प्रचण्डलाई मन्त्रिपरिषद् विस्तारमै सकस

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २९, २०७९
|
|
४० पटक हेरिएको
Shares
प्रचण्डलाई मन्त्रिपरिषद् विस्तारमै सकस

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्रिपरिषद् विस्तारमा सकस परेसँगै सत्तारूढ दलसँग छलफलमा जुटेका छन् ।
  • यद्यपि, हिजो बिहीबार बस्ने भनिएको सत्तारूढ गठबन्धन बैठकसमेत हुन सकेन ।

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्रिपरिषद् विस्तारमा सकस परेसँगै सत्तारूढ दलसँग छलफलमा जुटेका छन् । यद्यपि, हिजो बिहीबार बस्ने भनिएको सत्तारूढ गठबन्धन बैठकसमेत हुन सकेन ।

सत्तारूढ दलबाट मन्त्री संख्या बढी र तोकेरै मन्त्रालय माग हुन थालेपछि प्रधानमन्त्री प्रचण्डलाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको हो ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री निरन्तर छलफलमा छन् । गत १० पुसमा प्रधानमन्त्री नियुक्त प्रचण्ड विश्वासको मत पाएपछि मन्त्रिपरिषद् विस्तार तयारीमा थिए । तर, २६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत पाए पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

विश्वासको मत पाएपछि बुधबार एमाले अध्यक्ष ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग उनले छलफल गरे ।

मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुख नियुक्तिलगायत विषयमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संघीय र प्रदेश सरकार गठन भइसकेको तर त्यसलाई पूर्णता दिन बाँकी रहेकाले त्यस’bout दुई नेताबीच गम्भीर छलफल भएको छ । मुख्यतः संघीय सरकारको मन्त्रालय भागबन्डा र प्रदेश सरकारको भागबन्डा विषयमा छलफल भएको हो ।

‘दुई अध्यक्षबीच संघीय र प्रदेश सरकारलाई पूर्णता दिने’bout छलफल भएको छ । अब सत्तारूढ दलसँग मन्त्रीको नामावली माग्ने कि सत्तारूढ दलको बैठक बसेर छलफल गरी अघि बढ्ने’bout दुई अध्यक्षले नै फेरि बसेर छलफल गर्नुहुन्छ,’ प्रचण्डको सचिवालयले भन्यो ।

ओली–प्रचण्डबीच सभामुख र उपसभामुख निर्वाचन, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन विषयमा समेत छलफल भएको छ । प्रधानमन्त्रीमा नेपाली कांग्रेससमेतले विश्वासको मत दिएपछि सशंकित एमाले अध्यक्ष ओलीलाई प्रचण्डले आफू दुई पार्टीबीच भएको समझदारीमा प्रतिबद्ध रहेको बताएका छन् ।

सरकारलाई पूर्णता दिन ढिलाइ भए पनि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारलाई पूर्णता दिएर अघि बढ्न अप्ठ्यारो नभएको बताए । ‘सत्तारूढ गठबन्धन बैठक बसेपछि कुन मन्त्रालय कसले लिने ? टुंगिन्छ । सरकारले पूर्णता पाएपछि राष्ट्रपति, उपराष्ट्रपति सभामुख, उपसभामुख चयनमा हामी केन्द्रित हुन्छौं,’ उनले भने ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत कांग्रेसले विश्वासको मत दिनुलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँछन् । ‘अनुमान विभिन्न कोणबाट गर्न सकिन्छ तर भर्खर बनेको गठबन्धन भत्किँदैन,’ उनले भने, ‘हामी एमालेसहित सत्तारूढ दलबीच भएको सहमति र समझदारीनुसार नै अघि बढ्छौं ।’

दाहालले शपथ लिएकै दिन गत ११ पुसमा आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्रीलाई अर्थ, गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । चार मन्त्री भने बिनाविभागीय छन् ।

एमालेबाट उपाध्यक्ष पौडेल उपप्रधान तथा अर्थमन्त्री र ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई बिनाविभागीय मन्त्री छन् ।

माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन् ।

त्यस्तै, जनमत पार्टीबाट अब्दुल खान बिनाविभागीय मन्त्री छन् । मन्त्रालयको संख्या अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ छ । राज्यमन्त्रीसहित अधिकतम २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन पाइने संवैधानिक व्यवस्था छ ।

एमालेले ९, माओवादीले ७, रास्वपाले ४, राप्रपाले ३, जसपाले २ र जनमत पार्टीले २ मन्त्रालयमा दाबी गर्दै आएका छन् । प्रधानमन्त्री प्रचण्डलाई समर्थन एवं विश्वासको मत दिएका स्वतन्त्र सांसदले पनि मन्त्रीमा आकांक्षा राखेका हुन् ।

सरकारको नेतृत्व र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिएको माओवादीले परराष्ट्र, सञ्चार तथा सूचना प्रविधिसहित सात मन्त्रालय आफूसँग राख्ने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ ।

एमालेले रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम, रोजगार तथा सामाजिक, शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसंख्यासहितका मन्त्रालय दाबी गरेका छन् । राप्रपाले तीन मन्त्रालय दाबी गरे पनि ऊर्जा, जलस्रोत तथा सिँचाइसहित दुई मन्त्रालयमा मनाउने प्रयासमा प्रधानमन्त्री छन् ।

जसपाले परराष्ट्र, सहरी विकास तथा गरिबी निवारणसहितका मन्त्रालय पाउनुपर्ने दावी गर्दै आएको छ । रास्वपा र राप्रपाले उपसभामुख, जसपाले उपराष्ट्रपतिसमेत दावी गर्दै आएका छन् । तर, माओवादीले समेत उपसभामुख र उपराष्ट्रपतिमध्ये एक पाउनुपर्ने पहल थालेको छ ।

जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित थप एक मन्त्रालय पाउनुपर्ने दावी गर्दै आएको छ ।

उता, जसपा अध्यक्ष सम्मानजक रूपमा शक्तिको बाँडफाँट नभए सरकारमै सहभागी नहुने घुर्की देखाउँदै आएका छन् । नागरिक उन्मुक्ति पार्टीले जेलमा रहेका रेशम चौधरीको रिहाइपछि मात्रै सरकारमा सहभागी हुने जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लव समूहले भन्यो-कपिलवस्तुमा बरामद गरिएका हतियार हाम्रा होइनन्
विप्लव समूहले भन्यो-कपिलवस्तुमा बरामद गरिएका हतियार हाम्रा होइनन्
ओलीको राजिनामा मागेको होईन, उहाँलाई सच्चिन भनेका हौंः प्रवक्ता शर्मा
कोरोना भाइरसको डरले बेलायती महारानीले दरवार छोडिन
कोरोना भाइरसको डरले बेलायती महारानीले दरवार छोडिन
साउन ८ गते बुधबारको राशीफल यस्तो छ
साउन ८ गते बुधबारको राशीफल यस्तो छ
“गोविन्द केसीसँगको सम्झौता पालना नगर्ने हो भने प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्छ”
“गोविन्द केसीसँगको सम्झौता पालना नगर्ने हो भने प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्छ”
नरेन्द्र माेदीलार्इ सिस्नाे उपहार…
नरेन्द्र माेदीलार्इ सिस्नाे उपहार…
याम बुद्धको सम्झनामा कबिता : उनको आमाले यसरी सम्झीईन (भिडियो सहित)
याम बुद्धको सम्झनामा कबिता : उनको आमाले यसरी सम्झीईन (भिडियो सहित)
निर्मला हत्या प्रकरण : अछामबाट शंकास्पद दुईजना पक्राउ
निर्मला हत्या प्रकरण : अछामबाट शंकास्पद दुईजना पक्राउ
साउन ६ गते सोमबारको राशीफल यस्तो छ, साथमा साप्ताहिक राशीफल पनि
साउन ६ गते सोमबारको राशीफल यस्तो छ, साथमा साप्ताहिक राशीफल पनि
शनिवार १ बजेर ४९ मिनेटपछि औशी सुरु, विहान कुकुर पूजा र साँझ लक्ष्मी पूजा
शनिवार १ बजेर ४९ मिनेटपछि औशी सुरु, विहान कुकुर पूजा र साँझ लक्ष्मी पूजा