मधेसी मोर्चाका नेताद्धारा उद्योगी न्यौपाने माथी गोली प्रहार…

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २१, २०७३
|
|
१६५ पटक हेरिएको
Shares
मधेसी मोर्चाका नेताद्धारा उद्योगी न्यौपाने माथी गोली प्रहार…

सारांश

  • भैरहवा, २१ मंसिर ।
  • भैरहवामा उद्योगी कुल प्रसाद न्यौपाने माथी मंगलबार राति ८ बजेतिर गोली प्रहार भएको छ ।
  • सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका न्यौपानेमाथि गल्लामण्डीमा रहेको उनको मुक्तिनाथ खाद्य उद्योग परिसरमै आएर एक समूहले गोली प्रहार गरेको रुपन्देही प्रहरीले जनाएको छ ।

भैरहवा, २१ मंसिर । भैरहवामा उद्योगी कुल प्रसाद न्यौपाने माथी मंगलबार राति ८ बजेतिर गोली प्रहार भएको छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका न्यौपानेमाथि गल्लामण्डीमा रहेको उनको मुक्तिनाथ खाद्य उद्योग परिसरमै आएर एक समूहले गोली प्रहार गरेको रुपन्देही प्रहरीले जनाएको छ ।
मंगलबार दिउंसो सिद्धार्थ उद्योग वाणिज्य संघको नेतृत्वमा भैरहवामा संविधान संशोधनको विरोधमा हजारौंको संख्यामा प्रदर्शन भएको थियो । सो प्रदर्शनको नेतृत्व गरेका न्यौपानेलाई मोटरसाइकलमा आएका २ जनाले गोली प्रहार गरेका थिए ।
गोली प्रहार गर्दै भाग्दै गरेका व्यक्तिलाई रुपन्देही प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा रुपन्देही सिपवाका विरेन्द्र यादव रहेका छन् भने अर्को व्यक्ति फरार रहेको रुपन्देही प्रहरी प्रमुख एसपी रविन्द्र धानुकले जनाएका छन् । पक्राउ परेका व्यक्तिबाट प्रहरीले पेस्तोल समेत बरामद गरेको छ ।
स्रोतका अनुसार गोली हान्ने यादव मधेसी मोर्चाका स्थानीय नेता रहेको बुझिएको छ । धकधइमा मधेसी मोर्चाका नेताहरुले संविधान संशोधनको विरोध गर्नेहरुलाई भौतिक कारबाही गर्ने भनेर चेतावनी दिएको केही घन्टामा नै उद्योगी न्यौपाने माथी गोली प्रहार भएको हो ।
न्यौपाने भने अहिले सकुशल रहेका छन् । घटनापछि न्यौपानेले भने– ‘म असफसमै थिए । मोटरसाइकलमा आएका दुई जनाले २ राउन्ड गोली प्रहार गरे । भाग्यले बांचे ।’

(link)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?