अर्को वर्षको सुरुमै कोरोनाको खोप आउने

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २९, २०७७
|
|
२१ पटक हेरिएको
Shares
अर्को वर्षको सुरुमै कोरोनाको खोप आउने

सारांश

  • सन् २०२१ को शुरुमै कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादन गरिसक्ने दौडमा विश्वका विकसित देशहरु सक्रिय भएका छन् ।
  • स्वास्थ्य सम्बन्धी विश्वकै ठुलो कम्पनि मध्येको जोन्सन एन्ड जोन्सनले पनि उत्पादनका लागि परीक्षणहरु गरिरहेको छ ।
  • जोन्सन एन्ड जोन्सनले अर्को वर्षभित्र एक अर्ब संख्यामा कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादन गरिसक्ने योजनामा काम गरिरहेको छ ।

सन् २०२१ को शुरुमै कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादन गरिसक्ने दौडमा विश्वका विकसित देशहरु सक्रिय भएका छन् । स्वास्थ्य सम्बन्धी विश्वकै ठुलो कम्पनि मध्येको जोन्सन एन्ड जोन्सनले पनि उत्पादनका लागि परीक्षणहरु गरिरहेको छ । जोन्सन एन्ड जोन्सनले अर्को वर्षभित्र एक अर्ब संख्यामा कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादन गरिसक्ने योजनामा काम गरिरहेको छ । सीएनएनका अनुसार यो वर्षको अन्तिमसम्मै उत्पादन शुरु गरिसक्ने योजना गरेको छ ।

कम्पनिका मुख्य वैज्ञानिक डा. पाउल स्टोफेल्सको भनाई उधृत गर्दै सीएनएनले अर्को वर्षभित्र कोरोना भाइरसविरुद्धको खोप उत्पादन भइसक्ने उल्लेख गरेको छ । क्लिनिकल परीक्षणमा केही समय लाग्ने समेत भनिएको छ । विश्वभर अमेरिका, चीन, रुस, भारत, बेलायत, अष्ट्रेलिया, इजरायललगायत देशहरु कोरोना भाइरसविरुद्धको खोप बनाउने दौडमा छन् ।

(https://midnightmusic.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?