वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमका सरावगी जिततर्फ
सारांश
- पर्सा, असोज ११ – मतगणनाको शुरुवातदेखि नै कडा प्रतिस्पर्धा रहेको वीरगञ्ज महानगरपालिकाको मेयरमा संघीय समाजवादी फोरमका विजय सरावगी जीततर्फ अग्रसर भएका छन् ।
- मतगणना सकिन लाग्दा सरावगीले आफ्ना मुख्य प्रतिद्वन्द्वी काँग्रेसका अजय द्विवेदीसँगको मतान्तर बढाउँदै लगेका छन् ।
- ८४ हजार भन्दा बढी मत खसेकोमा ८१ हजार ४ सय ७५ मत गन्दा सरावगीले १८ हजार ८ सय ८४ मत पाएका छन् भने कांग्रेसका अजयकुमार द्विवेदीको १६ हजार ९ सय ३५ मत छ ।
पर्सा, असोज ११ – मतगणनाको शुरुवातदेखि नै कडा प्रतिस्पर्धा रहेको वीरगञ्ज महानगरपालिकाको मेयरमा संघीय समाजवादी फोरमका विजय सरावगी जीततर्फ अग्रसर भएका छन् । मतगणना सकिन लाग्दा सरावगीले आफ्ना मुख्य प्रतिद्वन्द्वी काँग्रेसका अजय द्विवेदीसँगको मतान्तर बढाउँदै लगेका छन् ।
८४ हजार भन्दा बढी मत खसेकोमा ८१ हजार ४ सय ७५ मत गन्दा सरावगीले १८ हजार ८ सय ८४ मत पाएका छन् भने कांग्रेसका अजयकुमार द्विवेदीको १६ हजार ९ सय ३५ मत छ । फोरमले कांग्रेससँगको मतान्तर १ हजार ९ सय ४९ पुर्याएको हो । मतगणनाको सुरुमा राजपा अघि रहेको थियो ।
त्यसपछि कांग्रेस र फोरमले आलोपालो अग्रता लिइरहेका थिए । हिजोदेखि भने समाजबादी फोरमले लगातारजसो अग्रता लिइरहेको छ । उपमेयरमा भने कांग्रेसले अग्रता लिएको छ ।
संघीय समाजवादी फोरम नेपाल
मेयर (विजयी सरावगी) : १८८८४
उपमेयर (पिंकी यादव) : १८००५
नेपाली कांग्रेस
मेयर (अजयकुमार द्विवेदी) : १६९३५
उपमेयर (शान्ति कार्की) : १९३३८
राजपा
मेयर (राजेशमान सिंह) : ११५४४
उपमेयर (रम्भा मिश्र) : १०१०९
नेकपा एमाले
मेयर (बसुरुद्दिन अन्सारी) : ८११९
उपमेयर (सोफिया आचार्य) : १०१६५
माओवादी केन्द्र
मेयर (रहबर अन्सारी) : ८११९
उपमेयर (दुर्गा क्षेत्री) : ४९३२
फोरम लोकतान्त्रिक
मेयर (विमल श्रीवास्तव) : ८२१९
उपमेयर (रींकू यादव) : ७२०४
प्रतिक्रिया