२३ बर्ष अघि मानिसको हत्या गरी फरार रहेका २ जना प्रतिबादी प्रहरीद्वारा पक्राउ….
सारांश
- काठमाडौं, ३० असार २३ बर्ष अघि मानिसको हत्या गरी फरार रहेका २ जना प्रतिबादीलाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंजको प्रहरीले काठमाडौं बालाजुबाट बिहीबार पक्राउ गरेको छ ।
- पक्राउ पर्नेहरुमा सर्वश्व सहित जन्मकैद सजाय भएका सप्तरी साविक पकरी गाबिस–६ हाल महादेवा गाउँपालिका–१ स्थायी वतन भई काठमाडौं धुम्बाराही डेरा गरी बस्ने ४६ वर्षीय सचिन्द्र यादव र सोही ठाउँका ३५ वर्षीय कारी यादव रहेका छन् ।
- २०५१ फागुन २० गते राति पकरी चोक सप्तरीमा रामलिला हेरी घरतर्फ फर्कदै गरेका स्थानीय जोगेन्द्र मण्डललाई वादबिबादको क्रममा कुटपिट तथा धारिलो हतियार प्रहार गरी कर्तब्य गरी हत्या गरेको र निज मण्डलको शव २१ गते सोही स्थानमा फेला परेको वारदातमा संलग्न ५ जना प्रतिबादीहरुमध्ये हालसम्म फरार रहेका दुबैलाई ब्यूरोको टोलीले पक्राउ गर्न सफल भएको हो ।
काठमाडौं, ३० असार
२३ बर्ष अघि मानिसको हत्या गरी फरार रहेका २ जना प्रतिबादीलाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंजको प्रहरीले काठमाडौं बालाजुबाट बिहीबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सर्वश्व सहित जन्मकैद सजाय भएका सप्तरी साविक पकरी गाबिस–६ हाल महादेवा गाउँपालिका–१ स्थायी वतन भई काठमाडौं धुम्बाराही डेरा गरी बस्ने ४६ वर्षीय सचिन्द्र यादव र सोही ठाउँका ३५ वर्षीय कारी यादव रहेका छन् ।
२०५१ फागुन २० गते राति पकरी चोक सप्तरीमा रामलिला हेरी घरतर्फ फर्कदै गरेका स्थानीय जोगेन्द्र मण्डललाई वादबिबादको क्रममा कुटपिट तथा धारिलो हतियार प्रहार गरी कर्तब्य गरी हत्या गरेको र निज मण्डलको शव २१ गते सोही स्थानमा फेला परेको वारदातमा संलग्न ५ जना प्रतिबादीहरुमध्ये हालसम्म फरार रहेका दुबैलाई ब्यूरोको टोलीले पक्राउ गर्न सफल भएको हो ।
उक्त कर्तब्यज्यान मुद्दामा सर्वोच्च अदालतको २०६२ चैत ७ गतेको फैसलाले दुवैजनालाई सर्वश्व सहित जन्मकैदको सजाय हुने ठहर गरेकोमा फैसला कार्यान्वयनको लागि शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतको आदेश बमोजिम कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको छ ।
प्रतिक्रिया