चोलेन्द्र समशेरको बयान : महाअभियोग प्रस्ताव स्वतः निस्क्रिय भइसक्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १५, २०७९
|
|
२४ पटक हेरिएको
Shares
चोलेन्द्र समशेरको बयान : महाअभियोग प्रस्ताव स्वतः निस्क्रिय भइसक्यो

सारांश

  • काठमाडौं।
  • निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव स्वतः निस्क्रिय भइसकेको बयान दिएका छन्।
  • बुधबार महाअभियोग सिफारिस समितिलाई बयान दिँदै उनले संसदमा आफूविरुद्ध दर्ता भएको महाअभियोग निस्क्रिय भइसकेको दाबी गरेका हुन्।

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव स्वतः निस्क्रिय भइसकेको बयान दिएका छन्। बुधबार महाअभियोग सिफारिस समितिलाई बयान दिँदै उनले संसदमा आफूविरुद्ध दर्ता भएको महाअभियोग निस्क्रिय भइसकेको दाबी गरेका हुन्।

गत १ फागुनमा सत्तारुढ दलका सांसदहरुले विभिन्न आरोपसहित जबराविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। यसपछि प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले बुधबार उनको बयान लिएको हो।

समितिलाई बयान दिनेक्रममा जबराले महाअभियोग स्वतः निस्क्रिय भएको र आफू संसदको सम्मानका लागि मात्र आएको जवाफ दिएका हुन्। आफूलाई बयानमा बोलाउँदा संविधान र संसदको निमावली पालना नगरेको बताउँदै उनले महाअभियोग प्रस्ताव निस्क्रिय भइसकेको जिकीर गरे। साथै आफू पछिका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउन महाअभियोग प्रस्ताव दर्ता गरेको उनको आरोप छ।

दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको दाबी गरेका जबराले यस्ता घटनाले न्यायपालिका कमजोर हुने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?