प्रतिकूल मौसमले खुम्बु आउने पर्यटक अन्नपूर्णतर्फ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ३१, २०७६
|
|
२१ पटक हेरिएको
Shares
प्रतिकूल मौसमले खुम्बु आउने पर्यटक अन्नपूर्णतर्फ

सारांश

  • सोलुखुम्बु।
  • खुम्बु क्षेत्रको मौसम प्रतिकूल हुँदा खुम्बु आउने अधिकांश पर्यटक गन्तव्य परिवर्तन (ड्राइभर्ट) हुने सम्भावना बढेको छ।
  • काठमाडाैंबाट लुक्ला उडानकोे पर्खाइमा बसेका पर्यटक हवाईसेवा प्रभावित हुने बित्तिकै अन्नपूर्ण पदमार्गतर्फ जाने पर्यटन व्यवसायीले बताएका छन्।

सोलुखुम्बु। खुम्बु क्षेत्रको मौसम प्रतिकूल हुँदा खुम्बु आउने अधिकांश पर्यटक गन्तव्य परिवर्तन (ड्राइभर्ट) हुने सम्भावना बढेको छ। काठमाडाैंबाट लुक्ला उडानकोे पर्खाइमा बसेका पर्यटक हवाईसेवा प्रभावित हुने बित्तिकै अन्नपूर्ण पदमार्गतर्फ जाने पर्यटन व्यवसायीले बताएका छन्।

सगरमाथा क्षेत्रको भ्रमण तालिका बनाएर आएका उनीहरुले खुम्बुको विकल्पका रुपमा अन्नपूर्ण क्षेत्रलाई रोज्ने गरेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए। उनका अनुसार चार दिनसम्म लुक्लामा कुनै पनि उडान नहुँदा करीब ९०० को हाराहारीमा खुम्बु आउने पर्यटक अन्य पदमार्गतर्फ लागेका छन्। लुक्लाको उडान रद्द भएपछि पर्यटकसमेत अन्नपूर्ण क्षेत्र जाने गरी गन्तव्य परिवर्तन गर्ने गरेका ट्रेकिङ एजेन्सिज एशोशिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले बताए।

विदेशी पर्यटकको हवाईमार्गमा चाप अत्यधिक भए पनि मौसम प्रतिकूल हुँदा समस्या भएको स्काई नेपाल ट्रेक्स प्रालि काठमाडाैंका निर्देशक बलबहादुर दर्नालले बताए। खुम्बु आउने एक मात्र सहज माध्यम मानिएको हवाईसेवा नै हो। हवाईसेवा नै प्रभावित हुँदा जिल्लाको पर्यटन क्षेत्रमा ठूलो असर परेको पर्यटन व्यवसायीको भनाइ छ।
 
लुक्लाका होटल भरिभराउ

मौसम प्रतिकूल भई उडान नहुँदा लुक्लाका होटल खचाखच भरिएका छन्। भ्रमणको निश्चित समय सकेर माथिल्लो क्षेत्रबाट फर्केका पर्यटक उडान नहुँदा लुक्लामै बसेका छन्। विगत चार दिनदेखि मौसम प्रतिकूल बन्दा कुनै पनि उडान तथा अवतरण हुननसकेका नागरिक उड्डयन प्राधिकरण लुक्लाका वरिष्ठ अधिकृत रोहित कर्णले जानकारी दिए। होटल व्यवसायी जाङमु शेर्पाका अनुसार अहिले लुक्लामा ४०० भन्दा बढी पर्यटक काठमाडौँ जानका लागि विमानको पर्खाइमा छन्। खुम्बुको माथिल्लो क्षेत्रको भ्रमण सकेर फर्केका पर्यटक लुक्लामा विमानको पखाईमा बसेका हुन्।

