अव्यवस्थित पार्किङले काठमाडौँ अस्तव्यस्त

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ३, २०७६
|
|
३० पटक हेरिएको
Shares
अव्यवस्थित पार्किङले काठमाडौँ अस्तव्यस्त

सारांश

  • नारायण ढुङ्गाना काठमाडाैं।
  • निजामती अस्पताल बानेश्वरस्थित सडकमा पार्किङ गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका एक कर्मचारीको गाडीमा ट्राफिक प्रहरीले ‘ह्वील लक’ गर्यो।
  • पार्किङ निषेधित क्षेत्र भनेर नलेखेकै कारण आफूले पार्किङ गरेको दाबी गर्दै उनी महागनरीय ट्राफिक प्रहरी महाशाखामा आए।

नारायण ढुङ्गाना
काठमाडाैं। निजामती अस्पताल बानेश्वरस्थित सडकमा पार्किङ गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका एक कर्मचारीको गाडीमा ट्राफिक प्रहरीले ‘ह्वील लक’ गर्यो।

पार्किङ निषेधित क्षेत्र भनेर नलेखेकै कारण आफूले पार्किङ गरेको दाबी गर्दै उनी महागनरीय ट्राफिक प्रहरी महाशाखामा आए। “उहाँलाई सडक क्षेत्र पार्किङका लागि हुँदै होइन भन्दै हामीले फर्कायौँ”, महाशाकाका प्रवक्ता प्रहरी उपरीक्षक रविकुमार पौडेलले भने।

केही समयअघि काठमाडौँको अनामनगरमा गृह मन्त्रालयको एउटा गाडीमा ह्वील लक गरेको विषयले मिडियामा खुबै चर्चा पायो। सरकारी अधिकारी नै जथाभावी पार्किङ गर्छन् भने अन्य सर्वसाधारणले के गर्लान् भन्ने बलियो उदाहरण हो यी दुई घटना।

सवारीको चाप वर्षेनी बढ्दै जाँदा काठमाडौँमा अस्तव्यस्त सवारी पार्किङले आवागमन प्रभावित बनाउँदै आएको छ। अझै दोहोरो सवारी राखिदा यातायात आवागनमा ठूलै समस्या परिरहेको देखिन्छ । यही कारणले उपत्यकाका भित्री सडक अझै अस्तव्यस्त छन्। भित्री सडकमा देखिने समस्याले मुख्य सडकमार्गमा सवारीको जाम बढ्ने गरेको छ।

“जामको मुख्य कारण नै अव्यवस्थित पार्किङ हो”, महाशाखाका प्रहरी उपरीक्षक पौडेलले भने। ट्राफिक व्यवस्थापनको जिम्मा लिने प्रहरीले पनि ट्राफिक व्यवस्थापनलाई महाशाखा आसपासमा बढी केन्द्रित गरेको गुनासो बढ्न थालेको छ। भित्री सडक तथा अन्य क्षेत्रमा ट्राफिक प्रहरीले चासो नदिँदा सवारी आवागमनमा ठूलो समस्या परिरहेको सवारी चालक नै बताउँछन्। काठमाडौँको कालिकास्थानबाट मैतीदेवी जाने भित्री सडकमा प्रायः दोहोरो पार्किङ नै हुन्छ। जसका कारण साना गाडीसमेत अड्किएर जाम हुने गरेको छ। सिंहदरबारको मुख्य गेट अगाडि मात्रै ट्राफिकले देख्ने अन्य क्षेत्रमा भने नदेख्ने गरेको एक सवारी चालकले बताए।

पार्किङ क्षेत्र तोक्ने र व्यवस्थापन गर्ने जिम्मेवारी महानगरको भएको बताउँदै ट्राफिक प्रहरी उपरीक्षक पौडेलले प्रहरीको काम नियमअनुसार राखेको छ या छैन भनेर हेर्ने र सवारी व्यवस्थापनमा समस्या आउन नदिने हो भन्छन्। “हामीले भ्याएसम्म कारवाहीको दायरामा ल्याएका छौँ, सधैँ र सबै क्षेत्रमा ट्राफिकले देख्छ भन्ने त हुँदैन।” प्रहरीका अनुसार दरबारमार्गका क्लबहरुले पार्किङको व्यवस्था गरेकै छैनन्। त्यहाँ आउने सवारी कतै न कतै सडक मै पार्किङ गर्ने गरिएकाले यस्ता भवन बनाउन दिन नहुनेमा प्रहरीको जोड छ।

प्रहरीका अनुसार काठमाडौँमा झण्डै १३ लाख सवारी साधन गुडछन्। त्यसमा ७० प्रतिशत मोटरसाईकल छन् । निजी सवारीसाधनको हिस्सा अत्यधिक छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको अभिलेखमा गएका वर्ष फुटपाथ र सडकमा पार्क गर्ने झण्डै ३९ हजार सवारीलाई कारवाही गरेको छ। अघिल्लो वर्ष ३३ हजारलाई कारवाही गरेको थियो । एक वर्षमा प्रहरीले गरेको कारवाही यो न्यून हो। उपत्यकामा ट्राफिक प्रहरीको सङ्ख्या भने जम्मा एकहजार ३६० छ। आर्थिक वर्ष २०७४/०७५ मा देशभर दर्ता भएका सवारी साधनको सङ्ख्या ३२ लाख २१ हजार रहेकोमा दुईपाङ्ग्रे सवारी साधन मात्रै २५ लाख ३० हजार पुगेको थियो।

