प्रतीक्षारत आँखाहरु : बेपत्ताहरु सम्झिइँदै
सारांश
- काठमाडौँ ।
- सशस्त्र द्वन्द्वका कारण बेपत्ता भएका व्यक्तिको सम्झनामा विविध कार्यक्रम गरी बेपत्तासम्बन्धी अन्तर्राष्ट्रिय दिवस आज मनाइँदैछ ।
- सन् २००७ देखि रेडक्रसको अन्तर्राष्ट्रिय समिति ९आइसिआरसी० र नेपाल रेडक्रसले संयुक्तरुपमा मनाउँदै आएका छन् ।
काठमाडौँ । सशस्त्र द्वन्द्वका कारण बेपत्ता भएका व्यक्तिको सम्झनामा विविध कार्यक्रम गरी बेपत्तासम्बन्धी अन्तर्राष्ट्रिय दिवस आज मनाइँदैछ ।
सन् २००७ देखि रेडक्रसको अन्तर्राष्ट्रिय समिति ९आइसिआरसी० र नेपाल रेडक्रसले संयुक्तरुपमा मनाउँदै आएका छन् । आइसिआरसीका अनुसार नेपालको विगतको सशस्त्र द्वन्द्वमा एक हजार ३३३ बेपत्ता भएका थिए । बेपत्ता व्यक्तिका परिवारलाई आफ्ना बेपत्ता प्रियजनका बारेमा जान्न पाउने अधिकार रहेको हुन्छ ।
नेपाल रेडक्रस सोसाइटीका अनुसार सबै जिल्ला शाखामार्फत मानवअधिकारको संरक्षण र बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सचेतना जगाउन बेपत्तासम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाउँदै आएको छ ।
आज दिवसका अवसरमा ‘प्रतीक्षारत आँखाहरु’ शीर्षकको नाटक मञ्चन हुने बताइएको छ । त्यसैगरी नेपालमा बेपत्ता भएका व्यक्तिहरुको अद्यावधिक सूची प्रकाशित हुने आइसिआरसीले बताएको छ ।
प्रतिक्रिया