिमले आत्मनीर्भर वन्दै महिलाहरु
सिपमुलक तालिमले आत्मनीर्भर वन्दै महिलाहरु
कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ?
कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ?
जेलमै बिरामी पूर्वराष्ट्रपति गयुमको स्वास्थ्य अवस्था थप जटिल बन्दै
जेलमै बिरामी पूर्वराष्ट्रपति गयुमको स्वास्थ्य अवस्था थप जटिल बन्दै
पश्चिमको कठोर प्रतिबन्धमा पनि रुसी अर्थतन्त्रले सोचभन्दा राम्रो गरिरहेको छ : अन्तर्राष्ट्रिय मुद्रा कोष
पश्चिमको कठोर प्रतिबन्धमा पनि रुसी अर्थतन्त्रले सोचभन्दा राम्रो गरिरहेको छ : अन्तर्राष्ट्रिय मुद्रा कोष
नौ महिना सिनेमा हल बन्द हुँदा दुई अर्ब घाटा
नौ महिना सिनेमा हल बन्द हुँदा दुई अर्ब घाटा
कोरोनाको उच्च जोखिममा युरोपका नेपाली
कोरोनाको उच्च जोखिममा युरोपका नेपाली
Who was Sutherland Springs gunman Devin Patrick Kelley?
Who was Sutherland Springs gunman Devin Patrick Kelley?