​एमाले नेताहरु मधेशमा केन्द्रित- ​१५ लाख तराईबासी जनता समेट्दै

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २२, २०७३
|
|
९७२ पटक हेरिएको
Shares
​एमाले नेताहरु मधेशमा केन्द्रित- ​१५ लाख तराईबासी जनता समेट्दै

सारांश

  • तराईका १५ लाख सर्वसाधरणलाई सहभागी गराउने लक्ष्यका साथ नेकपा(एमाले)ले तराई बिशेष अभियान सुरु गर्ने तयारी गरेको छ ।
  •   स्थानीय ६ वटा मातृभाषामा अपिललगायतका प्रचार सामग्री लिएर तराई–मधेस भर्न लागेको हो ।
  •  पार्टी मुख्यालय धुम्बाराहीमा बुधबार पत्रकार सम्मेलन आयोजना गरी एमालेले मेची–महाकाली अभियानमार्फत ६ भाषाका प्रचार सामग्री लिएर तराई–मधेस झर्ने घोषणा गरेको हो ।

तराईका १५ लाख सर्वसाधरणलाई सहभागी गराउने लक्ष्यका साथ नेकपा(एमाले)ले तराई बिशेष अभियान सुरु गर्ने तयारी गरेको छ ।   स्थानीय ६ वटा मातृभाषामा अपिललगायतका प्रचार सामग्री लिएर तराई–मधेस भर्न लागेको हो ।  पार्टी मुख्यालय धुम्बाराहीमा बुधबार पत्रकार सम्मेलन आयोजना गरी एमालेले मेची–महाकाली अभियानमार्फत ६ भाषाका प्रचार सामग्री लिएर तराई–मधेस झर्ने घोषणा गरेको हो । २१ फागुनबाट ५ चैतसम्म चल्ने सो अभियानमा झापादेखि कञ्चनपुर हुँदै सुर्खेतसम्मका २० जिल्लामा ३३ वटा ठूला प्रकृतिका आमसभा गर्ने जनाइएको छ । पार्टी अध्यक्ष केपी ओलीसहित सबै शीर्ष नेताहरू, तराई–मधेसका सबै मधेसी समूदायका नेता तथा सांसद र भ्रातृ संगठनहरू १५ दिने अभियानमा परिचालित हुनेछन् ।    अभियान अन्र्तगत कार्यकर्ताले नेपाली, मैथिली, अवधी, थारू, भोजपुरी र डोट्याल भाषामा अपिल बाँडेर आमसभाका लागि व्यापक प्रचार गर्नेछन् । गत १ मंसिरदेखि चारमहिने राष्ट्रिय जागरण अभियान चलाइरहेको एमालेले तराईकेन्द्रित अभियानलाई त्यसैको उत्कर्ष रूप हुने जनाएको छ । अभियानमा कम्तीमा १५ लाख जनताले प्रत्यक्ष सहभागिता जनाउने एमाले केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले दाबी गरे ।  