अब नेपालमै खुल्ने भयो आयुर्वेद र योगाको विश्वविद्यालय

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०७५
|
|
२२ पटक हेरिएको
Shares
अब नेपालमै खुल्ने भयो आयुर्वेद र योगाको विश्वविद्यालय

सारांश

  • काठमाडौं, १७ असोज ।
  • पतञ्जली योगपीठ नेपालले नेपालमा आयुर्वेद तथा योगसम्बन्धी विश्वविद्यालय स्थापना गर्ने भएको छ ।
  • पतञ्जली योगपीठ नेपालका अध्यक्ष एवम् प्रबन्ध निर्देशक आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले नेपालमा आयुर्वेद तथा योगसम्बन्धी विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारी गराए ।

काठमाडौं, १७ असोज । पतञ्जली योगपीठ नेपालले नेपालमा आयुर्वेद तथा योगसम्बन्धी विश्वविद्यालय स्थापना गर्ने भएको छ । पतञ्जली योगपीठ नेपालका अध्यक्ष एवम् प्रबन्ध निर्देशक आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले नेपालमा आयुर्वेद तथा योगसम्बन्धी विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारी गराए ।

मण्डिखाटारस्थित केन्द्रीय कार्यालयमा बुधवार भएको पत्रकार सम्मेलनमा उनले नेपालमा आयुर्वेद तथा योगसम्बन्धी अध्ययन, अनुसन्धानका लागि विश्वविद्यालय स्थापना गर्नका लागि सम्बन्धित मन्त्रालयसँग छलफल भइसकेको जनाए । त्यसैगरी कम्पनीले खेलप्रति इच्छुक बालबालिकाका लागि स्र्पोटस् विद्यालय स्थापना गर्ने घोषणा पनि गरेको छ ।

प्रतिभाशाली बालबालिकालाई अघि बढाउन नेपालमा स्र्पोटस् विद्यालय स्थापना गर्ने सोच बनाइएको अध्यक्ष बालकृष्णले बताए । नेपाली मूलका आचार्य बालकृष्णले पतञ्जली योगपीठले नेपाललाई आयुर्वेद र योगको माध्यमबाट समृद्ध र स्वस्थ बनाउन चाहेको पनि बताए । उनले नेपालको हित प्रतिकूल आफूहरुले केही पनि सोच्न नसक्ने बताए । अध्यक्ष बालकृष्णले नेपालमा जडिबुटीको खेती गरेर नेपालीलाई नै रोजगारीको अवसर सिर्जना गर्न आफूहरु केन्द्रित रहेको दावी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?