अवरुद्ध जटिल प्रसूति सेवा तीन महिनापछि सञ्चालन

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २६, २०७४
|
|
२३ पटक हेरिएको
Shares
अवरुद्ध जटिल प्रसूति सेवा तीन महिनापछि सञ्चालन

सारांश

  • रोल्पा ।
  • लामो समयदेखि अवरुद्ध जिल्ला अस्पताल रोल्पाको जटिल प्रसूति सेवा भदौ तेस्रो सातादेखि पुनःसञ्चालन भएको छ ।
  • गत वैशाख अन्तिम सातादेखि दक्ष चिकित्सक नहुँदा अवरुद्ध भएको सो सेवा भदौ तेस्रो सातादेखि सञ्चालन भएको जिल्ला अस्पताल रोल्पाले जनाएको छ ।

रोल्पा । लामो समयदेखि अवरुद्ध जिल्ला अस्पताल रोल्पाको जटिल प्रसूति सेवा भदौ तेस्रो सातादेखि पुनःसञ्चालन भएको छ ।

गत वैशाख अन्तिम सातादेखि दक्ष चिकित्सक नहुँदा अवरुद्ध भएको सो सेवा भदौ तेस्रो सातादेखि सञ्चालन भएको जिल्ला अस्पताल रोल्पाले जनाएको छ । सेवा अवरुद्ध हुँदा दर्जनौँ सेवाग्राही शल्यक्रियाका लागि जिल्ला बाहिर जान बाध्य भएका थिए ।

सेवा सञ्चालनसँगै तीन वटा जटिल प्रसूतिको शल्यक्रियासमेत गरिसकिएको जिल्ला अस्पताल रोल्पाका डा अनिल केसीले जानकारी दिनुभयो । सेवा सञ्चालन गर्न नयाँ चिकित्सक भर्नाका लागि दर्खास्त आह्वान गरिएको भए पनि कसैले आवेदन नदिएका कारण लामो समयसम्म सेवा अवरुद्ध भएको अस्पतालले जनाएको छ ।

अस्पतालमै मौजुदा चिकित्सकलाई जटिल प्रसूतिसम्बन्धी तालीम प्रदान गरेपछि सेवा सञ्चालन गर्न सम्भव भएको जिल्ला अस्पताल रोल्पाले बताएको छ ।

सेवा निरन्तरताका लागि कम्तीमा दुई जना दक्ष चिकित्सकको व्यवस्था गर्ने भन्दै नयाँ चिकित्सक भर्नाका लागि आवेदन गरिएको भए पनि कसैको पनि दर्खास्त नपरेको बताइएको छ ।

जटिल प्रसूतिका लागि एक जना मात्र चिकित्सक हुँदा सेवा निरन्तरतामा समस्या हुने सेवाग्राही गंगा थापाले बताउनुभयो । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समयमा काम सम्पन्न नगर्नेको ठेक्का तोडिन्छ : मन्त्री ज्वाला
समयमा काम सम्पन्न नगर्नेको ठेक्का तोडिन्छ : मन्त्री ज्वाला
धादिङमा चुनाव जित्ने एमालेका दुई उम्मेदवारको रोचक परिणाम :त्रिपाठी सजिलै, लोहनी मुश्किलले
धादिङमा चुनाव जित्ने एमालेका दुई उम्मेदवारको रोचक परिणाम :त्रिपाठी सजिलै, लोहनी मुश्किलले
मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी: कुन दलबाट को बन्दै छ मन्त्री ?
मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी: कुन दलबाट को बन्दै छ मन्त्री ?
ठेकेदारले पुरेको सम्पदा संरक्षण गर्दा उल्टै नगरपालिकालाई मुद्दा
ठेकेदारले पुरेको सम्पदा संरक्षण गर्दा उल्टै नगरपालिकालाई मुद्दा
Here’s Why Turmeric (Haldi) is Used in Indian Wedding Celebrations
Here’s Why Turmeric (Haldi) is Used in Indian Wedding Celebrations
बालिका हत्याका दोषीलाई कारवाही माग
बालिका हत्याका दोषीलाई कारवाही माग
यात्रा गर्दै हुनुहुन्छ ? नारायणगढ–चितवन सडकखण्ड रातिमा ६ घण्टा बन्द हुँदैछ
यात्रा गर्दै हुनुहुन्छ ? नारायणगढ–चितवन सडकखण्ड रातिमा ६ घण्टा बन्द हुँदैछ
मुटु परीक्षण गर्न प्रधानमन्त्री ओली अस्पतालमा
मुटु परीक्षण गर्न प्रधानमन्त्री ओली अस्पतालमा
राज्जा–रानी मैथिली सिनेमाको पुरै मुनाफा सामाजिक अभियानमा दिइने घोषणा
राज्जा–रानी मैथिली सिनेमाको पुरै मुनाफा सामाजिक अभियानमा दिइने घोषणा
सेयर बजारमा भारी अङ्कको गिरावट
सेयर बजारमा भारी अङ्कको गिरावट

तपाईंले छुटाउनुभयो कि?