अमेरिकि राष्ट्रपति ट्रम्प समस्यामा !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २२, २०७५
|
|
१७ पटक हेरिएको
Shares
अमेरिकि राष्ट्रपति ट्रम्प समस्यामा !

सारांश

  • बीबीसी।
  • अमेरिकाको मध्यावधि निर्वाचनमा हाउस अफ रिप्रेजेन्टेटिभ्स डेमोक्र्याटिक पार्टीको नियन्त्रणमा पुगेपछि राष्ट्रपति ट्रम्पलाई ठूलो झड्का लागेको छ।
  • डेमोक्र्याटिक पार्टी आठ वर्षपछि कांग्रेसको लोवर चेम्बर हाउस अफ रिप्रेजेन्टेटिभ्समा बहुमतमा आएको छ।

बीबीसी। अमेरिकाको मध्यावधि निर्वाचनमा हाउस अफ रिप्रेजेन्टेटिभ्स डेमोक्र्याटिक पार्टीको नियन्त्रणमा पुगेपछि राष्ट्रपति ट्रम्पलाई ठूलो झड्का लागेको छ। डेमोक्र्याटिक पार्टी आठ वर्षपछि कांग्रेसको लोवर चेम्बर हाउस अफ रिप्रेजेन्टेटिभ्समा बहुमतमा आएको छ। अब ट्रम्पले आफ्नो एजेण्डालाई विना अबरोध अगाडि बढाउन सक्दैनन्। यद्यपी ट्रम्पको पार्टी अमेरिकी सीनेटमा बहुमत हासिल गर्न सफल भएको छ।

मंगलबारको मध्यावधि निर्वाचनकालागि भएको मतदानलाई ट्रम्पको दुई वर्षीय कार्यकालको जनादेशका रुपमा हेरिएको थियो। यद्यपी यो राष्ट्रिपति निर्वाचनको चुनाव भने थिएन।
सीबीएसका अनुसार डेमोक्र्याटिक पार्टीले हाउस अफ रिप्रेजेन्टेटिभ्समा बहुमतकालागि २३ सिट आवश्यक छ। हाउसको ४३५ सिटमा मतदान भएको थियो। यो जितसँगै डेमोक्र्याटिक पार्टीले ट्रम्प प्रशासनको नीति र फैसलाको छानविन गराउन सक्छ। डेमोक्र्याटिक पार्टीको यो जितबाट रिपब्लिकन पार्टीको नीतिलाई रोक्नलाई सहयोग मिल्छ। डेमोक्र्याटिक पार्टीकी अलेक्जेण्डरिया आकासियो–कोर्टेज मात्र २९ वर्षीया महिला हुन् जो न्यूयोर्कबाट अमेरिकी काँग्रेसकालागि निर्वाचित भएकी छन्। अर्थात अमेरिकी कांग्रेसमा कोर्टेज सबैभन्दा कम उमेरकी प्रतिनिधि हुन्।

मध्यावधि निर्वाचनमा दुई मुस्लिम महिलाले पनि पहिलोपटक अमेरिकी कांग्रेसमा स्थान सुरक्षित गरेका छन्। इलहान र राशिदा तालिबले दुवै डेमोक्र्याटिक पार्टीबाट जित हासिल गरेका हुन्।
क्यान्ससबाट डेमोक्र्याटिक पार्टीकी शाराइस डेविड्स र न्यु मेक्सिकोबाट डेब्रा हालांद उत्तर–दक्षिण अमेरिका र क्यारेबियन द्वीप मुलकी कहिला हुन् जो पहिलो पटक अमेरिकी कांग्रेसमा निर्वाचित भएका छन्। डेविड्स समलिंगी हुन्। डेमोक्र्याटिक पार्टीकी हाउस नेता न्यान्सी पेलोसीले वाशिंटनमा जितपछि आफ्नो पहिलो भाषणमा मतदातालाई धन्यवाद दिँदै भनिन्–भोलिबाट एक नयाँ अमेरिका हुनेछ।’

मध्यावधि चुनावको नतिजामाथि ट्रम्पले ट्विट गरेका छन्। ‘१०५ वर्षको इतिहासमा यस्तो पहिलो पटक भयो जब कोही राष्ट्रपति पदमा रहँदै सिनेटमा बहुमत हासिल भयो। ट्रम्प जादू छ, जब पूरै मिडिया मेरो विरुद्ध थिए, प्रत्येक दिन ममाथि कुनै न कुनै आरोप लगाएकै हुन्थे तै पनि ट्रम्पको जादु चल्यो,’ उनले ट्विटमा लेखेका छन्। कांग्रेसको माथिल्लो सदन सिनेटमा रिपब्लिकन ५१–४९ को बहुमतबाट अगाडि छन्। डेमोक्र्याटिक पार्टीका तीन उम्मेद्वार इण्डियानाबाट जोई डोनेली, मिसौरीबाट क्लायर म्याककासकिल र नर्थ डकोटाबाट हाइडी हाइटक्याम्पले रिपब्लिकन उम्मेद्वारबाट हारको सामना गर्नुपर्यो। उता रिपब्लिकन टेड क्रुजलाई टेक्ससबाट डेमेक्र्याट स्टार बटो ओ’रोउर्केले कडा टक्कर दिने अनुमान लगाइएको थियो, तर यहाँ पनि कुनै परिवर्तन भएन। टेड क्रुज टेक्ससबाट जित्न सफल भए। २०१२ मा रिपब्लिकन पार्टीबाट राष्ट्रिपतिका उम्मेद्वार भएका मिट रोमनी उटा सिनेटको निर्वाचन जित्न सफल भए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?