सभापतिको विरोध गर्नेहरुको पार्टीभित्र खैरियत छैन् : महत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ६, २०७५
|
|
३५ पटक हेरिएको
Shares
सभापतिको विरोध गर्नेहरुको पार्टीभित्र खैरियत छैन् : महत

सारांश

  • ‘भोलिबाट सुरु हुने केन्द्रिय कार्यसमिति बैठकले पदाधिकारी मनोनित गर्छ’ काठमाडौं, ६ बैशाख ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा.
  • प्रकाशशरण महतले अब बस्ने केन्द्रिय कार्यसमितिको बैठकले रित्त रहेका पदाधिकारी मनोनित गर्ने स्पष्ट पारेका छन् ।

‘भोलिबाट सुरु हुने केन्द्रिय कार्यसमिति बैठकले पदाधिकारी मनोनित गर्छ’
काठमाडौं, ६ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले अब बस्ने केन्द्रिय कार्यसमितिको बैठकले रित्त रहेका पदाधिकारी मनोनित गर्ने स्पष्ट पारेका छन् ।

बिहीबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले पार्टीको केन्द्रिय कार्यसमिति बैठक भोलिबाट सुरु हुने र सोही बैठकले पदाधिकारी मनोनित गर्ने स्पष्ट पारेका हुन् । उनले भने,‘पार्टी सभापतिजीले चाँडै नै पदाधिकारी मनोनित गर्नुहुन्छ, ढिलो भयो, संगठन क्रियाशिल बनाउनको लागि पनि यो चाँडै गर्नुपर्नेथियो, केही विलम्ब भयो तर अब हुन्छ।’

आयोजित साक्षात्कारमा बोल्दै उनले निर्वाचनमा पार्टीले गम्भिर पराजय भोगेकोबारेमा केन्द्रिय कार्यसमिति बैठकमा बृहत्त समिक्षा भैरहेको जनाए । उनले भने,‘छलफल समाप्त भएको छैन, हामी एउटा गम्भिर समिक्षा गर्छौं, समिक्षाबाट आएको निश्कर्षका आधारमा भोलिका दिनमा पार्टीलाई मार्गनिर्देशन बनाउँदै अघि बढाउँछौं।’ उनले पार्टी अब पूर्ण एकताका साथ अघि बढाउने संकल्प सुनाए ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता महतले पार्टीका आन्तरिक विषयहरु भित्रैबाट हल गर्नेपनि सुनाए । उनले भने,‘नेताहरु त अहिले संयमित हुनुभएको छ, पहिलो एजेण्डा भनेको अब पार्टी एक ढिक्का हुन्छ, यसमा कुनै दुईमत छैन्, दोस्रो कुरा भनेको कम्युनिष्ट सरकारका बदमासीहरुलाई औंल्याउने र खबरदारी गर्ने हो, अहिलेको सरकारले अधिकार केन्द्रित गरिरहेको छ, सरकारलाई पार्टीकरणजस्तो, र पार्टीलाई सरकारजस्तो बनाउने काम भयो भने हामी खबरदारी गर्छौं, त्यस्तै सरकारले राम्रो काम गर्यो भने हामी समर्थन गर्छौं।’ डा. महतले सरकारले नियम मिचेर काम गरे पार्टीले एक स्वरमा विरोध गर्नेपनि जनाए ।

उनले पार्टीको महासमिति चाँडै बस्ने विश्वास दिलाए । उनले भने,‘संघीय संरचना अनुसार विधान परिर्वतन गर्नुपर्छ, हामी अब संगठनहरुलाई क्रियाशील बनाउँछौं, देशभरि नै संगठन निर्माणमा हामी जोड दिन्छौं, भातृसंगठनहरुलाई नै पनि सशक्त बनाएर अघि बढाउँछौं।’ आगामी एक वर्षभित्र पार्टीलाई उर्जाशील र क्रियाशील बनाउने पनि उनको विश्वास थियो ।

त्यस्तै आगामी ५ वर्षभित्रमा पार्टीलाई ४५ प्रतिशत मत हाँसिल गर्ने स्थानमा पुर्याउने उनले जनाए । उनले भने,‘आगामी ५ वर्षभित्र कांग्रेस एक्लैले ४५ प्रतिशत ल्याउँछ, कम्तिमा हामी अहिलेको भन्दा १० प्रतिशत भोट बढाउँछौं।’ अब व्यक्तिभन्दापनि पार्टी केन्द्रविन्दुमा राखेर अघि बढ्ने उनको विश्वास थियो ।