 केही दिन उडान नभए मूल्यसमेत बढ्ने

हवाईसेवा अवरुद्ध हुँदा खुम्बु क्षेत्रमा खाद्यान्नको भाउ बढ्ने सम्भावना बढेको स्थानीयवासीले बताएका छन्। खुम्बु क्षेत्रमा ढुवानी हुँदै आएको कार्गो सेवासमेत मौसमका कारण बन्द भएपछि दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न सक्ने पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए। हवाईसेवा अवरुद्ध हुँदा ढुवानी बन्द हुने र ढुवानी भएका खाद्यान्नसमेत सकिँदै जाने भएकाले मूल्य बढ्ने उनको भनाइ छ।

मजदूरलाई खर्च अभाव
 
मौसम प्रतिकूल भई उडान नभएपछि रोजगारीको खोजीमा खुम्बु पुगेका मजदूरलाई समेत समस्या भएको छ। जिल्लाको तल्लो क्षेत्रबाट कामको सिलसिलामा खुम्बु पुगेका अधिकांश युवा पर्यटक नआएपछि त्यत्तिकै बस्न बाध्य छन्। रोजगारीको खोजी गर्दै लुक्ला पुग्नुभएका महाकुलुङका लक्ष्मण खालिङका अनुसार पर्यटकको पर्खाइमा सयाैं युवा लुक्लामा बसेका छन्।

पर्यटकीय सिजन शुरु भएसँगै कामको खोजीमा खुम्बु पुगेकाहरु मौसम प्रतिकूलताका कारण समस्यामा परेको बताउँछन्। कोठामै बसेर खाँदा खर्चसमेत सकिसकेको अर्का मजदूर मनकुमार राईले बताए। जिल्लाको तल्लो क्षेत्रका स्थानीय यो सिजनमा पर्यटक भरिया, सहयोगी, सिकर्मी, डकर्मीका रूपमा खुम्बु क्षेत्र जाने प्रचलन छ। उनीहरु महत्वपूर्ण चाड दशैँतिहारमा समेत खुम्बु क्षेत्रमै पर्यटकसँग रमाउने गर्छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघ र प्रदेशका लागि काँग्रेस र माओवादीले छाने उम्मेदवार
संघ र प्रदेशका लागि काँग्रेस र माओवादीले छाने उम्मेदवार
पहाडी क्षेत्रमा हल्का वर्षा र हिमालमा हिमपातको सम्भावना
पहाडी क्षेत्रमा हल्का वर्षा र हिमालमा हिमपातको सम्भावना
अवैध लागूऔषध चरेससहित चारजना भारतीयसहित ७ जनालाई  सशस्त्र प्रहरी बल वेसक्याम्प हेटौडाद्वारा पक्राउ
अवैध लागूऔषध चरेससहित चारजना भारतीयसहित ७ जनालाई सशस्त्र प्रहरी बल वेसक्याम्प हेटौडाद्वारा पक्राउ
‘म नै राज्य हो, मबिना संसार चल्दैन’ भन्ने भ्रममा नपर्न ओलीलाई माधव नेपालको चेतावनी
‘म नै राज्य हो, मबिना संसार चल्दैन’ भन्ने भ्रममा नपर्न ओलीलाई माधव नेपालको चेतावनी
प्रदेश नं २ को निर्वाचन काँग्रेसको पक्षमा जाने दाबी
प्रदेश नं २ को निर्वाचन काँग्रेसको पक्षमा जाने दाबी
इटहरी उपमहानगर : मेयरमा ६ भोट, उपमेयरमा शून्य पनि, कांग्रेस एमालेबाहेक सबैको जमानत जफत
इटहरी उपमहानगर : मेयरमा ६ भोट, उपमेयरमा शून्य पनि, कांग्रेस एमालेबाहेक सबैको जमानत जफत
अब हवाई यात्रा गर्दा बोर्डिङ पास नचाहिने, एपले नै गर्नेछ यस्तो काम
अब हवाई यात्रा गर्दा बोर्डिङ पास नचाहिने, एपले नै गर्नेछ यस्तो काम
Csgo Betting
काठमाडौँको सम्धी बन्दै राजेन्द्र महतो
काठमाडौँको सम्धी बन्दै राजेन्द्र महतो
यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज
यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

तपाईंले छुटाउनुभयो कि?