सकेसम्म सडक क्षेत्रमा पार्किङ गर्न दिनुहुँदैन। भए पनि अस्थायी रुपमा व्यवस्थापन गर्न सकिन्छ। तर एकतर्फि सडकमा भने पार्किङ नै गर्न नमिल्ने काठमाडौँ महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइका निर्देशक ढोलक काफ्ले बताउँछन्। उनका अनुसार यो सडकमा पार्क गर्न पाउने र यो सडकमा पार्क गर्न नपाउने भनेर काठमाडौँमा छुट्याइएको छैन।
तर पनि निःशुल्क सवारी पार्किङ सञ्चालन अल्पकालीन मापदण्ड २०७० ले विभिन्न स्थान तोकेर निःशुल्क पार्किङको व्यवस्था गरेको छ। तर त्यो प्रभावहीन छ। पार्किङ कै कारण सवारी अस्तव्यस्त भएपछि महानगरपालिकाले गत असारदेखि न्यूरोड आसपास क्षेत्रको पाँचस्थानमा स्मार्ट पार्किङको व्यवस्था गरेको उनले जानकारी दिए।

प्रहरीले जथाभावी पार्किङ गर्नेको गाडी लक गर्ने र काठमाडौँ महानगरपालिकाले नगर प्रहरी खटाएर सवारी उठाउँदै शुल्कसमेत लिने गरेको छ। तर अव्यवस्थित पार्किङको समस्या ज्यूँका त्यूँ छ। ट्राफिक प्रहरीलेसमेत अव्यवस्थित पार्किङको समस्यालाई प्रभावकारी रुपमा काम गर्न सकेको छैन।

स्मार्ट पार्किङ छल्दै, पार्किङ गर्दै

काठमाडौँ महानगरपालिकाले न्यूरोड र दरबारमार्ग क्षेत्रमा शुरु गरेको स्मार्ट पार्किङ छल्दै कुना काप्चामा लगेर पार्किङ गर्ने समस्या अहिले बढ्दो छ। काठमाडौँ महानगरपालिकाले पनि उक्त कुरालाई स्वीकार गरेको छ। “स्मार्ट पार्किङ नयाँ प्रयोग हो, अहिले लुकेर अन्यत्रै पार्क गर्नेको जमात बढ्दो छ, यो एक्लैले समस्या समाधान गर्न सकिने विषय होइन रहेछ, सबै मिल्नुपर्छ।” महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइका निर्देशक ढोलक काफ्लेले भने।

पाकिर्ङको भरपर्दाे व्यवस्थापन गर्नुपर्ने महानगरले पार्किङ क्षेत्र तोकेर व्यवस्थापन गर्न सकेको छैन । घरधनीले पनि पार्किङ क्षेत्र राखेर घर बनाएका छैनन्। भाडामा लिएका व्यवसायी सबैको पार्किङस्थल सडकनै बन्न पुगेको छ।

काफ्ले भन्छन्, “व्यक्तिले एक डेढ लाख मासिक भाडा लिन्छन्, तर पार्किङ गर्ने स्थान राखेका छैनन्, सबैभन्दा बढी यस्तै व्यावसायिक गाडीले सडकमा समस्या पारिरहेको छ।” उनका अनुसार यस्ता गाडी न्यूरोडमा मात्रै दैनिक १३ हजार बस्छन्। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला क्रिकेटः उद्घाटन खेलमा नेपालले चीनसँग खेल्ने
महिला क्रिकेटः उद्घाटन खेलमा नेपालले चीनसँग खेल्ने
Forecast of heavy rainfall
Forecast of heavy rainfall
विश्वकप फुटबल २०१८: ओली–देउवा फ्रान्सकाे पक्ष,  प्रचण्ड–रामचन्द्र कुन टिमकाे पक्ष ?
विश्वकप फुटबल २०१८: ओली–देउवा फ्रान्सकाे पक्ष, प्रचण्ड–रामचन्द्र कुन टिमकाे पक्ष ?
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि गोली प्रहार, चार अङ्गरक्षक घाइते
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि गोली प्रहार, चार अङ्गरक्षक घाइते
अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ
अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ
गुल्मीमा जडीबुटी उद्यानमा आगजनी गर्ने व्यक्ति पक्राउ
गुल्मीमा जडीबुटी उद्यानमा आगजनी गर्ने व्यक्ति पक्राउ
बीआइए अवार्डको आवेदन खुल्ला, अपांगताको क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थाले आवेदन दिन पाउने
बीआइए अवार्डको आवेदन खुल्ला, अपांगताको क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थाले आवेदन दिन पाउने
महाधिवेशनले जे भनेको छ, त्यही हो पार्टीको धारणा: सिंह
महाधिवेशनले जे भनेको छ, त्यही हो पार्टीको धारणा: सिंह
अनशनरत डा.केसीको पक्षमा प्रदर्शन
अनशनरत डा.केसीको पक्षमा प्रदर्शन
आफ्नो वरियता खोसिएपछि केपी ओलीको पनि एक पद खोस्ने योजनामा माधव नेपाल
आफ्नो वरियता खोसिएपछि केपी ओलीको पनि एक पद खोस्ने योजनामा माधव नेपाल

तपाईंले छुटाउनुभयो कि?