नेता महतले यसअघि कांग्रेस नेतृत्वको सरकारले ६५ वर्ष पुगेकाहरुलाई वृद्धभत्ता दिनेबारे गरेको निर्णय वर्तमान सरकारले खारेज गरे आफूहरुले कडा विरोध गर्ने चेतावनी दिए । उनले भने,‘एमाले र माओवादीले चुनावमा ५ हजार दिन्छु भनेर सस्ता नारा दिनुभयो, हामीले गाउँ, दुरदराजमा रहेका बृद्धाहरुलाई हितमा राखेर निर्णय गर्दा किन विरोध गरेको ? उहाँहरुको मोडेलमा जाँदा ६० अर्ब खर्च हुन्छ, तर हाम्रो मोडेलमा जाँदा ४० अर्बमात्रै हुन्छ।’

आज विहानको कुराकानीमा नेता अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवा भूमिगत गिरोहबाट सञ्चालित हुनुभएको छ भनेर आरोप लगाउनुभएको छ नि भनेर सोधेको प्रश्नमा नेता महतले भने,‘सभापतिको विरोध गर्नेहरुको पार्टीभित्र अब खैरियत छैन।’

उनले केसीलाई केन्दिय सदस्य सभापति देउवाले नै मनोनित गराएको स्मरण गराए । उनले भने,‘केसीलाई पनि सभापतिले टिकट दिएर नुवाकोटबाट चुनाव लड्नुभएको हो नि, अहिले कसले के भन्यो भन्ने कुरातिर म जान चाहन्न, मुल कुरा पार्टी एक भएर जान्छ।’

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Bishu Subedi

    Tera bau ko birta ho gadha chor

    Comment Author

    Bishu Subedi

    Bhuifutta pakhandi

    Comment Author

    Prabhat Manandhar

    महत जि को चम्चागिरि धेरै भयो !

    Comment Author

    Rajendra Paudel

    थुक्क कुकुर सभापति काे टाङ चाटेर बस साला खाते कुकुर पार्टी सकिन लाग्दा पार्टी बचाउन नलागेर सभापति भकभके बचाउन लागेछ

    Comment Author

    Mohan Kayasta

    Internal democracy nill in NC. Have elections.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिर्जनाटोल विकास समितिमा बन्यो नयाँ कार्यसमिति
सिर्जनाटोल विकास समितिमा बन्यो नयाँ कार्यसमिति
चौतर्फी घेराबन्दीले सिटमा दोस्रो देखिए पनि समग्रमा एमालेको जनमत बढेको छ: नेम्बाङ (अन्तर्वार्ता)
चौतर्फी घेराबन्दीले सिटमा दोस्रो देखिए पनि समग्रमा एमालेको जनमत बढेको छ: नेम्बाङ (अन्तर्वार्ता)
माओवादी र राजा वीरेन्द्र–रवीन्द्र श्रेष्ठ
माओवादी र राजा वीरेन्द्र–रवीन्द्र श्रेष्ठ
जनकपुर मोदी अभिनन्दनमा राष्ट्रियगान नबजाउनु कसको गल्ती! प्रदेशसभामा चर्काचर्की
जनकपुर मोदी अभिनन्दनमा राष्ट्रियगान नबजाउनु कसको गल्ती! प्रदेशसभामा चर्काचर्की
सशस्त्र द्वन्दको पीडा, सात वर्षदेखि साङ्लोमै सिंहबहादुरको जीवन
सशस्त्र द्वन्दको पीडा, सात वर्षदेखि साङ्लोमै सिंहबहादुरको जीवन
‘स्थानीय तहमा पार्टी एकीकरण छिट्टै’
‘स्थानीय तहमा पार्टी एकीकरण छिट्टै’
मेस्सीको कप्तानीमा अर्जेन्टिनाद्वारा कोपा अमेरिका टिमको घोषणा
मेस्सीको कप्तानीमा अर्जेन्टिनाद्वारा कोपा अमेरिका टिमको घोषणा
सिन्धुपाल्चोकका दुवै क्षेत्रको मतगणना सुरू
सिन्धुपाल्चोकका दुवै क्षेत्रको मतगणना सुरू
जेलभित्र रहेका डनसँगको सेटिङमा डीएसपीको सरुवा मिलाउँदै गृह राज्यमन्त्री
जेलभित्र रहेका डनसँगको सेटिङमा डीएसपीको सरुवा मिलाउँदै गृह राज्यमन्त्री
हङ्‌कङको चुनावमा बेइजिङ समर्थकको हार, आन्दोलनकारीलाई ठूलो सफलता
हङ्‌कङको चुनावमा बेइजिङ समर्थकको हार, आन्दोलनकारीलाई ठूलो सफलता