राष्ट्रिय जनमोर्चाका युवा नेता सुरेश थापालाई पितृशोक

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २०, २०७५
|
|
४४ पटक हेरिएको
Shares
राष्ट्रिय जनमोर्चाका युवा नेता सुरेश थापालाई पितृशोक

सारांश

  • काठमाडौं, २० असार ।
  • राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सल्लाहकार सुरेश थापालाई पितृशोक परेको छ ।
  • थापाका पिता एकबहादुर थापाको बुधवार बिहान ५ बजेतिर ८० वर्षको उमेरमा दाङमै निधन भएको हो ।

काठमाडौं, २० असार । राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सल्लाहकार सुरेश थापालाई पितृशोक परेको छ । थापाका पिता एकबहादुर थापाको बुधवार बिहान ५ बजेतिर ८० वर्षको उमेरमा दाङमै निधन भएको हो ।

मृतक थापाको आजै दाहसंस्कार गरिएको छ । दाहसंस्कारपूर्व स्व. थापाको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम गरी राष्ट्रिय जनमोर्चा दाङका जिल्ला अध्यक्ष गणेश आचार्यले पार्टीको झण्डा ओढाएका थिए । श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य र नेकपा (मसाल) दाङ जिल्ला प्रवक्ता भरत भण्डारीले श्रद्धाञ्जली मन्तव्य राखेका थिए । श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा दाङका जिल्ला सदस्य तथा मृतकका छोरीज्वाईं सुशील पोख्रेलले गरेका थिए ।

निधनपछि गरिने मृत्युु संस्कारको विषयमा घरपरिवार र पार्टीको बीचमा भएको सरसल्लाह बमोजिम निधन भएको सातौं दिन असार २६ गते श्रद्धाञ्जलीसभा तथा मृत्युु संस्कारको सम्पूर्ण काम सम्पन्न गरिने छ । त्यसैको आधारमा समवेदनाको लागि आउनुहुने सबैलाई समय मिलाउन राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Ganesh Poudel

    Rip

    Comment Author

    Kamala Bhushal

    Rip

    Comment Author

    Krishna Karki

    Rip

    Comment Author

    Rina Raut Karki

    Rip

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?