प्रचण्ड शुक्रबारबाट चुनावी कार्यक्रममा सहभागी हुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ७, २०७४
|
|
४४ पटक हेरिएको
Shares
प्रचण्ड शुक्रबारबाट चुनावी कार्यक्रममा सहभागी हुने

सारांश

  • काठमाडौँ, ७ मंसिर।
  • पुत्र बियोगमा परेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबारदेखि चुनावी अभियानमा सहभागी हुने भएका छन्।
  • छोरा प्रकाश दाहालको यही मंसिर ३ गते हृदयाघातका कारण निधनपछि चुनावी अभियान स्थगन गरेका अध्यक्ष दाहाल शुक्रबारदेखि आफ्नो निर्वाचन क्षेत्रमा हुने चुनावी कार्यक्रममा सहभागी हुने प्रेस संयोजक मनहरि तिमिल्सेनाले बताए।

काठमाडौँ, ७ मंसिर। पुत्र बियोगमा परेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबारदेखि चुनावी अभियानमा सहभागी हुने भएका छन्।

छोरा प्रकाश दाहालको यही मंसिर ३ गते हृदयाघातका कारण निधनपछि चुनावी अभियान स्थगन गरेका अध्यक्ष दाहाल शुक्रबारदेखि आफ्नो निर्वाचन क्षेत्रमा हुने चुनावी कार्यक्रममा सहभागी हुने प्रेस संयोजक मनहरि तिमिल्सेनाले बताए।

‘उहाँको निर्वाचन क्षेत्रमा चुनावी अभियान धेरै बाँकी रहेकाले भोलिदेखि घरदैलोसहित सानासाना चुनावी कार्यक्रममा सहभागी हुनुहुन्छ’ तिमिल्सेनाले भने।

अध्यक्ष दाहाल चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार हुन्। तिमिल्सेनाले शुक्रबार र शनिबार बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित माओवादी केन्द्रका नेता रामबहादुर थापाले सम्बोधन बताए। शुक्रबार धनगढी र महेन्द्रनगर तथा शनिबार पोखरामा चुनावीसभा हुने कार्यक्रम रहेको छ ।

चुनावी अभियानका क्रममा अध्यक्ष दाहालकी पत्नी सीता, छोरी रेणुसहित अध्यक्ष दाहाल चितवन जाने बताइएको छ। मंगलबार चितवनको संयुक्ति चुनावीसभामा सहभागी भएपनि माओवादी अध्यक्ष दाहालले सम्बोधन गरेका थिएनन्। बिहीबार छोरा प्रकाशको स्मृतिमा निवास लाजिम्पाटमा शोकसभा गरिएको थियो।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Tahal Subedi Laduk

    हार छयसले।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?