यसकारण गर्दै छ एमालेले तराईकेन्द्रित अभियान  संविधान जारी भएयता मधेसकेन्द्रित दलले एमालेलाई तराईविरोधी दलका रूपमा चित्रित गरे पनि एमालेले विशेषतः २ नम्बर प्रदेशभित्रका ७ जिल्लामा आरोपको पर्याप्त खण्डन गर्न सकेको छैन । ठूला दल कांग्रेस र नेकपा माओवादी केन्द्रले संविधान संशोधन गरेर तराईको सहभानुभूति लिने रणनीति अख्तियार गरेपछि त्यसलाई समेत ‘काउन्टर’ गर्दै पार्टीको पक्षमा जनमत सिर्जना गर्न एमालेले सम्पूर्ण शक्ति त्यता केन्द्रित गर्न लागेको हो । ‘पहाड र तराईबीच दूरी बढाएर राष्ट्रिय एकता कमजोर पार्न थालिएकाले पहाडी र मधेसी समुदायबीचको एकता संवद्र्धन गर्ने अभियानको उद्देश्य रहेको छ,’ केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले भने, ‘जनाधार सुदृढ गरेर एमालेलाई बहुमतसहित पहिलो पार्टी बनाउन अभियान सामुद्रिक छालजसरी अघि बढ्नेछ ।’  ३३ ठाउँमा आमसभा      काँकडभिट्टामा अध्यक्ष ओलीले अभियानको उद्घाटन गरेकै दिन एमालेले झापाको बिर्तामोड र दमकमा जनसभा गर्नेछ । त्यसपछि क्रमशः विराटचोक, इटहरी, इनरुवा, राजविराज, कञ्चनपुर, गोलबजार, जनकपुर र बर्दिवासमा जनसभाको कार्यक्रम हुनेछ । त्यस्तै, हरिपुर, गरुडा, चन्द्रनिगाहपुर, जितपुर, हेटौँडा, भण्डारा, भरतपुर, कावासोती, भुमही, भैरहवा र बुटवलमा आमसभा हुने जनाइएको छ । त्यस्तै, चन्द्रौटा, लमही, घोराही, नेपालगन्ज, गुलरिया, राजापुर, टीकापुर, लम्की, धनगढी, महेन्द्रनगरसम्म जनसभा सकिएपछि सुर्खेतमा क्षेत्रीयस्तरको ठूलो आमसभा हुने एमालेले जनाएको छ ।  तराईमै होली र सम्मान नै सम्मानका कार्यक्रम  एमालेले अभियानको सिलसिलामा सयौँ ज्येष्ठ नागरिक, सामाजिक रूपमा योगदान पु¥याएका समाजसेवी, तराई र पहाडबीचको एकता र सामाजिक सद्भावका पक्षमा योगदान गर्ने अभियन्तालाई सम्मान र तराईमा बोलिने भाषा र वेशभूषा झल्काउने सांस्कृतिक कार्यक्रम पनि राखेको छ । त्यस्तै, अभियानका क्रममा पर्ने राष्ट्रिय पर्व होली, नारी दिवसलगायतका सबै कार्यक्रम तराई अभियानमै मनाइने पनि एमालेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।  ओलीको कमाान्डमा सयौँ नेता  अभियानमा अध्यक्ष ओलीसँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डलका अतिरिक्त तराई मधेसका सबै केन्द्रीय सदस्य, पूर्वकेन्द्रीय सदस्य, सांसद तथा पूर्वमन्त्रीहरूका अतिरिक्त हरेक प्रदेशमा सम्बन्धित प्रदेशका सबैस्तरका नेता–कार्यकर्तादेखि संगठित सदस्यसम्म परिचालन गर्ने योजना एमालेले बनाएको छ ।

