ओलीलाई सत्ताबाट हटाउने नै पार्टीको लाईन हो, एमालेसँग कुनै किसिमको सहकार्यको सम्भावना छैन्; उपेन्द्र यादव (भिडिओसहित)

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १, २०७७
|
|
२१ पटक हेरिएको
Shares
ओलीलाई सत्ताबाट हटाउने नै पार्टीको लाईन हो, एमालेसँग कुनै किसिमको सहकार्यको सम्भावना छैन्; उपेन्द्र यादव (भिडिओसहित)

सारांश

  • जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले कुनै पनि हालतमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ताको लागि सहकार्य नगर्ने घोषणा गरेका छन् ।
  • उनले ओली सरकार जसरी पनि ढाल्ने उद्घोष गरेका छन् ।
  • हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले कुनै पनि हालतमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ताको लागि सहकार्य नगर्ने घोषणा गरेका छन् । उनले ओली सरकार जसरी पनि ढाल्ने उद्घोष गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

यादवले प्रधानमन्त्री ओलीले संविधान उल्लंघन गरेको र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सिध्याउने काम गरेको गम्भीर आरोप लगाएका छन् । उनले नैतिकताको आधारमा पनि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने तर्क गरे । आफूहरुले प्रधानमन्त्री ओलीसँग कुराकानी तथा छलफल गर्नुको कारण आफ्ना नेता तथा कार्यकर्ताहरुको मुद्दा फिर्ता, बन्दी रिहाईको लागि भएको यादवको भनाई छ ।

तर, अन्य राजनीतिक सहमतिबारे भने कुनै छलफल नगरेको उनको जिकिर छ । उनले ओलीलाई प्रतिगमनको वाहकको संज्ञा दिए । उनले ओलीको बहिर्गमन नै देशको हितमा हुने तर्क गरे । उनले आफ्नो पार्टीको लाईन भनेको नै ओलीलाई सत्ताबाट हटाउने रहेको सुनाए । र, आफ्ना पार्टीका नेताहरुले सार्वजनिक रुपमै प्रधानमन्त्री ओली वा उनी नेतृत्वको नेकपा (एमाले) सँग कुनैपनि किसिमको राजनीतिक सहकार्यको सम्भावना नरहेको भनेर बोलिसकेको यादवले स्पष्ट पारे

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?