अफगानिस्तानमा २० लडाकू मारिए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ६, २०७४
|
|
२० पटक हेरिएको
Shares
अफगानिस्तानमा २० लडाकू मारिए

सारांश

  • लस्करगाह, अफगानिस्तान, ५ चैत ,  अफगानिस्तानको सरकारी फौजले गरेको सुरक्षा कारबाहीमा परी आइतबार मात्रै २० भन्दा बढी लडाकूहरु मारिएका छन् ।
  • हेल्मन्ट प्रान्तमा भएको सुरक्षा कारबाहीमा उनीहरु मारिएको गृह मन्त्रालयका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
  • मन्त्रालयद्धारा जारी वक्तव्यमा मारिएका सवै जना लडाकू नै भएको दावी गरिएको समाचारमा जनाइएको छ ।

लस्करगाह, अफगानिस्तान, ५ चैत ,  अफगानिस्तानको सरकारी फौजले गरेको सुरक्षा कारबाहीमा परी आइतबार मात्रै २० भन्दा बढी लडाकूहरु मारिएका छन् ।
हेल्मन्ट प्रान्तमा भएको सुरक्षा कारबाहीमा उनीहरु मारिएको गृह मन्त्रालयका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
मन्त्रालयद्धारा जारी वक्तव्यमा मारिएका सवै जना लडाकू नै भएको दावी गरिएको समाचारमा जनाइएको छ ।
“अफगानी सुरक्षाकर्मीले दक्षिणी हेल्मण्ड प्रान्तको माज्राह र नाड अली जिल्लामा विभिन्न सैन्य कारबाही चलाएका थिए, ती कारबाहीका क्रममा २० जना लडाकू आइतबार मारिएका छन्,” वक्तव्यमा उल्लेख छ ।
सुरक्षा कारबाहीका क्रममा सुरक्षाकर्मीहरुले लडाकूका हातहतियार, विस्फोटक पदार्थ लगायतका सामग्रीहरु नियन्त्रणमा लिएर नष्ट पनि गरिएको जनाएका छन् ।
मारिनेमध्ये कोही पनि आम नागरिक र सुरक्षाकर्मीहरु नरहेको पनि सुरक्षा अधिकारीको दावी छ ।
घटनाका बारेमा तालिवान लडाकूको तर्फबाट अहिले सम्म कुनै प्रतिक्रिया आएकोे छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?