कार्यक्रम तयारीका लागि सातवटै प्रदेशमा नेता खटाएर हरेक टोलहरूमा घरदैलो, प्रचार सभालगायतका कार्यक्रम पनि राखिएको छ ।  कसलाई कुन क्षेत्रमा जिम्मेवारी  ?   प्रदेश नं. १ – योगेश भट्टराई र सुवास नेम्वाङ    प्रदेश नं. २– मुकुन्द न्यौपाने र केशव बडाल  प्रदेश नं. ३– सुरेन्द्र पाण्डे, अमृत बोहरा र  पुष्प कँडेल  प्रदेश नं. –सोमनाथ प्यासी  प्रदेश नं. ५ – घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट र शङ्कर पोखरेल   प्रदेश नं ६ –छविलाल विश्वकर्मा   प्रदेश नं. ७ – पृथ्वी सुब्बा गुरुङ  स्थायी टोली    अध्यक्ष  केपी शर्मा ओली    वरिष्ठ नेता  झलनाथ खनाल    नेता  माधवकुमार नेपाल   उपाध्यक्ष  वामदेव गौतम  उपाध्यक्ष अष्टलक्ष्मी शाक्य  महासचिव  ईश्वर पोखरेल  स्थायी कमिटी सदस्य  सुवास नेम्बाङ  स्थायी कमिटी  सदस्य  छविलाल विश्वकर्मा   स्थायी कमिटी सदस्य  सत्यनारायण मण्डल         यस्तो छ तालिका  फागुन २१ गते(पहिलो दिन)    काँकडभिट्टा –कार्यक्रम शुभारम्भ    बिर्तामोड– जनसभा    दमक – जनसभा ( बास समेत) दोस्रो दिन (फागुन २२ गते)     विराटचोक –जनसभा    इटहरी –जनसभा (बास समेत)  तेस्रो दिन (फागुन २३ गते)     इनरुवा– जनसभा राजविराज– जनसभा    कञ्चनपुर– जनसभा (बास समेत) चौथो दिन (फागुन २४ गते)   गोलबजार– जनसभा (बास समेत)  पाँचौं दिन (फागुन २५ गते)     जनकपुर –जनसभा र विविध कार्यक्रम बर्दिवास –जनसभा (बास समेत) छैटौं दिन (फागुन २६ गते) हरिपुर –जनसभा   गरुडा–जनसभा   चन्द्रनिगाहापुर (बास समेत) सातौँ दिन (फागुन २७ गते)   जितपुर –जनसभा    हेटौंडा –जनसभा (बास समेत) आठौँ दिन (फागुन २८ गते)  भण्डारा–जनसभा   भरतपुर –जनसभा    कावासोती –जनसभा (बास समेत) नवौं दिन (फागुन २९ गते)    भुमही –जनसभा   भैरहवा –जनसभा     बुटवल (बास समेत) दसौँ दिन (फागुन ३० गते)    चन्द्रौटा –जनसभा   लमही– जनसभा    घोराही–जनसभा (बास समेत) एघारौँ दिन (चैत १ गते)  नेपालगञ्ज– जनसभा     गुलरिया– जनसभा (बास समेत) बाहौं दिन (चैत २ गते)   राजापुर– जनसभा  टीकापुर –जनसभा    लम्की –जनसभा (बास समेत) तेह्रौं दिन (चैत ३ गते)  धनगढी – जनसभा   महेन्द्रनगर –जनसभा (बास समेत) तेह्रौं दिन (चैत ४ गते)    पत्रकार सम्मेलन–महेन्द्रनगर चौधौं दिन (चैत ५ गते)    सुर्खेत –जनसभा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार र चन्दलाई आईजीपीमा नियुक्त गर्ने सरकारको तयारी
अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार र चन्दलाई आईजीपीमा नियुक्त गर्ने सरकारको तयारी
‘ठग्स अफ हिन्दुस्तान’ काे अाेराली लागेकाे हरिणकाे चाल !
‘ठग्स अफ हिन्दुस्तान’ काे अाेराली लागेकाे हरिणकाे चाल !
छिमेकी कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ !
छिमेकी कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ !
भारतमा कोरोना फैलिएसँगै नेपालगञ्ज नाकामा सतर्कता
भारतमा कोरोना फैलिएसँगै नेपालगञ्ज नाकामा सतर्कता
‘इन्जिनियरको न्यूनतम पारिश्रमिक तोक्न सरकार सकारात्मक’
‘इन्जिनियरको न्यूनतम पारिश्रमिक तोक्न सरकार सकारात्मक’
पर्वतका ३२ वनमा आगलागी
पर्वतका ३२ वनमा आगलागी
Make Deposits Seamlessly at Online Casinos in Australia: A Comprehensive Guide
नेपाल-भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
नेपाल-भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
रुसी राष्ट्रपति भारतमा, यसकारण छ अमेरिका चीन र पाकिस्तानकाे चासाे !
रुसी राष्ट्रपति भारतमा, यसकारण छ अमेरिका चीन र पाकिस्तानकाे चासाे !
वल्र्ड कप’ फिबर:  फ्री किक चिकनमा नेमार, म्याजिक पिज्जामा मेस्सी तर रोनाल्डोको नाममा के ?
वल्र्ड कप’ फिबर: फ्री किक चिकनमा नेमार, म्याजिक पिज्जामा मेस्सी तर रोनाल्डोको नाममा के ?