स्वदेशी औषधि उद्योगलाई विशेष संरक्षण

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २३, २०७५
|
|
४२ पटक हेरिएको
Shares
स्वदेशी औषधि उद्योगलाई विशेष संरक्षण

सारांश

  • काठमाडौँ,२३ पुस ।
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वदेशी औषधि उद्योगलाई विशेष संरक्षण गर्दै औषधिको प्रभावकारी व्यवस्थापन गर्ने भएको छ ।
  • उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको अध्यक्षतामा आज बसेको औषधि परामर्श परिषद्को १५औँ बैठकमा औषधिको मूल्य निर्धारण, अनुगमन समिति गठन तथा प्रभावकारी व्यवस्थापन गर्ने विषयमा छलफल भएको थियो ।

काठमाडौँ,२३ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वदेशी औषधि उद्योगलाई विशेष संरक्षण गर्दै औषधिको प्रभावकारी व्यवस्थापन गर्ने भएको छ ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको अध्यक्षतामा आज बसेको औषधि परामर्श परिषद्को १५औँ बैठकमा औषधिको मूल्य निर्धारण, अनुगमन समिति गठन तथा प्रभावकारी व्यवस्थापन गर्ने विषयमा छलफल भएको थियो । बैठकमा औषधि व्यवस्था विभागलाई सुदृढ बनाउने, गुणस्तरीय औषधि उत्पादन तथा आयात व्यवस्थापन गर्ने विषयमा छलफल भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अगामी दिनमा औषधिको व्यवस्थापन गर्न मन्त्रालयका पदाधिकारी, औषधि उत्पादक र आयातकर्ताबीच छलफल गर्ने बैठकले निर्णय गरेको छ ।

सो अवसरमा उपप्रधानमन्त्री यादवले औषधि ऐनको विनियमावली बनाउँदा औषधिको मूल्य जनताले धान्नसक्ने हुनुपर्नेमा जोड दिँदै औषधिको गुणस्तर र मूल्य सन्तुलनमा ध्यान दिन निर्देशन दिनुभयो । उहाँले औषधि उत्पादकको गुनासोलाई ध्यानमा राखेर स्वदेशी उद्योगलाई संरक्षण गरी गुणस्तरीय र उत्पादन क्षमता वृद्धि गर्दै लैजान तथा आयातलाई थप व्यवस्थित गर्न निर्देशन दिनुभयो । उपप्रधानमन्त्री यादवले औषधि व्यवसायीले गुणस्तरीय उत्पादन बढाउन ध्यान दिन र विश्व स्वास्थ्य सङ्गठनको मापदण्डलाई तलमाथि नगरी अघि बढ्न, अनुमतीपत्र र नवीकरण गर्ने जटिलता हटाइने तथा जनशक्ति व्यवस्थापनमा ध्यान दिइने जानकारी दिनुभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेट्रोमा युवतीको पछाडि गुप्तांग निकालेर युवक उभिएपछि…
मेट्रोमा युवतीको पछाडि गुप्तांग निकालेर युवक उभिएपछि…
फरक–फरक स्थानमा तीन जना मृत फेला
फरक–फरक स्थानमा तीन जना मृत फेला
योजना बनाउनोस्, पैसा छैन भनेर बस्नु पर्दैन: प्रधानमन्त्री ओली
चलचित्र ‘मेरी मामु’को शीर्ष गीतमा ६ बर्षिय आयुव सेनकाे तारिफ याेग्य अभिनय
चलचित्र ‘मेरी मामु’को शीर्ष गीतमा ६ बर्षिय आयुव सेनकाे तारिफ याेग्य अभिनय
काठमाडौं महानगरको मेयरका लागि सिर्जना सिंहले अघि सारिन् सात संकल्प
काठमाडौं महानगरको मेयरका लागि सिर्जना सिंहले अघि सारिन् सात संकल्प
३३ करोड रुपैयाँको लागतमा बनेको पुलको दुवैतिर सडक छैनन्
३३ करोड रुपैयाँको लागतमा बनेको पुलको दुवैतिर सडक छैनन्
बाबुराम भट्टराईलाई आफ्नो ट्वीट निल्नु न ओकल्नु , पहिला अाफ्नाे अनुहार हेर्नुहाेस!
बाबुराम भट्टराईलाई आफ्नो ट्वीट निल्नु न ओकल्नु , पहिला अाफ्नाे अनुहार हेर्नुहाेस!
इङल्याण्डविरुद्धको शुरुवातका दुई टेस्टमा विराट कोहली नखेल्ने
इङल्याण्डविरुद्धको शुरुवातका दुई टेस्टमा विराट कोहली नखेल्ने
आजदेखि नेपाल एयरलाइन्सले इलाम–काठमाडौँ उडान गर्दै, भाडा कति?
आजदेखि नेपाल एयरलाइन्सले इलाम–काठमाडौँ उडान गर्दै, भाडा कति?
ओलीको प्रस्तावमा राजपा र फोरमको ग्रिन सिग्नल
ओलीको प्रस्तावमा राजपा र फोरमको ग्रिन सिग्नल