अध्यक्ष प्रचण्ड पत्नीसहित लागे सिंगापुर
सारांश
- काठमाडौं ।
- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि सिंगापुर गएका छन् ।
- यसअघि पत्नी सीताको सिङ्गापुर माउन्ट एलिजावेथ अस्पतालमा स्वास्थ्योपचार गरिएको थियो ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि सिंगापुर गएका छन् ।
यसअघि पत्नी सीताको सिङ्गापुर माउन्ट एलिजावेथ अस्पतालमा स्वास्थ्योपचार गरिएको थियो । पत्नी सीताको उपचारको ‘फलोअप’ का लागि अध्यक्ष दाहाल सिङ्गापुर गएका प्रचण्डको सचिवालयले जनाएको छ ।
सीता मधुमेह, उच्च रक्तचापबाट पीडित छन् । उनकी छोरी गंगा दाहाल र भतिजा समिर दाहालसमेत त्यसतर्फ सिंगापुर गएका हुन्।
नेपालमा उपचार सम्भव नभएपछि उहाँलाई भारत लगिएको थियो । केही समय भारतमा उपचार गराए पनि स्वास्थ्यमा सुधार नदेखिएपछि गत असारमा सीताको सिङ्गापुरमा उपचार गरिएको थियो । माउन्ट एलिजावेथ अस्पतालमा उपचारपश्चात् उहाँको स्वास्थ्यमा क्रमिक सुधार देखिएको थियो ।
प्रतिक्रिया