बागी उम्मेदवार प्रति राप्रपा कठोर, सदस्यता खारेज गर्ने निर्णय

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १०, २०७४
|
|
३० पटक हेरिएको
Shares
बागी उम्मेदवार प्रति राप्रपा कठोर, सदस्यता खारेज गर्ने निर्णय

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारविरुद्ध बागी भएर उठ्ने कार्यकर्ताको साधारण सदस्यसमेत खारेज गर्ने भएको छ ।
  • पार्टीले स्थानीय तहमा सङ्गठन निर्माणमा गरेको दुःख र त्यागको मूल्याङ्कन गरी टिकट दिएका उम्मेदवारलाई पराजित गराउने उद्देश्यले उठेका स्थानीय नेता तथा कार्यकर्तालाई कारबाही गर्ने नीति लिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारविरुद्ध बागी भएर उठ्ने कार्यकर्ताको साधारण सदस्यसमेत खारेज गर्ने भएको छ ।

पार्टीले स्थानीय तहमा सङ्गठन निर्माणमा गरेको दुःख र त्यागको मूल्याङ्कन गरी टिकट दिएका उम्मेदवारलाई पराजित गराउने उद्देश्यले उठेका स्थानीय नेता तथा कार्यकर्तालाई कारबाही गर्ने नीति लिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।
पार्टीले यही असार १४ गते हुने तीन सय ३४ स्थानीय तहको निर्वाचनमा पार्टी मातहतका जनवर्गीय सङ्गठनलाई स्थानीय नगर तथा वडास्तरीय निर्वाचन समितिसँग समन्वय गरेर प्रचारप्रसार गर्न निर्देशन दिएको छ ।

पहिलो चरणको निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार सफलता प्राप्त गर्न नसकेपछि यस पटकको निर्वाचनमा विभिन्न प्रचारप्रसारका कार्यक्रमका साथै राजनीतिक गतिविधि तथा अभियान सञ्चालन गरिरहेको प्रवक्ता भुवन पाठकले जानकारी दिए । उनका अनुसार करिब तीन सय स्थानीय तहमा पार्टीका तर्फबाट उम्मेदवार दिइएको छ ।

पार्टीले जित्ने सम्भावना नभएका स्थानमा अन्य दललाई सहयोग गर्ने र जित्न सक्ने स्थानमा अरु दलको सहयोग लिएर तालमेल गर्ने नीति लिएको छ । यस पटक पार्टीका शीर्ष नेतृत्व तथा पदाधिकारी पनि चुनाव प्रचारप्रसारका क्रममा विभिन्न जिल्लाको दौडाहामा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुणस्तरीय शिक्षामा लगानी गर्न महासचिव गुटेरेसको आग्रह
गुणस्तरीय शिक्षामा लगानी गर्न महासचिव गुटेरेसको आग्रह
डीभी आवेदन खुल्यो, पासपोर्ट नंवर र इमेल अनिवार्य, १७ राष्ट्रले आवेदन दिन नपाउने, डीभी भर्ने लिंक सहित
डीभी आवेदन खुल्यो, पासपोर्ट नंवर र इमेल अनिवार्य, १७ राष्ट्रले आवेदन दिन नपाउने, डीभी भर्ने लिंक सहित
नारायणगढ–मुग्लिन सडकका चार पुल निर्माणको प्रक्रिया शुरु
नारायणगढ–मुग्लिन सडकका चार पुल निर्माणको प्रक्रिया शुरु
राज्यमन्त्रीकाे रिसर्च सेन्टरमा झडप, एकजनाकाे अाँखा फुट्याे
राज्यमन्त्रीकाे रिसर्च सेन्टरमा झडप, एकजनाकाे अाँखा फुट्याे
सेक्युरिटी प्रेस अन्योलमा, पासपोर्ट छाप्‍न टेन्डर
सेक्युरिटी प्रेस अन्योलमा, पासपोर्ट छाप्‍न टेन्डर
आरोप प्रत्यारोप चलिरहेका बेला प्रचण्डलाई किन भेट एमाले नेताले?
आरोप प्रत्यारोप चलिरहेका बेला प्रचण्डलाई किन भेट एमाले नेताले?
शंकरदास वैरागी मुख्यसचिव नियुक्त, खतिवडा अमेरिका र रेग्मी बेलायतका लागि राजदूत सिफारिश
शंकरदास वैरागी मुख्यसचिव नियुक्त, खतिवडा अमेरिका र रेग्मी बेलायतका लागि राजदूत सिफारिश
समृद्धिको यात्रामा ‘भ्रष्टाचार’ बाधक !
समृद्धिको यात्रामा ‘भ्रष्टाचार’ बाधक !
भारतबाट अवैध रुपमा भित्र्याइएका ब्रोइलर कुखुरा बरामद !
भारतबाट अवैध रुपमा भित्र्याइएका ब्रोइलर कुखुरा बरामद !
Madhu to be first Marakkar, Priyadarshan seeking for big names for Kunjali Marakkar
Madhu to be first Marakkar, Priyadarshan seeking for big names for Kunjali Marakkar

तपाईंले छुटाउनुभयो कि?