प्रदेश १ : राजधानि कोशी वा सगरमाथा राखौँ: प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २०, २०७५
|
|
३१ पटक हेरिएको
Shares
प्रदेश १ : राजधानि कोशी वा सगरमाथा राखौँ:  प्रधानमन्त्री ओली

सारांश

  • अस्बिन खड्का, २० वैशाख ।
  • केही दिनयता प्रदेश नम्बर १ बिभिन्न कारण चर्चामा रहेको छ ।
  • प्रदेशको अस्थायी राजधानी बिराटनगरबाट सुनसरीको ईटहरीमा सारी स्थायी राजधानी बनाउने तयारी भईरहेको समाचार सार्बजनिक भएको चर्चा सेलाउन नपाउँदै प्रदेशको नाम कोशी या सगरमाथा राख्नु उपयुत्त हुने प्रधानमन्त्री खडगप्रसाद ओलीको भनाइ ले फेरी प्रदेश १ लाई तताएको छ ।

अस्बिन खड्का, २० वैशाख । केही दिनयता प्रदेश नम्बर १ बिभिन्न कारण चर्चामा रहेको छ । प्रदेशको अस्थायी राजधानी बिराटनगरबाट सुनसरीको ईटहरीमा सारी स्थायी राजधानी बनाउने तयारी भईरहेको समाचार सार्बजनिक भएको चर्चा सेलाउन नपाउँदै प्रदेशको नाम कोशी या सगरमाथा राख्नु उपयुत्त हुने प्रधानमन्त्री खडगप्रसाद ओलीको भनाइ ले फेरी प्रदेश १ लाई तताएको छ ।

बिभिन्न जातजातिहरुले समेत पहिचानका आधारमा प्रदेशको नाम राख्न बिभिन्न कार्यक्रमहरु गरिरहेका बेला प्रधानमन्त्रीको यो अभिब्यत्तिले नयाँ तरंग सिर्जना गरेको हाे । प्रदेश १ को नाम र स्थायी राजधानी तोकिनेबारे भएको ढिलाईप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार झापाको दमकमा आयोजित कार्यक्रममा असन्तुष्टि जनाएका थिए ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की समेत सहभागी कार्यक्रममा उनले ‘हाम्रोमा विशाल कोशी छ, संसारकै सर्वोच्च सगरमाथा छ, तीनै नाम राखौँ कतिलाई असजिलो लाग्न सक्छ होला, उनले कोशी या सगरमाथा नाम राख्न उचित भएको घुमाउरो पारामा संकेत गरेका थिए ।

ओलीले सबैले आफनो मागलाई छोडेर सबैको साझा नामका रुपमा कोशी र सगरमाथा कुनै एक नामलाई प्रदेशको नाम राख्न सके राम्राे हुने बताए । लोकतन्त्र पछि आफनो माग राख्ने अधिकार सबैलाई उत्तिकै छ । चित्त नबुझेमा आन्दोलन गर्ने अधिकार पनि छ तर पनि सबैको साझा नाममा सहमति गर्नु चाँहि उत्तम बिकल्प देखिन्छ ।’

ओलीले अाफ्नाे गृहनगर समेत रहेको दमकमा  प्रदेशको राजधानीको पछि नलाग्न समेत आग्रह गरेका थिए । उनले १ नम्बर प्रदेशको राजधानी जहाँ भए पनि ब्यापारिक रुपमा दमकको विकास गर्ने बताए ।

(https://conversionwise.com)

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂❤ ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

    Comment Author

    Krishna Thakuri

    सगरमाथा राख्दा राम्रो हुन्छ तेसाे गरेमा चाईनाले हाम्रो सगरमाथा भन्दैन होइन भने भारतले गाैतम बुद्ध भारतमा जन्मेको हो भने झै चाईनाले सगरमाथा चाईनाकाे हो भन्ला फेरि

    Comment Author

    Sanju Magar

    kp oli thika ho baje

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?