आयोगले कुन कम्युनिष्ट पार्टीलाई वैधानिकता देला !
सारांश
- काठमाडौं ।
- नेपाल कम्युनिष्ट पार्टीको नाम कुन दललाई दिने भन्ने विषयमा निर्वाचन आयोगले आज शुक्रबार निर्णय दिने भएको छ ।
- नाम जुधेको उजुरी आयोगमा परेपछि आयोगले निर्णय दिनुपर्ने भएको हो ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको नाम कुन दललाई दिने भन्ने विषयमा निर्वाचन आयोगले आज शुक्रबार निर्णय दिने भएको छ । नाम जुधेको उजुरी आयोगमा परेपछि आयोगले निर्णय दिनुपर्ने भएको हो ।
नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकतापछि राखिएको नयाँ नाममा विवाद भएपछि आयोगले नामको विषयमा आज निर्णय दिने भएको हो ।
आयोगमा यसअघि नेपाल कम्युनिस्ट पार्टी दर्ता भइसकेकाले दलको नाम जुधेको भन्दै विवाद भएको थियो। पाँच वर्षअघि ऋषि कट्टेलले नेपाल कम्युनिस्ट पार्टी नामको दल आयोगमा दर्ता गरेका थिए। दुई पार्टी एकीकरणपछिको नाम नेकपा नै राखेर दर्ता भएपछि विवाद भएको थियो।
एकै नामका दुईवटा पार्टी दर्ता गर्न नमिल्ने भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेर आयोगमा नयाँ पार्टीको नाम आयोगमा दर्ता गरिएको थियो। गत जेठमा दर्ता भएको नेकपा आफ्नो पार्टीको नामसँग जुधेको भन्दै कट्टेलले निर्वाचन आयोगमा उजुरी दर्ता गरेका थिए।
बुधवार सम्बन्धित दलबीच छलफल भएको थियो । निर्वाचन आयोगले नै यसबारे निर्णय गर्ने भएको छ।
आयोगका प्रवक्ता दीपक सुवेदीका अनुसार दुवै पक्षले नेकपाको नामका विषयमा आज निर्णय हुने भएको हो । दुई पार्टीको एकीकरणपछि कोष्टमा नेकपा नाम राखेर नाम दर्ता गरिसकेकाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले वैधानिकता पाउने भने निश्चित जस्तै छ ।
प्रतिक्रिया